Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संविधानअनुसार चल्न नखोज्दा ओलीमाथि बढ्दैछ अदालतको लगाम

64x64
नेपाल लाइभ मंगलबार, असार ८, २०७८  २२:२६
1140x725

काठमाडौं- संविधानको धारा ७६ को हरेक उपधारालाई आफूअनुकूल व्याख्या गराउँदै प्रधानमन्त्रीमा अडिएका केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले पछिल्लो दुई महिनामा एकपछि अर्को आदेशमार्फत् धक्का दिएको छ। यही क्रममा मंगलबार सर्वोच्चले अन्तरिम आदेशमार्फत् २० जना मन्त्रीलाई  पदमुक्त गरिदिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहितको इजलासमा पेशी राखेर प्रधानमन्त्रीलाई हालसम्मकै ठूलो धक्का दिएका छन्। तराई-मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा)को एक पक्षलाई सरकारमा ल्याउँदै ओलीले गरेको मन्त्रिपरिषद्‍ विस्तारलाई सर्वोच्चले अवैधानिक ठहर गरेको छ। अदालतले थपिएका जसपाका मन्त्रीहरूलाई काम गर्न रोक लगाउनुका साथै एमालेबाट मन्त्री भएका केही व्यक्तिको पदसमेत गुम्ने निर्णय सुनाएको छ।

एकै पटक २० जना मन्त्रीले पद गुमाउँदा सर्वोच्च अदालतले संविधानको धारा ७७ (३) को व्यवस्था पालना गर्नुपर्नेतर्फ समेत सरकारको ध्यानाकर्षण गराएको छ। सर्वाेच्चले उक्त धारामा पदमुक्त भएर कामचलाउ रूपमा रहेको सरकारले मौजुदा मन्त्रिपरिषद्‍बाटै सरकार चलाउनुपर्ने भन्दै आफूखुसी मन्त्रिपरिषद्‍ विस्तारको अधिकार नभएको भनेको छ।

पछिल्ला दुई महिनामा सर्वोच्चले सरकारका एकपछि अर्को निर्णय बदर गरिरहेको छ। पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सुरू भएका विवादमा सर्वोच्च अदालतले सरकारले चालेका कदमलाई लगातार उल्टाउँदै आएको छ। संविधानको धारा ७६ को उपधारा (१) अनुसारको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीले संविधानले अधिकार नदिएकै अवस्थामा विघटन गरेपछि फागुन ११ गते पुनःस्थापना हुने फैसला सर्वोच्चले सुनाएको थियो। प्रतिनिधि सभा पुनःस्थापना भएपछि पनि ओलीले संविधानअनुकूल देश चलाउनेभन्दा एकपछि अर्को गरेर संविधान मिच्ने कदमलाई निरन्तरता दिएपछि यी विवादमाथि अदालतमा चुनौती दिन सुरू भएको थियो। यसरी ओलीले चालेका संविधान र कानुनविपरीतका कदमहरूलाई सर्वोच्चले एकपछि अर्को रूपमा उल्ट्याउँदै गएको हो।

गैरसांसद मन्त्री पदमुक्त 
सर्वोच्चले मन्त्रीहरूलाई पदमुक्त गराएको यो दोस्रोपटक हो।  यसअघि गैरसांसद रहेका व्यक्तिहरूलाई पहिलोपटक वैशाख ६ गते काम गर्न रोक लगाएको थियो। उक्त आदेश पनि प्रधानन्यायाधीश राणाकै इजलासले गरेको थियो। संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकारमा विश्वासको मत गुमाएपछि सोही धाराको उपधारा ३ अनुसार प्रधानमन्त्री भएका ओलीले गैरसांसदहरूलाई दोस्रोपटक पनि मन्त्रीमण्डलमा समावेश गर्दै संविधानको उल्लंघन गरेका थिए।

एक पटकका लागि गैरसांसद मन्त्री हुन पाउने संविधानको व्यवस्थालाई अपव्याख्या गर्दै उनले गृह मन्त्रालयसहित सातवटा मन्त्रालयमा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका व्यक्तिहरूलाई मन्त्री बनाएका थिए। तर, सर्वोच्च अदालतले यसलाई असंवैधानिक भएको ठहर गर्दै अन्तरिम आदेश जारी गरेपछि ती मन्त्रीहरू पदमुक्त भएका थिए।

