• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

असई मणिकान्त झामाथि रंगभेदी व्यवहारको घटना: कसले लिने प्रहरीको मनोबल गिरेको जिम्मा? 

64x64
नारायण अधिकारी शुक्रबार, असार ४, २०७८  २०:०५
1140x725
महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा ज्वाला संग्राैला र उनको समूह। तस्वीर : अनलाइन न्यूज नामक युट्युब च्यानलको भिडियोबाट।

काठमाडौं- दृष्य प्रहरी कार्यालय भित्रको हो। स्थान हो, महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज। आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने एउटा समूह पूरै आक्रोशित भएर प्रहरी कार्यालयभित्र पसेको छ। कार्यालयका इन्चार्ज रहेका इन्स्पेक्टर उनीहरुलाई हात जोडेर सम्झाइरहेका छन्। तर, त्यो समूह उल्टै प्रहरीमाथि जाइलाग्न खोज्छ।

छेउमै रहेका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई त्यो समूहले झम्टिएला झैं गर्छ। बोल्न खोज्दा बोल्न दिँदैन। उनलाई ‘एनीहाउ सरुवा गराइदिने’ धम्की दिन्छ। तर, कार्यालयका इन्चार्ज रहेका इन्स्पेक्टर केही गर्न सक्दैनन् वा गर्नै खोज्दैनन्। यो सबै दृष्य एउटा युट्युब च्यानलले खिचिरहेको हुन्छ। त्यसले नै भिडियो सार्वजनिक गरेपछि यो दृष्य आमजानकारीमा आएको हो। भिडियोको अन्त्यमा देखिन्छ- त्यो समूहले ती असईलाई अत्यन्तै आपत्तिकजनक रंगभेदी व्यवहार गर्छ। यतिसम्म कि ‘काठमाडौंमा किन बस्छौ, मधेशमै गएर खेतीकिसानी गर’ भन्दै थर्काउँछ।

त्यो भिडियोमा देखिएका दुईटा कुरा निकै गम्भीर छन्। पहिलो, आफूलाई ‘सामाजिक अभियन्ता’ बताउने समूह निर्धक्क प्रहरी कार्यालयभित्र पसेर जुनियर प्रहरी अधिकृतलाई नै आपत्तिजनक दुर्व्यवहार गर्छ। दोस्रो, त्यो सब भइरहँदा प्रहरी कार्यालयका इन्चार्ज मुकदर्शक भएर बस्छन्। आफ्नै संगठनका सदस्यमाथि भएको त्यो हद्को दुर्व्यवहार प्रतिवाद गर्दैनन्। कतिसम्म भने, यो सब दृष्य प्रहरी कार्यालयभित्रै बसेर ‘सामाजिक अभियन्ता’ दाबी गर्नेहरुले नै बोलाएको कुनै युट्युब च्यानलले खिचिरहँदा उनी चुपचाप दुर्व्यवहारदेखि यो सब सहेरै बसिरहन्छन्। बरु हात जोडेर फकाउँछन्। 

प्रहरीको यो हद्को हुर्मत !
झण्डै एक महिना पहिलेको घटना हो यो। महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जभित्रै पसेर आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौलासहितको समूहले क्यामेरा तेर्स्याएर प्रहरीको हुर्मत लिने प्रयास गरेको भिडियो सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भयो। 

प्रहरीको हुर्मत लिइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यो समूहलाई कारबाही गर्नुपर्ने जोडदार माग उठ्यो। भिडियोमा प्रहरीलाई नियम कानुन सिकाउने, सरुवाको धम्की दिने, हुर्मत लिनेदेखि रंगभेदी व्यवहारसमेत भएको प्रष्ट देखिन्छ। तर, त्यो समूहले यो सब गरिरहँदा प्रहरी पुरै निरीह देखियो। सबैभन्दा उदेकलाग्दो त के छ भने त्यस्तो हर्कत गर्ने समूह अहिलेसम्म पनि कानुनी दायरामा आएको छैन। ‘छानबिन भइरहेको’ बताउनेबाहेक प्रहरी प्रधान कार्यालयले यो घटनाबारे अहिलेसम्म केही गरेको छैन। पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी यो घटनाले प्रहरीको मनोबलमै गम्भीर असर गर्न सक्ने बताउँछन्। 

