• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर २६, २०८२ Fri, Dec 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

४ वर्षअघि बेपत्ता मलेसियन एयरलाइन्सको खोजीकार्य बन्द

64x64
नेपाल लाइभ बुधबार, जेठ १६, २०७५  ०८:३०
1140x725

चार वर्ष अघि मलेसियाको क्वालालम्पुरबाट बेइजिङको लागि २ सय ३९ यात्रु लिएर उडेको मलेसियन एयरलाइन्सको ‘एमएच ३७०’ विमान हराएको चार वर्ष बितिसक्दा पनि हालसम्म यसको अवस्थाबारे केही थाहा हुन सकेको छैन।

विभिन्न राष्ट्र सम्मिलित संयुक्त खोजीकार्य गत वर्ष नै सकिए पनि एक निजी कम्पनी, ओसियन इन्फिनिटीले भने यसको खोजीकार्य जारी राखेको थियो। तर मंगलबारदेखि यसले पनि आफ्नो खोजी अभियानलाई पूर्णविराम लगाइदिएको छ।

हिन्द महासागरको दक्षिण क्षेत्रमा जारी रहेको उक्त खोजीकार्यले केही पनि पत्ता लगाउन सकेन। उता आफन्तहरु अझै पनि विमानको खोजीकार्य सञ्चालनमा रहिरहोस् भन्ने चाहन्छन्।

‘मानिसहरुले अझै पनि सोच्छन् होला, किन यो कुरालाई सुगा रटाई बनाइरहनु पर्यो? चार वर्ष बितिसकेको छ। तर मानिसहरुले यो कुरा बुझ्नु जरुरी छ कि ‘एम एच ३७०’ हराएको घटना इतिहास होइन, जो भुल्दै जान मिलोस्।’, ८ मार्च २०१४ देखि हराइरहेको विमानमा सवार ग्रेस नाथानकी आमाले दि गार्जियनलाई भनिन्।

अहिलेसम्मको घटनाक्रम

८ मार्च २०१४ : मलेसियन एयरलाइन्सको ‘एमएच ३७०’ क्वालालम्पुरबाट बेइजिङको लागि उड्यो। उडान भरेको एक घण्टापछि विमानसँगको सम्पर्क टुट्यो। न त पाइलटले केही गडबढीको जानकारी गराए न त कुनै सिग्नल नै पठाए। विमान हराएको दिनदेखि नै विमानको खोजीकार्य ‘साउथ चाइना सी’मा सुरु भयो।

१५ मार्च २०१५ : विमान दक्षिणतर्फ गएको देखिएपछि खोजीकार्य हिन्द महासागरको दक्षिणतर्फ मोडियो।

Ncell 2
Ncell 2

जुलाइ २०१५ : मादागास्करस्थित हिन्द महासागरको पूर्वतर्फ रहेको रियुनियन टापुमा विमानका केही भग्नावशेष फेला परे। खोजी झन् तीव्र बनाइयो।

जनवरी २०१७ : अष्ट्रेलिया, मलेसिया र चीनले अन्तिम पटक विमान देखिएको भनिएको ठाउँमा आफुले गरिरहेको खोजीकार्य रोक्ने घोषणा गरे। उनीहरुले त्यस क्षेत्रमा केही पनि फेला नपारेकोले खोजी कार्य रोक्न लागेको स्पष्ट पारे।

जनवरी २०१८ : विमानमा सवार यात्रुका आफन्तको दबाबमा मलेसिया सरकारले अमेरिकी कम्पनी ‘ओसियन इन्फिनिटी’सँग खोजीकार्यलाई पुनः सुचारु गर्ने सहमति गर्यो। उक्त कम्पनीले विमानको अवशेष फेला पारेमा मात्रै ७० मिलियन अमेरिकी डलर पुरस्कार स्वरुप दिने नभए खोजीको लागि पैसा नदिने मलेसियाली सरकारसँग गरिएको सहमतिमा उल्लेख छ।

मे २०१८ : प्रतिकुल मौसमका कारण खोजी गर्न कठिनाई उत्पन्न भएपछि ओसियन इन्फिनिटीले खोजीकार्य अन्त्यको घोषणा गर्यो। साथै मलेसियाले पनि अब यसलाई निरन्तरता नदिने प्रष्ट पार्यो।

तर विमानको अवस्थाबारे जवाफ कोहीसँग पनि छैन। विमानको भग्नावशेष वा यसका थप टुक्राले विमानबारे जानकारी दिन सक्नेमा विज्ञहरु अझै पनि आशावादी छन् तर विमानको अन्तिम समयको अवस्थाबारे निकै कम जानकारी भएका कारण खोजीकार्य र विमानको अवस्थाबारे केही टिप्पणी गर्नु निकै कठिन भएको छ।

विमान अन्तिम समयसम्म पनि पाइलटको नियन्त्रणमा थियो वा समुद्रमा खस्यो भन्नेबारेमा थारै मात्र पनि जानकारी, खोजी एवम् विश्लेषणमा संलग्न कुनै पनि देशसँग छैन।

विमानको खोजीकार्य जारी रहँदा चालकले विमान जानाजान समुद्रमा खसाएको दावी गरिदैं आएको थियो। तर पनि अष्ट्रेलियाली खोजी एवम् अनुसन्धानकर्ताले भने उक्त दावीको खण्डन गर्दै विमान हराउनुअघि चालक पनि होसमा नरहेको दावी गरेका छन्।

यसका अलावा प्राविधिक गडबढीका कारण पनि विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको भएपनि यसलाई प्रमाणित गर्ने कुनै ‘थ्योरी’ नरहेकाले यसबारे धेरै दावी र छलफल गरिएको छैन।

खोजी अन्त्यको घोषणा पछि अब के हुन्छ?

