काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८१ जना शाखा अधिकृतको सरुवा गरेको छ।
मन्त्रालयले प्रशासन सेवाका ४७ र प्राविधिक सेवाका ३४ शाखा अधिकृतलाई सरुवा गरेको हो। प्रशासन सेवातर्फ सरुवा भएकामध्ये आठ जनालाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
सरुवासँगै बागलुङका बरेङ र बडीगार्ड, बाजुराका गौमूल र जगन्नाथ, प्युठानको सरुमारानी, सुर्खेतको चिङ्गाड, जुम्लाको तातोपानी र डडेल्धुराको नवदुर्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्।
यसपटक दुई शाखा अधिकृतलाई भने अर्को स्थानीय तहमा पुनः प्रमुख प्रशासकीय अधिकृतकै जिम्मेवारी दिइएको छ। नवदुर्गाका दुर्गादत्त भट्टलाई गौमूल र जगन्नाथका हेमन्त चुनारालाई चिङ्गाड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको मन्त्रालयले जनाएको छ।





प्राविधिक सेवातर्फका सरुवा भएका ३४ जना शाखा अधिकृत




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।