काठमाडौं– मनाङको हिमलुङ हिमालमा हिमपहिरोपछि सम्पर्कविहीन भएका १४ जना नेपाली उच्च हिमाली कामदार तथा गाइडको खोजी सुरु भएको छ।
मिङ्मा जी शेर्पाको नेतृत्वमा १४ सदस्यीय टोली सोमबार हेलिकप्टरबाट हिमलुङ आधारशिविर पुगेको हो। टोलीले आधारशिविर आसपासका सम्भावित क्षेत्रमा बेपत्ताको खोजी गरिरहेको छ।
यसैबीच हिमपहिरोमा मृत्यु भएका दुई जनाको शव चामे अस्पतालबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै छ। शवलाई त्रिभुवन विमानस्थल हुँदै शिक्षण अस्पताल पुर्याइने जनाइएको छ।
आगामी शरद् ऋतुको आरोहण तयारीका लागि दुई साताअघि हिमलुङ पुगेका दुई दर्जनभन्दा बढी नेपाली कामदार तथा गाइडमध्ये १४ जना आइतबारदेखि सम्पर्कविहीन भएका थिए। हिमाली मौसम र प्रतिकूल भौगोलिक अवस्थाका कारण खोजी तथा उद्धार चुनौतीपूर्ण बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।