हरारे– जिम्बाबेमा आउँदो जुलाई ३० तारिखका दिन संसद र नयाँ राष्ट्रपतिको निर्वाचन हुनेभएको छ।
शासक रोबर्ट मुगाबेको बहिरगमनपछि जिम्बाबेमा पहिलो पटक हुन लागेको निर्वाचनको मिति बुधबार घोषणा गरिएको हो।
मुगाबेपछिका राष्ट्रपति इमर्सन मनाङाग्वाले भने,‘३० जुलाईका दिन राष्ट्रिय संसदका सदस्यहरूको चयन र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने तय भएको छ।’
कुनै समय मुगाबेका दाहिने हात मानिनु हुने इमर्सन गत नोभेम्बरमा नाटकीय तरिकाले ९४ वर्षीय अत्यन्त प्रभावशाली नेता मुगाबेलाई हटाएर आफू राष्ट्रपति बन्न सफल भएका थिए।
मुगाबेले झण्डै चार दशक जिम्बाबेको नेतृत्व गरेका थिए। उनलाई सेनाले नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेको थियो।
नयाँ राष्ट्रपतिमा निर्वाचित भएपछि जिम्बाबेको प्याक्ड रंगशालामा आयोजित शपथ ग्रहण समारोहमा शपथ लिँदै मनाङग्वाले मुलुकमा रोजगारी सिर्जना गर्ने र देशको अवस्थामा व्यापक सुधार गर्ने बताएका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।