भिडियोमा प्रहरीको निरीहता नियालेका ठकुरी भन्छन्, ‘भिडियोलाई गहिरिएर हेर्ने हो भने यसले प्रहरीको निरीहपन छर्लंग पार्छ।’ तर, यो प्रकरणभित्रको कालो अध्याय भिडियोमा मात्रै सीमित छैन। त्यसलगत्तै यसरी दुर्व्यवहारहारमा परेका असई झालाई महाराजगञ्जबाट काज सरुवा गरेर महानगरीय ट्राफिक महाशाखा बग्गीखाना तानियो। सार्वजनिक रुपमा चर्को विरोध भएपछि उनलाई गत बुधबार फेरि महाराजगञ्ज फिर्ता गरिएको छ।

‘भिडियो र त्यसपछि प्रहरीमाथि नै भएको ‘कारबाही’को मेसेजको विश्लेषण गर्ने हो भने यसले सिंगो पुलिसिङमै असर गर्छ’, ठकुरी भन्छन्, ‘यस्ता विषय आममानिसले झट्ट हेर्दा सामान्य देखिन्छ। तर, यसभित्र लुकेको मेसेजले दैनिक पुलिसिङमा प्रत्यक्ष असर पारिरहेको हुन्छ, पार्छ।’

असई झा काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको समयमा सडकमा सवारी जाँचमा खटिएका थिए। महाराजगञ्ज चोकमा ड्युटीमा रहेका उनले सवारी पास र सवारीचालक अनुमतिपत्रबेगर हिँडेका संग्रौलाको सवारी ‘होल्ड’ गराएका थिए। त्यहीँबाट सुरु भएको विवादमा संग्रौलाको समूहले उनीमाथि समाज नै विक्षिप्त हुनेखालको दुर्व्यवहार गरेको थियो, प्रहरी कार्यालयभित्रै। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरी कार्यालयभित्रै त्यो समूहले सरुवा गरेर देखाइदिन्छु भनेर धम्क्याउँदा पनि प्रहरी निरीह बनेर चुप बसेको देखिन्छ। महाराजगञ्जमा चोकमा विवाद भएपछि प्रहरी कार्यालयमा पुग्दा असई झा बर्दी फुकालेर सादा पोशाकमा हुन्छन्। कार्यालय प्रमुख, इन्स्पेक्टर रवीन्द्रकुमार श्रेष्ठ भने प्रहरी पोशाकमै छन्। आफू मातहतको प्रहरीलाई हुर्मत लिइरहँदा उनको निरीहता बुझिनसक्नु छ। 

‘यो घटनामा असई झाको जुन विषय आएको छ, त्यसमा उनकै प्रहरी युनिट, त्यसका इन्चार्ज आफूमातहत प्रहरीको हुर्मत लिँदासमेत निरीह देखिएका छन्’, पूर्वडीआइजी मल्लले थपे, ‘आफूमाथि यस्तै थ्रेट आउने काममा भोलिका दिनम ती प्रहरीले कुन मोटिभेसनले काम गर्ने? अन्य प्रहरीले यस्तो घटनाबाट के पाठ सिक्ने?’

