• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

४ वर्षअघि बेपत्ता मलेसियन एयरलाइन्सको खोजीकार्य बन्द

64x64
नेपाल लाइभ बुधबार, जेठ १६, २०७५  ०८:३०
1140x725

चार वर्ष अघि मलेसियाको क्वालालम्पुरबाट बेइजिङको लागि २ सय ३९ यात्रु लिएर उडेको मलेसियन एयरलाइन्सको ‘एमएच ३७०’ विमान हराएको चार वर्ष बितिसक्दा पनि हालसम्म यसको अवस्थाबारे केही थाहा हुन सकेको छैन।

विभिन्न राष्ट्र सम्मिलित संयुक्त खोजीकार्य गत वर्ष नै सकिए पनि एक निजी कम्पनी, ओसियन इन्फिनिटीले भने यसको खोजीकार्य जारी राखेको थियो। तर मंगलबारदेखि यसले पनि आफ्नो खोजी अभियानलाई पूर्णविराम लगाइदिएको छ।

हिन्द महासागरको दक्षिण क्षेत्रमा जारी रहेको उक्त खोजीकार्यले केही पनि पत्ता लगाउन सकेन। उता आफन्तहरु अझै पनि विमानको खोजीकार्य सञ्चालनमा रहिरहोस् भन्ने चाहन्छन्।

‘मानिसहरुले अझै पनि सोच्छन् होला, किन यो कुरालाई सुगा रटाई बनाइरहनु पर्यो? चार वर्ष बितिसकेको छ। तर मानिसहरुले यो कुरा बुझ्नु जरुरी छ कि ‘एम एच ३७०’ हराएको घटना इतिहास होइन, जो भुल्दै जान मिलोस्।’, ८ मार्च २०१४ देखि हराइरहेको विमानमा सवार ग्रेस नाथानकी आमाले दि गार्जियनलाई भनिन्।

अहिलेसम्मको घटनाक्रम

८ मार्च २०१४ : मलेसियन एयरलाइन्सको ‘एमएच ३७०’ क्वालालम्पुरबाट बेइजिङको लागि उड्यो। उडान भरेको एक घण्टापछि विमानसँगको सम्पर्क टुट्यो। न त पाइलटले केही गडबढीको जानकारी गराए न त कुनै सिग्नल नै पठाए। विमान हराएको दिनदेखि नै विमानको खोजीकार्य ‘साउथ चाइना सी’मा सुरु भयो।

१५ मार्च २०१५ : विमान दक्षिणतर्फ गएको देखिएपछि खोजीकार्य हिन्द महासागरको दक्षिणतर्फ मोडियो।

Ncell 2
Ncell 2
nimb
nimb

जुलाइ २०१५ : मादागास्करस्थित हिन्द महासागरको पूर्वतर्फ रहेको रियुनियन टापुमा विमानका केही भग्नावशेष फेला परे। खोजी झन् तीव्र बनाइयो।

जनवरी २०१७ : अष्ट्रेलिया, मलेसिया र चीनले अन्तिम पटक विमान देखिएको भनिएको ठाउँमा आफुले गरिरहेको खोजीकार्य रोक्ने घोषणा गरे। उनीहरुले त्यस क्षेत्रमा केही पनि फेला नपारेकोले खोजी कार्य रोक्न लागेको स्पष्ट पारे।

जनवरी २०१८ : विमानमा सवार यात्रुका आफन्तको दबाबमा मलेसिया सरकारले अमेरिकी कम्पनी ‘ओसियन इन्फिनिटी’सँग खोजीकार्यलाई पुनः सुचारु गर्ने सहमति गर्यो। उक्त कम्पनीले विमानको अवशेष फेला पारेमा मात्रै ७० मिलियन अमेरिकी डलर पुरस्कार स्वरुप दिने नभए खोजीको लागि पैसा नदिने मलेसियाली सरकारसँग गरिएको सहमतिमा उल्लेख छ।

Xtrem

Xtrem

मे २०१८ : प्रतिकुल मौसमका कारण खोजी गर्न कठिनाई उत्पन्न भएपछि ओसियन इन्फिनिटीले खोजीकार्य अन्त्यको घोषणा गर्यो। साथै मलेसियाले पनि अब यसलाई निरन्तरता नदिने प्रष्ट पार्यो।

तर विमानको अवस्थाबारे जवाफ कोहीसँग पनि छैन। विमानको भग्नावशेष वा यसका थप टुक्राले विमानबारे जानकारी दिन सक्नेमा विज्ञहरु अझै पनि आशावादी छन् तर विमानको अन्तिम समयको अवस्थाबारे निकै कम जानकारी भएका कारण खोजीकार्य र विमानको अवस्थाबारे केही टिप्पणी गर्नु निकै कठिन भएको छ।

