• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

‘सामाजिक अभियन्ता’ले नै प्रहरीमाथि प्रहरी कार्यालयमै यसरी गरे रंगभेदी हर्कत् 

64x64
नेपाल लाइभ मंगलबार, असार १, २०७८  २१:२७
1140x725
तस्वीर : अनलाइन न्यूज नामक युट्युब च्यानलको भिडियोबाट लिइएको।

काठमाडौं- सामाजिक सञ्जाल ट्विटरमा अहिले प्रहरीमाथि रंगभेदका शब्द प्रयोग गरेर अपमान गरेको भिडियो भाइरल भएको छ। ४५ सेकेन्ड लामो सो भिडियोमा प्रहरीमाथि रंगभेदी व्यवहार गरेको प्रष्ट देखिन्छ, सुनिन्छ। भिडियोमा आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्नेहरुले प्रहरीलाई नियम सिकाउन प्रयत्न गरेका छन्।

भिडियोमा देखिन्छ- ‘(इन्सपेक्टरलाई देखाउँदै) उहाँजस्तो हुनुस्। त्यही भएर उहाँको पोजिसन यो छ। हामीलाई पनि कारबाही गर्नुपर्‍यो तर, हामी उहाँलाई यहाँ बस्नै दिँदैनौं। सरुवा एनिहाउ हामी गर्छौं, त्यति हो।’

त्यसपछि प्रहरीलाई उहाँको नाम के हो भनेर सोधेको सुनिन्छ। प्रहरीले जवाफ दिन्छन्, ‘मेरो मणिकान्त झा।’ त्यसपछि सुनिन्छ, ‘तपाई मधेसी, अब उता मधेसतिर जाउ खेती किसानी गर्नु। ट्राफिकको जागिर खाएर काम छैन। आफ्नै घरतिर सजिलो पनि हुन्छ।’ भिडियोमा देखिन्छ- काँधमा इन्सपेक्टरको फुली लगाएका प्रहरीले हात जोड्दै बिदा माग्छन्। 

कानुन पालना गराउन बसेका अर्थात् कानुन उल्लघंन गर्नेलाई कारबाहीको दायरामा ल्याउन खटिएका प्रहरीमाथि, त्यो पनि प्रहरी कार्यालयभित्रै बर्दीमा रहेका प्रहरीमाथि रंगभेदी व्यवहार भएको भिडियो सार्वजनिक भएपछि यसको सवत्र विरोध भएको छ। प्रहरीले जेसुकै गल्ती गरेको भए पनि उसलाई कारबाही गर्ने ठाउँ हुँदाहुँदै रंगभेदी व्यवहार गर्नु गम्भीर अपराध भएको भन्दै यस्तो व्यवहार गर्नेलाई कारबाही गर्न माग गरिएको छ। नेपाल प्रहरीको आधिकारीक ट्विटर ह्याण्डललाई मेन्सन गर्दै छानबिन गरेर कारबाही माग गरिएको छ।

यो घटना के हो? कहाँको हो? कसरी यस्तो भयो भन्नेबारे अहिलेसम्म कुनै तथ्य बाहिर आएको छैन। नेपाल लाइभले यस घटनालाई खोतल्ने प्रयास गरेको छ। 

महाराजगञ्ज चोक हुँदै ट्राफिक कार्यालयसम्म 
काठमाडौंको महाराजगञ्ज चोकबाट यो घटनाको सुरुवात भएको रहेछ। चोकबाट सुरु भएको विवाद महाराजगञ्जको ट्राफिक प्रहरी कार्यालयसम्म पुग्दा भिडियोसहित बाहिरिएको पाइएको छ। भिडियोमा देखिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रवीन्द्रकुमार श्रेष्ठ हुन्। घटना गत जेठ ११ गतेको हो।