प्रहरीको गल्ती नै भए पनि कारबाही गर्ने ठाउँ हुँदाहुँदै यसरी हुर्मत नै लिने काम हुनु, अनि त्यसलाई प्रहरीकै युनिटले रोक्न नसक्नुले सबैतिरका प्रहरीको मनोबल खस्कने उनको विश्लेषण छ। ‘प्रहरीको गल्ती भएको अवस्थामा ऊ कारबाहीको भागिदार बन्छ। ऊमाथि विभागीय कारबाही हुन्छ। तर, कोही अमुक व्यक्ति, समूहले तँ यस्तो, उस्तो भनेर धम्की दिँदा तिनलाई कारबाहीको दायरामा ल्याउनुसाटो कमाण्डर नै निरीह हुनुले फिल्डमा खटिने प्रहरीको मनोबल गिर्छ’, मल्ल भन्छन्। 

यो घटनामा आफूलाई ‘अभियन्ता’ दाबी गर्नेहरुले आफ्नो हुर्मत लिइरहँदा असई झाले प्रतिवाद गर्न खोज्छन्। तर, पाउँदैनन्। उनलाई इन्सपेक्टर श्रेष्ठले नै चुप रहन निर्देशन दिन्छन्। तर, त्यो समूहको अगाडि भने आफैं निरीह बन्छन्। 

Xtrem

Xtrem

प्रहरी कार्यालयभित्रै प्रहरीको मोराल गिराउने र समाजलाई नै विभाजित हुने अभिव्यक्ति दिनु सामान्य घटना नभएको उनको भनाइ छ। ‘जुन किसिमले जातिय भेदभाव भएको छ, मधेशीले मधेशमा गएर खेती गर भनिएको छ, त्यो पनि प्रहरी कार्यालयभित्रै। यो त हदैसम्म एक्स्ट्रिम घटना हो। यसले संगठनमै असर पुर्‍याउँछ। यस्ता इस्युमा इन्चार्जले ध्यान दिनैपर्छ, संगठनले पनि संगठनले पनि ध्यान दिनुपर्छ। यस्ता इस्युमा कानुनले देखाएको बाटो फलो गर्ने हो’, उनीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गर्दै ठकुरीले भने। 

पीडितलाई उल्टै कारबाही
आफूलाई ‘अभियन्ता’ दाबी गर्ने समूहले सरुवा गराइदिन्छु भनेर धम्की दिएको एक हप्ता नबित्दै असई झाको महाराजगञ्जबाट महानगरीय ट्राफिक प्रहरी महाशाखामा सरुवा गरियो। जानकारहरुका अनुसार उनीहरुकै दबाबमा असईको सरुवा गरिएको थियो। महाराजगञ्ज सरुवा भएर गएको ६ महिना नपुग्दै उनलाई यसरी बग्गीखाना तानिएको थियो।

झाको सरुवामा उनको तालुक कार्यालय, ट्राफिक महाशाखा समेत निरीह देखिएको छ। दबाबकै भरमा बिना छानबिन, घटनाबारे प्रष्टिकरणको मौका नै नदिई उनको सरुवा गरिएको थियो। यसरी सरुवा गर्दा प्रहरी कर्मचारीमा पर्न सक्ने असरतर्फ भने महाशाखाले कुनै ध्यान दिएको नै देखिएन।  

‘कसैबाट केही उजुरी आयो, गुनासो आयो, दबाब आयो वा केही बोलेकै भरमा छानबिन नै नगरीकन ट्याप्पै टिपेर अर्को ठाउँमा सरुवा गर्दाखेरी प्रहरीको मोरालमा एकदमै सिरियस असर पर्छ। गुनासो आयो भने सुरुआती फेज भनेको छानबिन गर्नुपर्छ। छानबिन गरेपछि दोषी पाइयो भने सरुवामात्रै होइन, अन्य कारबाहीका बाटा पनि खुल्ला नै छन्। तर, दबाबकै भरमा सरुवा गर्दा प्रहरीको मोराल डाउन हुन्छ’, पूर्वडीआइजी पूर्णचन्द्र जोशी भन्छन् ।

असई मणिकान्त झाको घटनामा प्रहरीले छानबिनबेगर दबाबकै भरमा सरुवा गरेर अर्को गल्ती गरेको उनको भनाइ छ। छानबिनकै लागि तानिएको भए पनि त्यसरी छानबिन गर्नु उचित नहुने र कार्यरत ठाउँमै राखेर छानबिनपछि दोषी देखिए मात्रै सरुवा गर्दा राम्रो मेसेज जाने उनको भनाइ छ। 

