• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

असई मणिकान्त झामाथि रंगभेदी व्यवहारको घटना: कसले लिने प्रहरीको मनोबल गिरेको जिम्मा? 

64x64
नारायण अधिकारी शुक्रबार, असार ४, २०७८  २०:०५
1140x725
महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा ज्वाला संग्राैला र उनको समूह। तस्वीर : अनलाइन न्यूज नामक युट्युब च्यानलको भिडियोबाट।

काठमाडौं- दृष्य प्रहरी कार्यालय भित्रको हो। स्थान हो, महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज। आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने एउटा समूह पूरै आक्रोशित भएर प्रहरी कार्यालयभित्र पसेको छ। कार्यालयका इन्चार्ज रहेका इन्स्पेक्टर उनीहरुलाई हात जोडेर सम्झाइरहेका छन्। तर, त्यो समूह उल्टै प्रहरीमाथि जाइलाग्न खोज्छ।

छेउमै रहेका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई त्यो समूहले झम्टिएला झैं गर्छ। बोल्न खोज्दा बोल्न दिँदैन। उनलाई ‘एनीहाउ सरुवा गराइदिने’ धम्की दिन्छ। तर, कार्यालयका इन्चार्ज रहेका इन्स्पेक्टर केही गर्न सक्दैनन् वा गर्नै खोज्दैनन्। यो सबै दृष्य एउटा युट्युब च्यानलले खिचिरहेको हुन्छ। त्यसले नै भिडियो सार्वजनिक गरेपछि यो दृष्य आमजानकारीमा आएको हो। भिडियोको अन्त्यमा देखिन्छ- त्यो समूहले ती असईलाई अत्यन्तै आपत्तिकजनक रंगभेदी व्यवहार गर्छ। यतिसम्म कि ‘काठमाडौंमा किन बस्छौ, मधेशमै गएर खेतीकिसानी गर’ भन्दै थर्काउँछ।

त्यो भिडियोमा देखिएका दुईटा कुरा निकै गम्भीर छन्। पहिलो, आफूलाई ‘सामाजिक अभियन्ता’ बताउने समूह निर्धक्क प्रहरी कार्यालयभित्र पसेर जुनियर प्रहरी अधिकृतलाई नै आपत्तिजनक दुर्व्यवहार गर्छ। दोस्रो, त्यो सब भइरहँदा प्रहरी कार्यालयका इन्चार्ज मुकदर्शक भएर बस्छन्। आफ्नै संगठनका सदस्यमाथि भएको त्यो हद्को दुर्व्यवहार प्रतिवाद गर्दैनन्। कतिसम्म भने, यो सब दृष्य प्रहरी कार्यालयभित्रै बसेर ‘सामाजिक अभियन्ता’ दाबी गर्नेहरुले नै बोलाएको कुनै युट्युब च्यानलले खिचिरहँदा उनी चुपचाप दुर्व्यवहारदेखि यो सब सहेरै बसिरहन्छन्। बरु हात जोडेर फकाउँछन्। 

प्रहरीको यो हद्को हुर्मत !
झण्डै एक महिना पहिलेको घटना हो यो। महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जभित्रै पसेर आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौलासहितको समूहले क्यामेरा तेर्स्याएर प्रहरीको हुर्मत लिने प्रयास गरेको भिडियो सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भयो। 

प्रहरीको हुर्मत लिइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यो समूहलाई कारबाही गर्नुपर्ने जोडदार माग उठ्यो। भिडियोमा प्रहरीलाई नियम कानुन सिकाउने, सरुवाको धम्की दिने, हुर्मत लिनेदेखि रंगभेदी व्यवहारसमेत भएको प्रष्ट देखिन्छ। तर, त्यो समूहले यो सब गरिरहँदा प्रहरी पुरै निरीह देखियो। सबैभन्दा उदेकलाग्दो त के छ भने त्यस्तो हर्कत गर्ने समूह अहिलेसम्म पनि कानुनी दायरामा आएको छैन। ‘छानबिन भइरहेको’ बताउनेबाहेक प्रहरी प्रधान कार्यालयले यो घटनाबारे अहिलेसम्म केही गरेको छैन। पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी यो घटनाले प्रहरीको मनोबलमै गम्भीर असर गर्न सक्ने बताउँछन्। 

