• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर २६, २०८२ Fri, Dec 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फिल्म ‘हरि’मा विपीन कार्की : व्यक्ति एक रुप अनेक

64x64
नेपाल लाइभ बिहीबार, जेठ १७, २०७५  ००:१०
1140x725

नेपाली सिनेमा क्षेत्रमा नयाँ स्वादको अभिनय पस्कन रुचाउने अभिनेता हुन्, विपीन कार्की। फिल्म ‘पशुपतिप्रसाद’मा ‘भस्मे डन’को अवतारबाट चर्चा कमाएका विपीन अभिनय र स्वभाव दुवै हिसाबले पनि अन्य कलाकर्मीभन्दा भिन्न लाग्छन्।

पछिल्लो समय विपीनले त्यस्तै फरक स्वादका २ फिल्म खेले– ‘लालपुर्जा’ र ‘नाका’। दुवै फिल्म व्यापारिक रुपमा सफल हुन सकेनन् तर विपीनको भूमिकालाई भने दर्शकले रुचाइदिए। दर्शकले अभिनय रुचाएपनि फिल्मको असफलताको अपजस लिन उनी तयार छन्। भन्छन्, ‘खासमा निर्माता, निर्देशक यात कलाकार नै, सबैले आफ्नो कामको परिक्षाफल थाहा पाउन दर्शकमै निर्भर हुनुपर्छ। समूहमा काम गरेपछि हलसम्म दर्शक नआउँदा हामी कलाकार कसरी पन्छिन मिल्छ र?’

यसपटक विपीन नयाँ फिल्म ‘हरि’मा देखा पर्दैछन्। उनको मुख्य अभिनय रहेको फिल्म ‘हरि’ शुक्रबारबाट नेपालभर प्रर्दशनमा आउँदैछ।

फिल्म प्रदर्शनको मिति नजिकिँदै गर्दा प्रत्येक कलाकार र फिल्मकर्मीहरु आफ्नो फिल्म राम्रो बनेको प्रतिक्रिया दिन चुक्दैनन्। अझ, ‘फरक भूमिका, विषय र प्रस्तुतिमा दर्शकले देख्न पाउनुहुन्छ’ भन्ने वााक्यांश त प्रत्येक कलाकारहरुले फिल्म रिलिजका संघारमा बोल्ने साझा अभिव्यक्ति नै बनिसकेको छ।

यस प्रसंगमा भने विपीनले आफुलाई ‘रिजर्भ’ राख्न रुचाए। यसअघि आफुले फिल्म राम्रो छ भन्दै हिँड्ने नगरेको दावी गर्दै उनले भने,‘लालपुर्जा’ र ‘नाका’को क्यारेक्टरमा दर्शकले जसरी विपीनलाई हेर्नु भएको थियो, यसपटकको अवस्था भने फरक छ। फिल्म ‘हरि’मा ‘हरि’को भूमिकामा देखिएको विपीन कार्की दर्शकको आँखामा नौलो स्वाद बन्नेछ भन्नेमा ढुक्क छु।’

कुराकानीका क्रममा केही मुस्कुराए र विपीन पुनः संवादमा जोडिए,‘मैले यसो भनिरहँदा तपाईं अरुभन्दा कसरी फरक हुनुभयो र भन्ने प्रश्न तपाईंको मनमा उब्जिएको होला। तर मैले फिल्म राम्रो बनेको छ, कथावस्तु नयाँ छ लगायतका कुनै पनि कुरा यसअघि गरेको छैन। तर यसपटक भने यती चाँहि भन्छु कि दर्शक र समिक्षक फिल्मबारे सकारात्मक बोली बोल्न बाध्य हुनेछन्।’

विपीन यस फिल्ममा अभिनेता मात्र नभएर एक निर्माताको समेत जिम्मेवारीमा छन्। अझ उनकै शब्दमा भन्ने हो भने ‘अदृश्य’ निर्माता। ‘हरि’को निर्माणमा उनको पनि केही प्रतिशत हिस्सेदारी छ। तर त्यो संयोगवश भएको बताउँछन् उनी। ‘म यस फिल्मको निर्माता होइन। फिल्म निमार्णका क्रममा आएको प्राविधिक कठिनाई र टिममा संलग्न व्यक्तीले धोका दिएका कारण निर्माण टोलीमा संयोगवश जोडिन मात्र पुगेको हुँ।’, विपीनले खुलासा गरे।

उनले ‘हरि’मा निर्माताका रुपमा नभई मात्र अभिनेताका रुपमा रहेको दावी गरिरहँदा यसपछिको फिल्ममा भने आफ्नै लगानी रहने स्पष्ट पारे।