यस्ता सामान्य कुरामा ध्यान नदिँदा प्रहरीको मनोबलमा गम्भीर असर पर्ने उनको तर्क छ। जोशी भन्छन्, ‘प्रहरीले मात्रै होइन, जोकोहीले पनि मनोबलका आधारमा मात्रै आफ्नो जिम्मेवारी बहन गर्ने हो। मोराल नै डाउन भएको अवस्थामा कसैले पनि राम्रो रिजल्ट दिन सक्दैन। मोराल नभएको, इनर्जी नभएका प्रहरी ड्युटीमा खटिँदा हामीले के अपेक्षा गर्ने? त्यसो हुँदा संगठनको अवस्था के होला?’

यहाँ मणिकान्त झा एउटा प्रतिनिधि पात्र भए पनि उनको मनोबल गिर्नुको असर सिंगो प्रहरी संगठनमा पर्ने मल्ल र जोशी दुवै बताउँछन्। यसबाट अरु प्रहरीमा आफू पनि सुरक्षित नभएको र आफ्नै संगठन वा हाकिमले समेत आफ्नो ‘प्रोटेक्ट’ नगर्ने रहेछन् भन्ने सन्देश प्रवाह भएको उनीहरुको भनाइ छ। 

प्रहरीको मनोबलमै गम्भीर असर पर्ने देख्दादेख्दै पनि कसैको दबाबमा मणिकान्त झाको सरुवा किन गरियो? यो प्रश्नको चित्तबुझ्दो जवाफ ट्राफिक महाशाखाका प्रमुख, एसएसपी जनक भट्टराईले दिएनन्। बरु उनले असई झा ‘आफ्नै चाहनाले सरुवा भएर आएको’ दाबी गरे, अनि घटना बाहिर आएपछि मोरालकै कुरालाई लिएर पुनः पहिलेकै ठाउँमा पठाइएको तर्क गरे।

नेपाल प्रहरीका प्रवक्ता, एसएसपी वसन्त कुँवर भने प्रहरीको मनोबलबारे प्रहरी प्रधान कार्यालय गम्भीर रहेको दाबी गर्छन्। प्रहरी कर्मचारीको मनोबल उच्च राख्न प्रहरीमाथि दुर्व्यवहार गर्ने, उक्साहट वा दबाबमा लागेर वृत्तिविकासमा असर गर्ने कामहरु जस्तै सरुवा, घटुवा, कारबाहीका कामहरु नगर्ने प्रहरी संगठनको नीति नै रहेको दाबी पनि उनले गरे। तर, प्रहरी प्रधान कार्यालयले नै अहिलेसम्म यो घटनाका दोषीलाई कानुनी दायरामा ल्याएको छैन, ‘छानबिन भइरहेको’ दाबी गरे पनि। 

सम्बन्धित समाचार :

‘सामाजिक अभियन्ता’ दाबी गर्ने संग्रौलाको रंगभेदी अभिव्यक्तिको छानबिन सुरु

प्रहरीमाथिको रंगभेदी दुर्व्यवहारको भिडियो आईजीपीको सचिवालय पठाइयो

प्रहरीमाथि गरिएको रंगभेदी हर्कत्‌विरुद्ध मधेशी आयोगमा उजुरी दर्ता

'सामाजिक अभियन्ता’ भन्नेहरूको दबाबमा सरुवा गरिएका असई मणिकान्त महाराजगञ्ज फिर्ता

‘सामाजिक अभियन्ता’ भन्नेहरूले ‘एनीहाउ सरुवा गराउँछु’ भनेका असई मणिकान्तलाई महाराजगञ्जबाट हटाइयो

‘सामाजिक अभियन्ता’ले नै प्रहरीमाथि प्रहरी कार्यालयमै यसरी गरे रंगभेदी हर्कत्

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
बिपी राजमार्गमा लेदो पन्छाएपछि यातायात पुनः सञ्चालन शनिबार, असोज २४, २०८३
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्