ढुंगा गिटी निकासीमा रोक
सर्वोच्च अदालतले रोक लगाएको प्रधानमन्त्रीको अर्को कदम हो- ढुंगा गिटी निकासी गर्न आगामी आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था कार्यान्वयन नगर्न दिएको आदेश। कामचलाउ सरकारले अध्यादेशमार्फत् बजेट ल्याउँदै ढुंगा गिटी निकासी खोल्ने व्यवस्था गरेको थियो। त्यसविरुद्ध दायर भएको रिटमा सर्वोच्चले गत शुक्रबार अन्तरिम आदेश जारी गरेको थियो।

बजेटको बुँदा नम्बर ११९ मा समावेश भएको उक्त निर्णय कार्यान्वयन गर्दा देशलाई दूरगामी असर पर्ने सर्वोच्चको ठहर थियो। प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश संलग्न संवैधानिक इजलासले उक्त आदेश दिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

राजदूतमा कडाइ 
सोही दिन सर्वोच्चले राजदूत सिफारिसमा मनलाग्दी गर्न सरकारले संशोधन गरेको मापदण्डलाई समेत कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो। राजदूत बन्नका लागि न्यूनतम शैक्षिक योग्यता हुनुपर्ने व्यवस्था संशोधन गरेको सरकारको निर्णयमा अदालतले रोक लगाएको थियो।

सरकारले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका-२०७५ परिर्वतन गर्दै पूर्वमन्त्रीहरूलाई राजदूत नियुक्त गर्दा स्नातक आवश्यक नपर्ने वयवस्था गरेको थियो। जसलाई अदालतले रोकेको छ।

लाङटाङ क्षेत्र यतीलाई दिने निर्णयमा रोक 
सर्वोच्चले लाङटाङ क्षेत्र यती समूहलाई दिने गरी सरकारले गरेको निर्णय कार्यान्वयन गर्न असार ६ गते रोक लगाएको थियो। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले जेठ १३ गतेको मन्त्रिपरिषद्‍ बैठकले गरेको उक्त निर्णय कार्यान्वयनमा रोक लगाएको थियो। सर्वाेच्चले सरकारले यती वल्र्ड इन्भेस्टमेन्ट प्रालिलाई लाङटाङ निकुञ्जभित्र विद्युत् उत्पादनको अनुमति दिन गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

तत्कालीन वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा यती इन्भेस्टमेन्ट कम्पनीलाई निकुञ्ज र आरक्ष क्षेत्रभित्र पनि ठूला विद्युत् आयोजना बनाउन पाउने गरी नियम संशोधन गरिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पुरानो व्यवस्था हटाएर मन्त्रिपरिषद्‍ले त्यसरी विद्युत् उत्पादन गर्न नदी, खोला थुन्दा प्राकृतिक प्रवाहमा १० प्रतिशत पानी छाडे हुने गरी नियम संशोधन गरेको थियो। तर, सर्वोच्चले यसलाई मान्यता दिन अस्वीकार गरेको थियो।

नागरिकता अध्यादेश 
प्रधानमन्त्री ओलीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि त्यसकै भोलिपल्ट नागरिकतासम्बन्धी ऐन संशोधन गर्दै अध्यादेश जारी गरेका थिए। जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन सिफारिस गरिएको थियो र सोही दिन राति २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन्। सरकारको सिफारिसमा जेठ ८ गते नागरिकतासम्बन्धी अध्यादेश जारी भएको थियो।

नागरिकताजस्तो संवेदनशील विषयमा विधायिकालाई छलेको भन्दै सर्वाेच्च अदालतको संवैधानिक इजलासले बदर गरिदिएको थियो। सर्वोच्चले प्रतिनिधि सभामा तीन वर्ष छलफल भएर विचाराधीन विधेयकलाई अनदेखा गर्दै अध्यादेश ल्याएको भन्दै बदर गरेको थियो।

पहिलो प्रतिनिधि सभा विघटन 
पुस ५ गते बहुमतको सरकार चलाइरहेका प्रधानमन्त्री ओलीले संविधानले अधिकार नदिए पनि प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए। उनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन्। लगत्तै सर्वाेच्च अदालतमा परेको रिटमा फैसला सुनाउँदै फागुन ११ गते प्रतिनिधि सभा विघटन बदर भएर पुनःस्थापना भएको थियो। यसरी पुनःस्थापना भएको प्रतिनिधि सभालाई सरकारले बिजनेस नै नदिई अधिवेशन अन्त्य गर्दै पुनः विघटन गरेको थियो।