महाराजगञ्ज चोकमा असई मणिकान्त झा ड्युटीमा खटिएका थिए। त्यहीबेला गाडीमा ज्वाला संग्रौला, सर्मिला वाइवासहितको टोली आयो। उनीहरुले आफूलाई सामाजिक अभियन्ता भएको दाबी गरेका छन्। इन्स्पेक्टर श्रेष्ठका अनुसार निषेधाज्ञाको समय भएकाले असई झाले उनीहरुसँग पास मागेका थिए। तर, उनीहरुले पास देखाउन सकेनन्। त्यसपछि झाले लाइसेन्स मागे। लाइसेन्स समेत देखाउन नसकेपछि उनीहरुको गाडी साइड लगाएर रोक्न भने। त्यसपछि उनीहरुले आफूलाई रोकेको भन्दै प्रहरीसँग विवाद गरे। अनि वादविवाद बढ्यो। प्रहरीले गाडी 'होल्ड' गर्न लगाएपछि उनीहरुले प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएको इन्स्पेक्टर श्रेष्ठ बताउँछन्।

संग्रौलाको टोलीले असई झाले साइबर मुद्दा लगाउँछु भनेको र ‘...साला’ भनेर अपशब्द बालेको आरोप लगाएका छन्। तर, झाले आफूले त्यस्तो शब्द बोल्दै नबोलेको र संग्रौलाको टोलीले त्यसबेलाको भिडियो समेत खिचेकाले भिडियोमा देखाउन चुनौती दिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘गाडी रोकेपछि उहाँहरुले भिडियो खिच्नु भयो। जथाभावी भिडियो खिच्ने, त्यसको दुरुपयोग भयो भने साइबर मुद्दा लगाउँछु भनेको हो। ‘...साला’ भनेको छैन’, सार्वजनिक भएको २५ मिनेटको भिडियोमा संग्रौलाकै अघि असई झाले भनेका छन्।

फेरि संग्रौलाको टोलीले त्यसरी मुख छाड्ने व्यक्ति अर्कै हुन् भनेको सुनिन्छ।

‘ज्वाला संग्रौला भन्ने को हो? नाम सुनेको छ? मिडिया हेर्ने गरेको छ? प्रहरीको फुली लगाएँ भनेर ठूला कुरा गर्ने होइन नि फेरि! तपाईंको आईजीपीले सम्मान गरेर हिँडेको मान्छे हो ज्वाला संग्रौला। तपाईंले यो तरिकाले डिल गर्ने? म ठेगान लगाइदिन्छु, म के हो भन्ने देखाइदिन्छु’, प्रहरी कार्यालयमै गएर बर्दीका प्रहरीलाई ज्वाला संग्रौला र उनको टोलीले यसरी धम्की दिएको देखिन्छ। 

आफू मातहतको प्रहरीबाट गल्ती भएको भए सच्याउन तयार भएको र त्यसको जिम्मेवारी आफूले लिने भन्दै इन्सपेक्टर श्रेष्ठले भने सम्झाउने प्रयास गरेका छन्। तर, यतिले पनि उनीहरुको रिस कम हुँदैन। ‘जागिर खाएर के राम्रो काम गर्‍याै? पाँच वटा काम भन्नुस्। उहाँलाई एनिहाउ सरुवा गर्नुपर्छ। यस्तो मान्छे हामीलाई चाहिँदैन। यो एरियामा तपाईं चाहिँदैन’, असईलाई सरुवा गराउने भन्दै उनीहरुले यस्तो भनेको भिडियोमा सुनिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'अनलाइन न्यूज' युट्युब च्यानल प्रहरीसँगको विवादको भिडियो खिच्न प्रहरी कार्यालयमै पुगेपछि मिडियाको धम्की दिँदै संग्रौलाले असई झालाई भन्छिन्, ‘म पनि मिडिया ल्याउँछु भनेको होइन। हाम्रो आयो त। खै तपाईंको मिडिया ल्याउनुस्, छ हिम्मत ल्याउनुस्।’ उनको यो भनाईबाट प्रहरीसँग विवाद गरेपछि युट्युब च्यानलका प्रतिनिधिलाई क्यामरासहित  प्रहरी कार्यालयमा बोलाएको र क्यामराको अगाडि प्रहरीको हुर्मत लिन खोजेको प्रष्ट हुन्छ।  

