• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फिल्म ‘हरि’मा विपीन कार्की : व्यक्ति एक रुप अनेक

64x64
नेपाल लाइभ बिहीबार, जेठ १७, २०७५  ००:१०
1140x725

नेपाली सिनेमा क्षेत्रमा नयाँ स्वादको अभिनय पस्कन रुचाउने अभिनेता हुन्, विपीन कार्की। फिल्म ‘पशुपतिप्रसाद’मा ‘भस्मे डन’को अवतारबाट चर्चा कमाएका विपीन अभिनय र स्वभाव दुवै हिसाबले पनि अन्य कलाकर्मीभन्दा भिन्न लाग्छन्।

पछिल्लो समय विपीनले त्यस्तै फरक स्वादका २ फिल्म खेले– ‘लालपुर्जा’ र ‘नाका’। दुवै फिल्म व्यापारिक रुपमा सफल हुन सकेनन् तर विपीनको भूमिकालाई भने दर्शकले रुचाइदिए। दर्शकले अभिनय रुचाएपनि फिल्मको असफलताको अपजस लिन उनी तयार छन्। भन्छन्, ‘खासमा निर्माता, निर्देशक यात कलाकार नै, सबैले आफ्नो कामको परिक्षाफल थाहा पाउन दर्शकमै निर्भर हुनुपर्छ। समूहमा काम गरेपछि हलसम्म दर्शक नआउँदा हामी कलाकार कसरी पन्छिन मिल्छ र?’

यसपटक विपीन नयाँ फिल्म ‘हरि’मा देखा पर्दैछन्। उनको मुख्य अभिनय रहेको फिल्म ‘हरि’ शुक्रबारबाट नेपालभर प्रर्दशनमा आउँदैछ।

फिल्म प्रदर्शनको मिति नजिकिँदै गर्दा प्रत्येक कलाकार र फिल्मकर्मीहरु आफ्नो फिल्म राम्रो बनेको प्रतिक्रिया दिन चुक्दैनन्। अझ, ‘फरक भूमिका, विषय र प्रस्तुतिमा दर्शकले देख्न पाउनुहुन्छ’ भन्ने वााक्यांश त प्रत्येक कलाकारहरुले फिल्म रिलिजका संघारमा बोल्ने साझा अभिव्यक्ति नै बनिसकेको छ।

यस प्रसंगमा भने विपीनले आफुलाई ‘रिजर्भ’ राख्न रुचाए। यसअघि आफुले फिल्म राम्रो छ भन्दै हिँड्ने नगरेको दावी गर्दै उनले भने,‘लालपुर्जा’ र ‘नाका’को क्यारेक्टरमा दर्शकले जसरी विपीनलाई हेर्नु भएको थियो, यसपटकको अवस्था भने फरक छ। फिल्म ‘हरि’मा ‘हरि’को भूमिकामा देखिएको विपीन कार्की दर्शकको आँखामा नौलो स्वाद बन्नेछ भन्नेमा ढुक्क छु।’

कुराकानीका क्रममा केही मुस्कुराए र विपीन पुनः संवादमा जोडिए,‘मैले यसो भनिरहँदा तपाईं अरुभन्दा कसरी फरक हुनुभयो र भन्ने प्रश्न तपाईंको मनमा उब्जिएको होला। तर मैले फिल्म राम्रो बनेको छ, कथावस्तु नयाँ छ लगायतका कुनै पनि कुरा यसअघि गरेको छैन। तर यसपटक भने यती चाँहि भन्छु कि दर्शक र समिक्षक फिल्मबारे सकारात्मक बोली बोल्न बाध्य हुनेछन्।’