मलेसियाली यातायात मन्त्री एन्थोनी लोकले विमानको खोजीकार्य जारी रहँदाको समयमा प्राप्त जानकारीहरु सम्मिलित रिपोर्ट छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन्। तर उनले मिति भने खुलाउन नचाहेको बिबिसीमा उल्लेख छ।

यता अष्ट्रेलिया, मलेसिया र चीनले पनि आफुहरु खोजी कार्य पुनः सुरु गर्न तयार रहेको तर यसका लागि केही ठोस प्रमाण चाहिने सर्त अघि सारेका छन्।

मलेसियाली सरकारले निजी तहमा खोजीकार्य बन्द गर्ने घोषणा गरेपनि भावी प्रधानमन्त्रीको रुपमा हेरिएका अनवार इब्राहिमले यस विषयमा थप खोजी गरिने एक अष्ट्रेलियाली पत्रिकालाई अर्न्तवार्ताका क्रममा बताएका छन्।

‘एमएच ३७०’ जस्तै हराइरहेका र अहिलेसम्म अवस्था अज्ञात रहेका विमान

–सन् १९३७ मा अमेरिकी महिला पाइलट एमिलिया इयरहर्ट इलेक्ट्रा विमानमा चढेर विश्व परिक्रमा गर्ने क्रममा हराएकी थिइन्। त्यसअघि उनले एटलान्टिक समुद्रको सफल परिक्रमा गरिसकेकी थिइन्। तर पनि उनी हाउल्याई टापुमाथि पुगेपछि बेपत्ता भएकी थिइन्। त्यस समयदेखि उनको अवस्था अज्ञात छ। केही मानिसहरूले उनलाई एलिएनले अपहरण गरेर लगेको समेत बताउने गरेका छन्।

–१९३० को दशकपछि ४० को दशकमा फेरी त्यस्तै घटना भयो। सन् १९४५, डिसेम्बर ५ मा अमेरिकी राज्य फ्लोरिडाबाट अमेरिकी नौसेनाको पाँचवटा विमान आफ्नो तालिमका क्रममा उडे। तर बर्मुडा ट्र्याङ्गलबाट हराएका भनिएका ती पा“च विमानको अवस्था हालसम्म अज्ञमत छ। त्यो घटनालाई ‘फ्लाइट नाइनटिन’को नामले पनि चिनिन्छ।

–‘फ्लाइट नाइनटिन’ घटनापछि सन् १९६२ मा फेरी अर्को रहस्यमय घटना घट्यो। ‘फ्लाइङ टाइगर लाइन फ्लाइट सेभेन थ्री नाइन’ नामले चिनिने घटनामा एक अमेरिकी सैन्य जहाज अलप भयो।

–सन् १९६२ मार्च १६ मा ग्वाम भन्ने ठाउ“बाट इन्धन भरेर भियतनामतर्फ उडेको विमान पनि वेपत्ता भयो। आठ दिनको खोजी तथा अनुसन्धानपछि पनि विमानको बारेमा केही थाहा पाउन नसकेपछि त्यसमा सवार सबै १ सय ७ यात्रु र चालक दलका सदस्यलाई मृत घोषित गरिएको थियो।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०७५  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्?
हेटौँडा सडक विस्तार विरुद्धको मुद्दाबारे सर्वोच्चमा सुनुवाइ हुँदै
सम्बन्धित सामग्री
हेटौँडा सडक विस्तार विरुद्धको मुद्दाबारे सर्वोच्चमा सुनुवाइ हुँदै सर्वोच्च अदालतको इजलास नम्बर २ मा उक्त मुद्दाको पेसी तोकिएको हो । शुक्रबार, मंसिर २६, २०८२
प्रदेश र स्थानीय तहमा समपूरक तथा विशेष अनुदानका लागि प्रस्ताव आह्वान आयोगले सबै प्रदेश सरकार र स्थानीय तहहरूलाई आगामी २०८२ माघ मसान्तभित्र राष्ट्रिय योजना आयोगले सञ्चालनमा ल्याएको विद्युतीय प्रणाली www... शुक्रबार, मंसिर २६, २०८२
जेन जेड आन्दोलनमा साढे ८४ अर्ब बराबरको क्षति, पुनर्निर्माणमा ३६ अर्ब ३० करोड लागत लाग्ने अनुमान प्रतिवेदनमा भनिएको छ, “समग्रमा हेर्दा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भएको समितिको मूल्याङ्कन छ, आन्दोलनका क्रममा सातै प्रदेश... शुक्रबार, मंसिर २६, २०८२
ताजा समाचारसबै
पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
हेटौँडा सडक विस्तार विरुद्धको मुद्दाबारे सर्वोच्चमा सुनुवाइ हुँदै शुक्रबार, मंसिर २६, २०८२
प्रदेश र स्थानीय तहमा समपूरक तथा विशेष अनुदानका लागि प्रस्ताव आह्वान शुक्रबार, मंसिर २६, २०८२
जेन जेड आन्दोलनमा साढे ८४ अर्ब बराबरको क्षति, पुनर्निर्माणमा ३६ अर्ब ३० करोड लागत लाग्ने अनुमान शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि-छविको मुद्दा हेर्न नमिल्नेमा बिहीबार, मंसिर २५, २०८२
कुलमान र हितेन्द्रबीच भेट बिहीबार, मंसिर २५, २०८२
राष्ट्रपति पौडेल भेट्न पुगिन् प्रधानमन्त्री कार्की बिहीबार, मंसिर २५, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्