Ncell 2
Ncell 2

कतिपय फिल्म पण्डित अभिनेताको रुपमा जमेको मान्छे अन्य क्षेत्रमा लाग्दा अभिनयमा फिक्कापन आउनसक्ने आशंका व्यक्त गर्छन्। यसमानेमा विपीनको बुझाई यस्तो छ,‘मानवीय स्वभाव न हो, फिल्ममा दुःख गर्ने आफु अनि कमाउने निर्माता भन्ने संकोच मनमा लागि रहने रहेछ। त्यसैले केही समयपछि निर्माताका रुपमा नयाँ फिल्म लिएर आउने छु।’

फिल्म निर्देशकका रुपमा भने अहिलेनै आउने सोच छैन उनको। किनकी निर्देशकीय पाटोभन्दा अभिनयनै उनको पहिलो रोजाईमा छ। आफु निर्देशक बन्ने सोच नभएपनि उनी पुराना र अनुभवीसँग भन्दा नयाँ र युवापुस्ताका निर्देशकसँग काम गर्न रुचाउछन्। ‘विशेषतः युवापुस्ताका निर्देशकसँग काम गर्दा नयाँपन र नयाँ फ्लेवरको महशुष हुन्छ।,’ उनी थप्छन्,‘सेयरिङ इज केयरिङ’ अथात् आफुमा भएका केही अनुभव नयाँसँग साट्न र उहाँहरुको अनुभव सहजै आफूले लिन पाइन्छ तर पुराना पुस्ताका निर्देशकमा त्यो भावनाको अभाव हुने र अनुभवकै फोस्रो घमण्ड हुने कारण मेरो रोजाई नयाँ पुस्तामा केन्द्रीत भएको हो।’ 

फिल्म ‘हरि’मा पनि विपीनले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरिहेका सफल केशी र प्रतिक गुरुङसँग काम गरेका छन्।

यस फिल्मको छायाँकनदेखि पोष्टप्रोडक्सनको कार्य सम्पन्न हुँदासम्म नत कुनै पत्रपत्रिकामा फिल्मआउने खबर थियो नत कुनै अनलाइन तथा सञ्चार माध्यममा ‘हरि’को सुटिङ रिपोर्ट नै प्रशारणमा आएको थियो। जब फिल्मको टिजर युट्युवमा सार्वजनिक भयो, तबमात्र विपिनको ‘हरि’ हुलिया प्रकाशमा आयो।

अखिर किन गुपचुप काम गरियो त? केहीबेरको मौनतापछि उनी जवाफमा जोडिन्छन्,‘यो हाम्रो गल्ती भयो होला। कामको चापले मिडियालाई सम्झने होस नै भएनछ।’ 

फिल्मको अधिकतम जानकारी दर्शकसम्म पुगोस् र हलसम्म उपस्थिती रहोस् भन्न नौला ‘पब्लिसिटी स्टन्ट’ गर्ने फिल्मका निर्माण पक्षको भिडमा ‘हरि’को टोलीले भने पक्कै केही सोच राखेरै मौन बसेको हुनुपर्छ। तर यसले फिल्मको सफलतामा बल प्रदान गरेन भने सायद यो नै अनुभव कम भएको टिम निर्माणमा चुकेको विषय हुनसक्छ।

तर प्रचार–प्रसारमा कमि भएपनि फिल्म सफल हुनेमा उनीलगायत फिल्म युनिट ढुक्क देखिन्छ।

विपिन यस फिल्ममा एक्लो ‘हरि’ होइनन्। उनी भन्छन्, ‘फिल्ममा मलाई विभिन्न रुपमा देख्न सक्नुहुन्छ। पोष्टर, टिजर र ट्रेलरमा देखिएको ‘हरि’ विपिनका मात्र २ वटा रुप हुन्। अन्य रुप त ट्रेलरमा देखिएका तस्बिरमा मात्र सिमित छन्। तर देखिएका सबै क्यारेक्टरलाई मैले जिवन्त बनाउने प्रयास भने गरेको छु।’