विपीन यस फिल्ममा अभिनेता मात्र नभएर एक निर्माताको समेत जिम्मेवारीमा छन्। अझ उनकै शब्दमा भन्ने हो भने ‘अदृश्य’ निर्माता। ‘हरि’को निर्माणमा उनको पनि केही प्रतिशत हिस्सेदारी छ। तर त्यो संयोगवश भएको बताउँछन् उनी। ‘म यस फिल्मको निर्माता होइन। फिल्म निमार्णका क्रममा आएको प्राविधिक कठिनाई र टिममा संलग्न व्यक्तीले धोका दिएका कारण निर्माण टोलीमा संयोगवश जोडिन मात्र पुगेको हुँ।’, विपीनले खुलासा गरे।

उनले ‘हरि’मा निर्माताका रुपमा नभई मात्र अभिनेताका रुपमा रहेको दावी गरिरहँदा यसपछिको फिल्ममा भने आफ्नै लगानी रहने स्पष्ट पारे।

Ncell 2
Ncell 2
nimb
nimb

कतिपय फिल्म पण्डित अभिनेताको रुपमा जमेको मान्छे अन्य क्षेत्रमा लाग्दा अभिनयमा फिक्कापन आउनसक्ने आशंका व्यक्त गर्छन्। यसमानेमा विपीनको बुझाई यस्तो छ,‘मानवीय स्वभाव न हो, फिल्ममा दुःख गर्ने आफु अनि कमाउने निर्माता भन्ने संकोच मनमा लागि रहने रहेछ। त्यसैले केही समयपछि निर्माताका रुपमा नयाँ फिल्म लिएर आउने छु।’

फिल्म निर्देशकका रुपमा भने अहिलेनै आउने सोच छैन उनको। किनकी निर्देशकीय पाटोभन्दा अभिनयनै उनको पहिलो रोजाईमा छ। आफु निर्देशक बन्ने सोच नभएपनि उनी पुराना र अनुभवीसँग भन्दा नयाँ र युवापुस्ताका निर्देशकसँग काम गर्न रुचाउछन्। ‘विशेषतः युवापुस्ताका निर्देशकसँग काम गर्दा नयाँपन र नयाँ फ्लेवरको महशुष हुन्छ।,’ उनी थप्छन्,‘सेयरिङ इज केयरिङ’ अथात् आफुमा भएका केही अनुभव नयाँसँग साट्न र उहाँहरुको अनुभव सहजै आफूले लिन पाइन्छ तर पुराना पुस्ताका निर्देशकमा त्यो भावनाको अभाव हुने र अनुभवकै फोस्रो घमण्ड हुने कारण मेरो रोजाई नयाँ पुस्तामा केन्द्रीत भएको हो।’ 

फिल्म ‘हरि’मा पनि विपीनले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरिहेका सफल केशी र प्रतिक गुरुङसँग काम गरेका छन्।

यस फिल्मको छायाँकनदेखि पोष्टप्रोडक्सनको कार्य सम्पन्न हुँदासम्म नत कुनै पत्रपत्रिकामा फिल्मआउने खबर थियो नत कुनै अनलाइन तथा सञ्चार माध्यममा ‘हरि’को सुटिङ रिपोर्ट नै प्रशारणमा आएको थियो। जब फिल्मको टिजर युट्युवमा सार्वजनिक भयो, तबमात्र विपिनको ‘हरि’ हुलिया प्रकाशमा आयो।

Xtrem

Xtrem

अखिर किन गुपचुप काम गरियो त? केहीबेरको मौनतापछि उनी जवाफमा जोडिन्छन्,‘यो हाम्रो गल्ती भयो होला। कामको चापले मिडियालाई सम्झने होस नै भएनछ।’ 

फिल्मको अधिकतम जानकारी दर्शकसम्म पुगोस् र हलसम्म उपस्थिती रहोस् भन्न नौला ‘पब्लिसिटी स्टन्ट’ गर्ने फिल्मका निर्माण पक्षको भिडमा ‘हरि’को टोलीले भने पक्कै केही सोच राखेरै मौन बसेको हुनुपर्छ। तर यसले फिल्मको सफलतामा बल प्रदान गरेन भने सायद यो नै अनुभव कम भएको टिम निर्माणमा चुकेको विषय हुनसक्छ।

