काठमाडौं- ट्राफिक प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौलासहित उनको टिमले गरेको रंगभेदी दुर्व्यवहारको भिडियो प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सचिवालयमा पठाइएको छ।
भिडियोसहित बुधबार मधेशी आयोगमा उजुरी दर्ता भएपछि त्यसलाई आवश्यक कारबाहीका लागि प्रहरी महानिरीक्षककाे सचिवालयमा पठाइएको आयोगका अध्यक्ष विजयकुमार दत्तका स्वकीय सचिव दीपेन्द्र कुमार यादवले बताए।
बुधबार नै आयोगका अध्यक्ष दत्तले प्रहरी महानिरीक्षक थापालाई फोन गरेर घटनाको छानविन गरेर दाेषीलाई कानुनी दायरामा ल्याउन भनेको यादवले बताएका छन्।
आयोगका अध्यक्ष दत्तले आईजीपीसँग कुरा गरेपछि असई झालाई महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जबाट बग्गीखानामा गरिएको काज सरुवा फिर्ता भएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।