फिल्ममा उनी चौथो पुस्तासम्म प्रतिनिधित्व गर्ने पात्र रहेछन्। अर्थात् जिजुबाजे, बाजे, बाबु र छोराको रुपमा विपीनलाई नै देख्न सकिन्छ। ४ पुस्ताको अभिनय एकै व्यक्तिले गर्नु पात्रलाई जिवन्त रुपमा पर्दामा उतार्न तथा प्राविधिक रुपमा पनि सजिलो विषय भने होइन। चारैवटा ‘हरि’ अर्थात उनै विपीन कार्कीले आफ्नो भूमिकाको बारेमा खुलाउँदै भने,‘समय, परिस्थिती अनुसार भेष बदलिएको छ। व्यवहार बदलिएको छ। अनि अतितका कथा पल्ट्याएर दर्शकलाई भुलाउने प्रयासमा छ अन्तिम पुस्ताको प्रणामी हरि। यसैलाई हेर्न पनि दर्शकहरु हलसम्म आउनेमा म विश्वस्त छु।’

व्यापारिक प्रयोजनभन्दा माथि उठेर सामाजिक, धार्मिक तथा परम्परागत रितिरिवाजलाई प्राथमिकतामा राखेर फिल्म निर्माण गरिएको भन्दै विपीनले आफ्नो फिल्मलाई व्यावसायिक रुपमा तुलना नगर्न आग्रह गरे। उनले फिल्मको व्यावसायिक विश्लेषण भन्दापनि समिक्षात्मक रुपमा सफल फिल्म ‘कालो पोथी’सँग दाँजेर हेर्नुपर्ने दावी गरे।

समग्रमा एक व्यक्ति तर अनेक रुपमा बाधिँएको फिल्म ‘हरि’ले नेपाली दर्शकलाई कतिसम्म आकर्षित गर्ने हो? वास्तविक कथामा बनेको भनिएको ‘हरि’ले विपिनको फिल्मी जीवनको वास्तविकतालाई कतातर्फ लैजाने हो? यीनै प्रश्नसँगै अर्को जिज्ञासा कि फिल्मको सफलता र विपिनले देखेको ‘कालो पोथी’ सम्मको उचाइमा ‘हरि’ले आफुलाई उभ्याउला?

जसको जवाफ शुक्रबारदेखि बिस्तारै मिल्दै जानेछ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०७५  ००:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्?
हेटौँडा सडक विस्तार विरुद्धको मुद्दाबारे सर्वोच्चमा सुनुवाइ हुँदै
प्रदेश र स्थानीय तहमा समपूरक तथा विशेष अनुदानका लागि प्रस्ताव आह्वान
सम्बन्धित सामग्री
हेटौँडा सडक विस्तार विरुद्धको मुद्दाबारे सर्वोच्चमा सुनुवाइ हुँदै सर्वोच्च अदालतको इजलास नम्बर २ मा उक्त मुद्दाको पेसी तोकिएको हो । शुक्रबार, मंसिर २६, २०८२
प्रदेश र स्थानीय तहमा समपूरक तथा विशेष अनुदानका लागि प्रस्ताव आह्वान आयोगले सबै प्रदेश सरकार र स्थानीय तहहरूलाई आगामी २०८२ माघ मसान्तभित्र राष्ट्रिय योजना आयोगले सञ्चालनमा ल्याएको विद्युतीय प्रणाली www... शुक्रबार, मंसिर २६, २०८२
जेन जेड आन्दोलनमा साढे ८४ अर्ब बराबरको क्षति, पुनर्निर्माणमा ३६ अर्ब ३० करोड लागत लाग्ने अनुमान प्रतिवेदनमा भनिएको छ, “समग्रमा हेर्दा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भएको समितिको मूल्याङ्कन छ, आन्दोलनका क्रममा सातै प्रदेश... शुक्रबार, मंसिर २६, २०८२
ताजा समाचारसबै
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
हेटौँडा सडक विस्तार विरुद्धको मुद्दाबारे सर्वोच्चमा सुनुवाइ हुँदै शुक्रबार, मंसिर २६, २०८२
प्रदेश र स्थानीय तहमा समपूरक तथा विशेष अनुदानका लागि प्रस्ताव आह्वान शुक्रबार, मंसिर २६, २०८२
जेन जेड आन्दोलनमा साढे ८४ अर्ब बराबरको क्षति, पुनर्निर्माणमा ३६ अर्ब ३० करोड लागत लाग्ने अनुमान शुक्रबार, मंसिर २६, २०८२
प्रहरी निरीक्षक र सहायक निरीक्षकमा खुल्यो नयाँ भर्ना शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि-छविको मुद्दा हेर्न नमिल्नेमा बिहीबार, मंसिर २५, २०८२
कुलमान र हितेन्द्रबीच भेट बिहीबार, मंसिर २५, २०८२
राष्ट्रपति पौडेल भेट्न पुगिन् प्रधानमन्त्री कार्की बिहीबार, मंसिर २५, २०८२
जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय बिहीबार, मंसिर २५, २०८२
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त (सूचनासहित) शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्