तर प्रचार–प्रसारमा कमि भएपनि फिल्म सफल हुनेमा उनीलगायत फिल्म युनिट ढुक्क देखिन्छ।

विपिन यस फिल्ममा एक्लो ‘हरि’ होइनन्। उनी भन्छन्, ‘फिल्ममा मलाई विभिन्न रुपमा देख्न सक्नुहुन्छ। पोष्टर, टिजर र ट्रेलरमा देखिएको ‘हरि’ विपिनका मात्र २ वटा रुप हुन्। अन्य रुप त ट्रेलरमा देखिएका तस्बिरमा मात्र सिमित छन्। तर देखिएका सबै क्यारेक्टरलाई मैले जिवन्त बनाउने प्रयास भने गरेको छु।’

फिल्ममा उनी चौथो पुस्तासम्म प्रतिनिधित्व गर्ने पात्र रहेछन्। अर्थात् जिजुबाजे, बाजे, बाबु र छोराको रुपमा विपीनलाई नै देख्न सकिन्छ। ४ पुस्ताको अभिनय एकै व्यक्तिले गर्नु पात्रलाई जिवन्त रुपमा पर्दामा उतार्न तथा प्राविधिक रुपमा पनि सजिलो विषय भने होइन। चारैवटा ‘हरि’ अर्थात उनै विपीन कार्कीले आफ्नो भूमिकाको बारेमा खुलाउँदै भने,‘समय, परिस्थिती अनुसार भेष बदलिएको छ। व्यवहार बदलिएको छ। अनि अतितका कथा पल्ट्याएर दर्शकलाई भुलाउने प्रयासमा छ अन्तिम पुस्ताको प्रणामी हरि। यसैलाई हेर्न पनि दर्शकहरु हलसम्म आउनेमा म विश्वस्त छु।’

व्यापारिक प्रयोजनभन्दा माथि उठेर सामाजिक, धार्मिक तथा परम्परागत रितिरिवाजलाई प्राथमिकतामा राखेर फिल्म निर्माण गरिएको भन्दै विपीनले आफ्नो फिल्मलाई व्यावसायिक रुपमा तुलना नगर्न आग्रह गरे। उनले फिल्मको व्यावसायिक विश्लेषण भन्दापनि समिक्षात्मक रुपमा सफल फिल्म ‘कालो पोथी’सँग दाँजेर हेर्नुपर्ने दावी गरे।

समग्रमा एक व्यक्ति तर अनेक रुपमा बाधिँएको फिल्म ‘हरि’ले नेपाली दर्शकलाई कतिसम्म आकर्षित गर्ने हो? वास्तविक कथामा बनेको भनिएको ‘हरि’ले विपिनको फिल्मी जीवनको वास्तविकतालाई कतातर्फ लैजाने हो? यीनै प्रश्नसँगै अर्को जिज्ञासा कि फिल्मको सफलता र विपिनले देखेको ‘कालो पोथी’ सम्मको उचाइमा ‘हरि’ले आफुलाई उभ्याउला?

जसको जवाफ शुक्रबारदेखि बिस्तारै मिल्दै जानेछ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०७५  ००:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित]
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
सम्बन्धित सामग्री
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै मिङ्मा जी शेर्पाको नेतृत्वमा १४ सदस्यीय टोली सोमबार हेलिकप्टरबाट हिमलुङ आधारशिविर पुगेको हो। टोलीले आधारशिविर आसपासका सम्भावित क्षेत... सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] मन्त्रालयले प्रशासन सेवाका ४७ र प्राविधिक सेवाका ३४ शाखा अधिकृतलाई सरुवा गरेको हो। प्रशासन सेवातर्फ सरुवा भएकामध्ये आठ जनालाई विभिन्... सोमबार, असोज १२, २०८३
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा अविरल वर्षाका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र गजुरी गाउँपालिका–२ क्षेत्रमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग ए... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा सोमबार, असोज १२, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्