भिडियोमा प्रहरीको निरीहता नियालेका ठकुरी भन्छन्, ‘भिडियोलाई गहिरिएर हेर्ने हो भने यसले प्रहरीको निरीहपन छर्लंग पार्छ।’ तर, यो प्रकरणभित्रको कालो अध्याय भिडियोमा मात्रै सीमित छैन। त्यसलगत्तै यसरी दुर्व्यवहारहारमा परेका असई झालाई महाराजगञ्जबाट काज सरुवा गरेर महानगरीय ट्राफिक महाशाखा बग्गीखाना तानियो। सार्वजनिक रुपमा चर्को विरोध भएपछि उनलाई गत बुधबार फेरि महाराजगञ्ज फिर्ता गरिएको छ।

‘भिडियो र त्यसपछि प्रहरीमाथि नै भएको ‘कारबाही’को मेसेजको विश्लेषण गर्ने हो भने यसले सिंगो पुलिसिङमै असर गर्छ’, ठकुरी भन्छन्, ‘यस्ता विषय आममानिसले झट्ट हेर्दा सामान्य देखिन्छ। तर, यसभित्र लुकेको मेसेजले दैनिक पुलिसिङमा प्रत्यक्ष असर पारिरहेको हुन्छ, पार्छ।’

असई झा काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको समयमा सडकमा सवारी जाँचमा खटिएका थिए। महाराजगञ्ज चोकमा ड्युटीमा रहेका उनले सवारी पास र सवारीचालक अनुमतिपत्रबेगर हिँडेका संग्रौलाको सवारी ‘होल्ड’ गराएका थिए। त्यहीँबाट सुरु भएको विवादमा संग्रौलाको समूहले उनीमाथि समाज नै विक्षिप्त हुनेखालको दुर्व्यवहार गरेको थियो, प्रहरी कार्यालयभित्रै। 

Ncell 2
Ncell 2

प्रहरी कार्यालयभित्रै त्यो समूहले सरुवा गरेर देखाइदिन्छु भनेर धम्क्याउँदा पनि प्रहरी निरीह बनेर चुप बसेको देखिन्छ। महाराजगञ्जमा चोकमा विवाद भएपछि प्रहरी कार्यालयमा पुग्दा असई झा बर्दी फुकालेर सादा पोशाकमा हुन्छन्। कार्यालय प्रमुख, इन्स्पेक्टर रवीन्द्रकुमार श्रेष्ठ भने प्रहरी पोशाकमै छन्। आफू मातहतको प्रहरीलाई हुर्मत लिइरहँदा उनको निरीहता बुझिनसक्नु छ। 

‘यो घटनामा असई झाको जुन विषय आएको छ, त्यसमा उनकै प्रहरी युनिट, त्यसका इन्चार्ज आफूमातहत प्रहरीको हुर्मत लिँदासमेत निरीह देखिएका छन्’, पूर्वडीआइजी मल्लले थपे, ‘आफूमाथि यस्तै थ्रेट आउने काममा भोलिका दिनम ती प्रहरीले कुन मोटिभेसनले काम गर्ने? अन्य प्रहरीले यस्तो घटनाबाट के पाठ सिक्ने?’

