बगदाद– इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगले १ हजार २१ वटा मतदान केन्द्रको निर्वाचन रद्द गरेको छ।
आयोगले यही मे १२ तारिखका दिन भएको संसदीय निर्वाचनका क्रममा ती ठाँउहरुमा अनियमितता भएको उजुरीका आधारमा छानबिन गर्दा कमजोरी देखिएकाले निर्वाचन रद्द गरिएको बुधबार जनाएको छ।
आयोगद्वारा जारी विज्ञप्तिमा अनियमितता भएको भनिएका देशभरका झण्डै २ हजार वटा मतदान केन्द्रमा छानबिन भएको जनाइएको छ।
उजुरीकै आधारमा छानबिन गरेर गत मे २१ मा पनि आयोगले १ सय ३ वटा मतदान केन्द्रको निर्वाचन रद्द गरेको थियो।
मतदाता परिचय पत्र नभएकाहरुलाई इराकको नागरिकतासँग मिल्ने अधिकारीक कुनै परिचय पत्र भएमा मतदान गर्न दिने व्यवस्था गरिएको थियो।
संयुक्त राष्ट्रसंघको एक विशेष टोलीले यही मे १७ तारिखका दिन विज्ञप्ति जारी गर्दै उजुरीका आधारमा तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न इराकको निर्वाचन आयोगलाई आग्रह गरेको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।