• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

रसिया विश्वकपमा मेसी र रोनाल्डो : करिअरको 'अन्तिम अवसर'

64x64
नेपाल लाइभ बुधबार, जेठ १६, २०७५  १२:००
1140x725

काठमाडौं– 'लिओनल मेसीको ऊर्जा खस्कँदै गएको छ। उनी २० वर्षको हुँदा जति जादू देखाउँथे, त्यो कम हुँदै गएको छ।' - रेमण्‍ड होमेनेच

'कुनै समय आफ्नो टिमले ४–० गोलको अग्रता लिँदा पनि क्रिस्टियानो रोनाल्डोको भोक उस्तै हुन्थ्यो। तर, त्यस्तो अवस्था अहिले छैन।' - ब्रेन्ड स्चुस्टर

माथिका दुई फुटबल विश्लेषकको भनाइबाट अर्जेन्टिनाका फरवार्ड मेसी र पोर्चुगिज फरवार्ड रोनाल्डोको ढल्कँदो उमेरले प्रदर्शनलाई असर गरिरहेको अवस्था झल्काउँछ। तर पनि दुवै खेलाडी आजको समयका उत्कृष्ट फुटबलर हुन्। पछिल्लो १० वर्षदेखि विश्व फुटबल मेसी र रोनाल्डोबीच नै घुमिरहेको छ। 

जून १४ (जेठ ३१) देखि रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा सबैको चासो मेसी र रोनाल्डोको प्रदर्शनमा केन्द्रित हुनेछ। समकालीन फुटबलमा उत्कृष्ट भए पनि दुवैले विश्वकपको ट्रफी उचाल्ने अवसर अहिलेसम्म पाएका छैनन्। धेरैको अनुमान छ, दुवैका लागि रसिया विश्वकप एउटा राम्रो अवसर हुन सक्नेछ।

स्पेनिस ला लिगाको 'गोल स्कोरिङ चार्ट' मा पनि मेसी र रोनाल्डोबीच नै मुख्य प्रतिस्पर्धा छ। रोनाल्डो युरोपियन च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता हुन्। उनलाई मेसीले पछ्याइरहेका छन्।

उमेर ढल्कँदै गएको अवस्थामा अर्को विश्वकपसम्म दुवैले खेल्छन् भनेर यसै भन्न सकिन्न। ३१ वर्षीय मेसी त संन्यास फिर्ता गरेर खेलमा फर्किएका हुन्। रोनाल्डोको उमेर झन् ३३ कटिसकेको छ।

दुवैले चौथो पटक विश्वकप खेल्न लागेका हुन्। चौथो प्रयासमा मेसी र रोनाल्डो सफल होलान् त, विश्वका फुटबलप्रेमीहरुको ध्यान रसिया विश्वकपतिर एकोहोरिएको छ। 

यो सिजन कसको प्रदर्शन कस्तो?

Ncell 2
Ncell 2
nimb
nimb

रोनाल्डो (पोर्चुगल र रियल म्याड्रिड) 
खेल– ५७
गोल– ५७
उपलब्धि– फिफा क्लब विश्वकप २०१७, स्पेनिस सुपर कप, युरोपियन च्याम्पियन्स लिग।

लिओनल मेसी (बार्सिलोना र अर्जेन्टिना) 
खेल– ६२
गोल– ५२
उपलब्धि– ला लिगा, कोपा डेल रे।

मेसी र रोनाल्डोको भूमिका 
रोनाल्डोले गत सिजनदेखि आफ्नो भूमिका फराकिलो पारिरहेका छन्। यसअघि डि-बक्समा बसेर फिनिसिङको भूमिका निर्वाह गरेका रोनाल्डो अब भने देशका लागि प्लेमेकर बन्न सक्छन्। रोनाल्डोको राम्रो पक्ष उत्कृष्ट फिनिसिङ गर्न सक्नु हो। युरोपियन च्याम्पियन पोर्चुगलका लागि रोनाल्डोमा एकल प्रयासमा गोल गर्ने क्षमता पनि छ। 

मेसीबिना पनि अर्जेन्टिनाको टिम उत्कृष्ट रहेको विश्लेषण गर्न सकिन्छ। तर, उनी टिममा हुनु अर्जेन्टिनाका लागि थप बलियो पक्ष हो। सर्जियो अग्युरो, गोन्जालो हिग्युइन, इन्जेल डि मारिया, पाब्लो डिबाला जस्ता प्रतिभाशाली खेलाडी अग्रपंक्तिमा हुँदा मेसीको भूमिका अझ फराकिलो बन्न सक्छ। उत्कृष्ट खेलाडीको तालमेल मिलाउन सही रणनीति बनाउनु नै अर्जेन्टिनाको मुख्य चुनौती हो। 

Xtrem

Xtrem

अघिल्ला ३ विश्वकप : मेसी र रोनाल्डोको टिम कुन चरणमा पराजित? 

पोर्चुगल 
२००६– सेमिफाइनलमा फ्रान्ससँग १–० गोलले पराजित 
२०१०– अन्तिम १६ मा स्पेनसँग १–० ले पराजित 
२०१४– समूह चरणबाटै बाहिर 

अर्जेन्टिना 
२००६– क्वार्टरफाइनलमा जर्मनीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित 
२०१०– क्वार्टरफाइनलमा जर्मनीसँग ४–० गोलले पराजित 
२०१४– फाइनलमा जर्मनीसँग १–० गोलले पराजित 

रसिया विश्वकपमा समूह चरणमा पोर्चुगल र अर्जेन्टिनाको टिमको भिडन्त 
रसिया विश्वकपमा पोर्चुगल समूह 'बी' मा छ। यो समूहमा पोर्चुगलसँगै सन् २०१० को विश्वविजेता स्पेन, मोरक्को र इरान छन्। पोर्चुगलले आफ्नो पहिलो खेल १५ जूनमा बलियो प्रतिद्वन्द्वी स्पेनसँग खेल्नेछ।  

अर्जेन्टिना समूह 'डी' मा छ। यो समूहमा अर्जेन्टिनाले आइसल्यान्ड, क्रोएसिया र नाइजेरियासँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिनाले पहिलो खेल १६ जूनमा आइसल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। 

इतिहास के भन्छ?
सन् २०२२ मा कतारमा आयोजना विश्वकपमा मेसी ३५ वर्ष र रोनाल्डो ३७ वर्षका हुनेछन्। तर, उनीहरुको नाम टिममा पर्ला-नपर्ला, अहिले नै यकिन गर्न भने सकिन्न।

सन् १९३० यता ४ सय २२ खेलाडीले विश्वकपको ट्रफी उचाल्ने अवसर पाएका छन्। ती ४ सय २२ खेलाडीमा ७ खेलाडी मात्र ३५ वर्षभन्दा माथिका छन्। ७ मध्ये पनि २ जनाले मात्र गोल गर्न सकेका छन्। विश्वकपको इतिहास हेर्दा ३५ वर्ष काटेका खेलाडी त्यति प्रभावशाली देखिएका छैनन्। तर, मेसी र रोनाल्डोले कतार विश्वकप खेलेर अर्को इतिहास नबनाउलान् भन्न भने सकिन्न।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०७५  १२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ
सुनको भाउ घट्यो
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सुनको भाउ घट्यो सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्