प्रहरीको गल्ती नै भए पनि कारबाही गर्ने ठाउँ हुँदाहुँदै यसरी हुर्मत नै लिने काम हुनु, अनि त्यसलाई प्रहरीकै युनिटले रोक्न नसक्नुले सबैतिरका प्रहरीको मनोबल खस्कने उनको विश्लेषण छ। ‘प्रहरीको गल्ती भएको अवस्थामा ऊ कारबाहीको भागिदार बन्छ। ऊमाथि विभागीय कारबाही हुन्छ। तर, कोही अमुक व्यक्ति, समूहले तँ यस्तो, उस्तो भनेर धम्की दिँदा तिनलाई कारबाहीको दायरामा ल्याउनुसाटो कमाण्डर नै निरीह हुनुले फिल्डमा खटिने प्रहरीको मनोबल गिर्छ’, मल्ल भन्छन्। 

यो घटनामा आफूलाई ‘अभियन्ता’ दाबी गर्नेहरुले आफ्नो हुर्मत लिइरहँदा असई झाले प्रतिवाद गर्न खोज्छन्। तर, पाउँदैनन्। उनलाई इन्सपेक्टर श्रेष्ठले नै चुप रहन निर्देशन दिन्छन्। तर, त्यो समूहको अगाडि भने आफैं निरीह बन्छन्। 

प्रहरी कार्यालयभित्रै प्रहरीको मोराल गिराउने र समाजलाई नै विभाजित हुने अभिव्यक्ति दिनु सामान्य घटना नभएको उनको भनाइ छ। ‘जुन किसिमले जातिय भेदभाव भएको छ, मधेशीले मधेशमा गएर खेती गर भनिएको छ, त्यो पनि प्रहरी कार्यालयभित्रै। यो त हदैसम्म एक्स्ट्रिम घटना हो। यसले संगठनमै असर पुर्‍याउँछ। यस्ता इस्युमा इन्चार्जले ध्यान दिनैपर्छ, संगठनले पनि संगठनले पनि ध्यान दिनुपर्छ। यस्ता इस्युमा कानुनले देखाएको बाटो फलो गर्ने हो’, उनीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गर्दै ठकुरीले भने। 

पीडितलाई उल्टै कारबाही
आफूलाई ‘अभियन्ता’ दाबी गर्ने समूहले सरुवा गराइदिन्छु भनेर धम्की दिएको एक हप्ता नबित्दै असई झाको महाराजगञ्जबाट महानगरीय ट्राफिक प्रहरी महाशाखामा सरुवा गरियो। जानकारहरुका अनुसार उनीहरुकै दबाबमा असईको सरुवा गरिएको थियो। महाराजगञ्ज सरुवा भएर गएको ६ महिना नपुग्दै उनलाई यसरी बग्गीखाना तानिएको थियो।

झाको सरुवामा उनको तालुक कार्यालय, ट्राफिक महाशाखा समेत निरीह देखिएको छ। दबाबकै भरमा बिना छानबिन, घटनाबारे प्रष्टिकरणको मौका नै नदिई उनको सरुवा गरिएको थियो। यसरी सरुवा गर्दा प्रहरी कर्मचारीमा पर्न सक्ने असरतर्फ भने महाशाखाले कुनै ध्यान दिएको नै देखिएन।  

‘कसैबाट केही उजुरी आयो, गुनासो आयो, दबाब आयो वा केही बोलेकै भरमा छानबिन नै नगरीकन ट्याप्पै टिपेर अर्को ठाउँमा सरुवा गर्दाखेरी प्रहरीको मोरालमा एकदमै सिरियस असर पर्छ। गुनासो आयो भने सुरुआती फेज भनेको छानबिन गर्नुपर्छ। छानबिन गरेपछि दोषी पाइयो भने सरुवामात्रै होइन, अन्य कारबाहीका बाटा पनि खुल्ला नै छन्। तर, दबाबकै भरमा सरुवा गर्दा प्रहरीको मोराल डाउन हुन्छ’, पूर्वडीआइजी पूर्णचन्द्र जोशी भन्छन् ।

असई मणिकान्त झाको घटनामा प्रहरीले छानबिनबेगर दबाबकै भरमा सरुवा गरेर अर्को गल्ती गरेको उनको भनाइ छ। छानबिनकै लागि तानिएको भए पनि त्यसरी छानबिन गर्नु उचित नहुने र कार्यरत ठाउँमै राखेर छानबिनपछि दोषी देखिए मात्रै सरुवा गर्दा राम्रो मेसेज जाने उनको भनाइ छ। 