कर्णालीका सांसदको मुद्दा 
कर्णाली प्रदेशका एमालेकै माधवकुमार नेपालपक्षका चारजना प्रदेश सभा सदस्यलाई कारबाही गरेको मुद्दामा सर्वोच्च अदाललते गम्भीर प्रश्न उठाएर अन्तरिम आदेश जारी गरेको छ। ओलीले फागुन २३ को फैसलापछि ब्युँतिएको एमालेको केन्द्रीय समितिलाई भंग गर्दै महाधिवेशन आयोजक कमिटी बनाएका थिए। सर्वोच्चले आयोजक कमिटीलाई केन्द्रीय समिति मान्न नसकिने भन्दै त्यसले गरेको कारबाहीको निर्णयलाई वैधानिकता दिन अस्वीकार गरेको थियो।

यो विवादमा ओलीको तर्फबाट भ्याकेट निवेदन दायर भएर मंगलबार नै पेशी भए पनि विपक्षीलाई सूचना दिने आदेश गर्दै टुंगियो। यसअघि जारी भएको अन्तरिम आदेश खारेज गर्ने कि नगर्ने भन्ने बारेमा अब अर्को सुनुवाइले मात्र तय गर्नेछ।

दोस्रो प्रतिनिधि सभा विघटन 
बुधबार (असार ९ गते)देखि दोस्रो प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ हुँदै छ। संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकारको दाबी राष्ट्रपति कार्यालयमा पेस भएको समयमा भएको विघटन संविधानअनुकूल छ कि छैन भन्ने विषयमा अब करिब एक हप्ता बहसपछि सर्वोच्चले निर्णय सुनाउनेछ। प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहने संवैधानिक इजलासले यसअघि नै बहसको समयतालिका तोकेको छ।

‘सरकारको संविधानविपरीत कदममा रोक’
सर्वोच्च अदालतका पूर्वन्यायाधीश एवं संवैधानिक कानुनका जानकारहरूले सरकारका निर्णयमा एकपछि अर्को विषयमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हेर्दा सरकार स्वेच्छाचारी र गैरसंवैधानिक बाटोमा हिँडेको बुझ्न सकिने बताएका छन्।

सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसीले प्रधानमन्त्री ओलीले संविधानले दिएको भन्दा बाहिर गएर काम गर्न थालेका कारण रोक लगाउनुपरेको बताए। ‘सरकार स्वेच्छाचारी रूपमा अघि बढेको देखियो, विश्वासको मत गुमाएको प्रधानमन्त्रीले पूर्ण आकारको बजेट ल्याउनेदेखि अध्यादेश जारी गरेर शासन चलाउन थाले, अनि अदालतले रोक लगाउनुपर्‍यो,’ केसीले भने, ‘यो धेरै अघि हुनुपर्ने थियो, ढिला भयो तर जे भए पनि संविधानको बाटोमा हिँड भनेर प्रधानमन्त्रीलाई चेतावनी दिएको छ।’

वरिष्ठ अधिवक्ता विपिन अधिकारीले सरकारका निर्णयविरुद्ध अदालत जाने र अदाललते रोक लगाउने स्वाभाविक प्रक्रिया भएको तर लगातार किन रोकिरहेको छ भन्ने कुराले भने सरकारमाथि प्रश्न उठेको बताए। सरकार संविधान र कानुनअनुसार नचलेका कारण यस्तो आदेश गर्नुपरेको उनको बुझाइ छ।

अधिवक्ता सुनिलकुमार पोखरेलले सरकारले चालेका कदमहरू संविधानभन्दा बाहिर जान थालेपछि अदालतले रोक लगाउने र अहिले त्यही कार्य जारी हुँदा अदालतले एकपछि अर्को निर्णय रोकेको बताए।

यो पनि पढ्नुहोस्

धारा ७७ को उपधारा ३ लाई मिच्न खोज्दा ओलीलाई ‘ठूलो धक्का’ मंगलबार, असार ८, २०७८

 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  २२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा?
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
सम्बन्धित सामग्री
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको नौ महिना बित्दा पनि मुलुकको अवस्थामा सुधार नआएको बताए। न्यायपालिका,... शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ शनिबार, मंसिर १२, २०८३
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्