विमान अन्तिम समयसम्म पनि पाइलटको नियन्त्रणमा थियो वा समुद्रमा खस्यो भन्नेबारेमा थारै मात्र पनि जानकारी, खोजी एवम् विश्लेषणमा संलग्न कुनै पनि देशसँग छैन।

विमानको खोजीकार्य जारी रहँदा चालकले विमान जानाजान समुद्रमा खसाएको दावी गरिदैं आएको थियो। तर पनि अष्ट्रेलियाली खोजी एवम् अनुसन्धानकर्ताले भने उक्त दावीको खण्डन गर्दै विमान हराउनुअघि चालक पनि होसमा नरहेको दावी गरेका छन्।

यसका अलावा प्राविधिक गडबढीका कारण पनि विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको भएपनि यसलाई प्रमाणित गर्ने कुनै ‘थ्योरी’ नरहेकाले यसबारे धेरै दावी र छलफल गरिएको छैन।

खोजी अन्त्यको घोषणा पछि अब के हुन्छ?

मलेसियाली यातायात मन्त्री एन्थोनी लोकले विमानको खोजीकार्य जारी रहँदाको समयमा प्राप्त जानकारीहरु सम्मिलित रिपोर्ट छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन्। तर उनले मिति भने खुलाउन नचाहेको बिबिसीमा उल्लेख छ।

यता अष्ट्रेलिया, मलेसिया र चीनले पनि आफुहरु खोजी कार्य पुनः सुरु गर्न तयार रहेको तर यसका लागि केही ठोस प्रमाण चाहिने सर्त अघि सारेका छन्।

मलेसियाली सरकारले निजी तहमा खोजीकार्य बन्द गर्ने घोषणा गरेपनि भावी प्रधानमन्त्रीको रुपमा हेरिएका अनवार इब्राहिमले यस विषयमा थप खोजी गरिने एक अष्ट्रेलियाली पत्रिकालाई अर्न्तवार्ताका क्रममा बताएका छन्।

‘एमएच ३७०’ जस्तै हराइरहेका र अहिलेसम्म अवस्था अज्ञात रहेका विमान

–सन् १९३७ मा अमेरिकी महिला पाइलट एमिलिया इयरहर्ट इलेक्ट्रा विमानमा चढेर विश्व परिक्रमा गर्ने क्रममा हराएकी थिइन्। त्यसअघि उनले एटलान्टिक समुद्रको सफल परिक्रमा गरिसकेकी थिइन्। तर पनि उनी हाउल्याई टापुमाथि पुगेपछि बेपत्ता भएकी थिइन्। त्यस समयदेखि उनको अवस्था अज्ञात छ। केही मानिसहरूले उनलाई एलिएनले अपहरण गरेर लगेको समेत बताउने गरेका छन्।

–१९३० को दशकपछि ४० को दशकमा फेरी त्यस्तै घटना भयो। सन् १९४५, डिसेम्बर ५ मा अमेरिकी राज्य फ्लोरिडाबाट अमेरिकी नौसेनाको पाँचवटा विमान आफ्नो तालिमका क्रममा उडे। तर बर्मुडा ट्र्याङ्गलबाट हराएका भनिएका ती पा“च विमानको अवस्था हालसम्म अज्ञमत छ। त्यो घटनालाई ‘फ्लाइट नाइनटिन’को नामले पनि चिनिन्छ।

–‘फ्लाइट नाइनटिन’ घटनापछि सन् १९६२ मा फेरी अर्को रहस्यमय घटना घट्यो। ‘फ्लाइङ टाइगर लाइन फ्लाइट सेभेन थ्री नाइन’ नामले चिनिने घटनामा एक अमेरिकी सैन्य जहाज अलप भयो।

–सन् १९६२ मार्च १६ मा ग्वाम भन्ने ठाउ“बाट इन्धन भरेर भियतनामतर्फ उडेको विमान पनि वेपत्ता भयो। आठ दिनको खोजी तथा अनुसन्धानपछि पनि विमानको बारेमा केही थाहा पाउन नसकेपछि त्यसमा सवार सबै १ सय ७ यात्रु र चालक दलका सदस्यलाई मृत घोषित गरिएको थियो।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०७५  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ
सुनको भाउ घट्यो
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी
सम्बन्धित सामग्री
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ साइबर ब्युरोको टोलीले प्रसाईंलाई सोमबार केहीबेरअघि पक्राउ गरेको जनाइएको छ । यसअघि पनि प्रसाईं विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै... सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी राणाका छोरा सचिन्द्र शमशेर जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिँदै परिवारको सुरक्षामा थप ध्यान दिन आग्रह ग... सोमबार, असोज १२, २०८३
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै मिङ्मा जी शेर्पाको नेतृत्वमा १४ सदस्यीय टोली सोमबार हेलिकप्टरबाट हिमलुङ आधारशिविर पुगेको हो। टोलीले आधारशिविर आसपासका सम्भावित क्षेत... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सुनको भाउ घट्यो सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्