यस्ता सामान्य कुरामा ध्यान नदिँदा प्रहरीको मनोबलमा गम्भीर असर पर्ने उनको तर्क छ। जोशी भन्छन्, ‘प्रहरीले मात्रै होइन, जोकोहीले पनि मनोबलका आधारमा मात्रै आफ्नो जिम्मेवारी बहन गर्ने हो। मोराल नै डाउन भएको अवस्थामा कसैले पनि राम्रो रिजल्ट दिन सक्दैन। मोराल नभएको, इनर्जी नभएका प्रहरी ड्युटीमा खटिँदा हामीले के अपेक्षा गर्ने? त्यसो हुँदा संगठनको अवस्था के होला?’

यहाँ मणिकान्त झा एउटा प्रतिनिधि पात्र भए पनि उनको मनोबल गिर्नुको असर सिंगो प्रहरी संगठनमा पर्ने मल्ल र जोशी दुवै बताउँछन्। यसबाट अरु प्रहरीमा आफू पनि सुरक्षित नभएको र आफ्नै संगठन वा हाकिमले समेत आफ्नो ‘प्रोटेक्ट’ नगर्ने रहेछन् भन्ने सन्देश प्रवाह भएको उनीहरुको भनाइ छ। 

प्रहरीको मनोबलमै गम्भीर असर पर्ने देख्दादेख्दै पनि कसैको दबाबमा मणिकान्त झाको सरुवा किन गरियो? यो प्रश्नको चित्तबुझ्दो जवाफ ट्राफिक महाशाखाका प्रमुख, एसएसपी जनक भट्टराईले दिएनन्। बरु उनले असई झा ‘आफ्नै चाहनाले सरुवा भएर आएको’ दाबी गरे, अनि घटना बाहिर आएपछि मोरालकै कुरालाई लिएर पुनः पहिलेकै ठाउँमा पठाइएको तर्क गरे।

नेपाल प्रहरीका प्रवक्ता, एसएसपी वसन्त कुँवर भने प्रहरीको मनोबलबारे प्रहरी प्रधान कार्यालय गम्भीर रहेको दाबी गर्छन्। प्रहरी कर्मचारीको मनोबल उच्च राख्न प्रहरीमाथि दुर्व्यवहार गर्ने, उक्साहट वा दबाबमा लागेर वृत्तिविकासमा असर गर्ने कामहरु जस्तै सरुवा, घटुवा, कारबाहीका कामहरु नगर्ने प्रहरी संगठनको नीति नै रहेको दाबी पनि उनले गरे। तर, प्रहरी प्रधान कार्यालयले नै अहिलेसम्म यो घटनाका दोषीलाई कानुनी दायरामा ल्याएको छैन, ‘छानबिन भइरहेको’ दाबी गरे पनि। 

सम्बन्धित समाचार :

‘सामाजिक अभियन्ता’ दाबी गर्ने संग्रौलाको रंगभेदी अभिव्यक्तिको छानबिन सुरु

प्रहरीमाथिको रंगभेदी दुर्व्यवहारको भिडियो आईजीपीको सचिवालय पठाइयो

प्रहरीमाथि गरिएको रंगभेदी हर्कत्‌विरुद्ध मधेशी आयोगमा उजुरी दर्ता

'सामाजिक अभियन्ता’ भन्नेहरूको दबाबमा सरुवा गरिएका असई मणिकान्त महाराजगञ्ज फिर्ता

‘सामाजिक अभियन्ता’ भन्नेहरूले ‘एनीहाउ सरुवा गराउँछु’ भनेका असई मणिकान्तलाई महाराजगञ्जबाट हटाइयो

‘सामाजिक अभियन्ता’ले नै प्रहरीमाथि प्रहरी कार्यालयमै यसरी गरे रंगभेदी हर्कत्

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा बिहीबार, माघ ८, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
डोजर लाउने मान्छे आए भनेर डराएका छन्- ओली बिहीबार, माघ ८, २०८२
भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्न महानिरीक्षक कार्कीको निर्देशन बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्