‘हामीलाई पनि कारबाही गर्नुपर्‍यो, तर हामी उहाँलाई यहाँ बस्नै दिँदैनौं। सरुवा एनिहाउ हुनु पर्‍यो। सरुवा एनिहाउ हामी गर्छौं। कुरा त्यति हो। ल जा’, संग्रौलाले भनेको सुनिन्छ। 

अनि नाम सोधेर रंगभेदी व्यवहार र अपमान
यतिसम्म कुराकानी उनीहरुको विवादको विषयमा थियो। त्यसपछि प्रहरी कार्यालयबाट छुट्टिने बेलामा उनीहरुले आफूसँग विवाद भएका असईको नाम सोध्छन्। त्यसपछि उनले भन्छन्, 'मेरो नाम मणिकान्त झा।'

त्यसपछि भने आफूलाई सामाजिक अभियन्ता दाबी गर्नेले नै समाज विक्षिप्त हुने खालका हर्कतसहितको अभिव्यक्ति दिन्छन्,  ‘झा, ...तपाईं मधेसी। ... तिर जाउ अब, उता मधेसतिर। खेती किसानी गर्नु। ट्राफिकको जागिर खाएर काम छैन। आफ्नै घरतिर सजिलो पनि हुन्छ। उतै जाउ अब।’

प्रहरी कार्यालयभित्रै प्रहरीमाथि यस्तो व्यवहार गर्नेलाई केही कारबाही भयो कि भएन? प्रहरीले यो घटनाको अनुसन्धान गर्‍यो? हामीले यो प्रश्न नेपाल प्रहरीका प्रवक्ता, एसएसपी वसन्त कुँवरलाई सोध्यौं। ‘प्रहरीको गल्ती भए कारबाही गर्ने प्रक्रिया छ। हामीकहाँ रिपोर्ट आएपछि प्रहरीले गल्ती गरेको रहेछ भने कारबाही भइहाल्छ। तर, समाज नै विभाजित हुनेगरी यसरी अभिव्यक्ति दिन मिल्दैन। यो विषय हाम्रो नोटिसमा छ’, एसएसपी कुँवरले नेपाल लाइभसँग भने। 

प्रहरी प्रवक्ताको यो भनाइले उनीहरुमाथि अहिलेसम्म कुनै कारबाही प्रक्रिया अघि नबढाइएको देखाउँछ। हामीले यस विषयमा ज्वालासँग पनि सम्पर्क गर्‍यौं। सुरुमा यसबारे बोल्न नचाहेकी उनले भनिन्, 'यस विषयमा मलाई केही थाहा छैन, म केही बोलेकी पनि छैन। जसले भिडियो ल्यायो उसैलाई सोध्नुस्। म राहत बाँड्ने काममा व्यस्त छु।' उनले थपिन्- 'हाम्रा कुरामा चित्त नबुझे मुद्दा हाल्न सकिन्छ, मुद्दा हाल्दा हुन्छ नि।'

रंगभेदी अभिव्यक्ति दिनेले सार्वजनिक माफी माग्नुपर्छ : मानवअधिकारकर्मी मोहना अन्सारी 
यस्ता विभेद अझै व्याप्त छन्। नेपाल प्रहरीले आफ्नो पेसा अनुसारको ड्युटी गरिरहेको छ। धेरै वटा केशमा कहिलेकाहीँ प्रहरीबाट पनि केही नराम्रो व्यवहार भएको भन्ने कुरा सुनिन्छ। तर, त्यसो भन्दैमा सामाजिक अभियन्ता भन्नेहरुले ड्युटीमा खटिएको प्रहरीलाई दुव्यर्वहार गर्न पाइँदैन।
नेपाल सरकारले पनि त्यो नियम बनाएको थियो नि! कसैलाई केही काम गर्नुपर्ने छ भने पास लिएर जाउ भनेको छ। हामी पनि आवश्यक पर्दा पास लिएर हिँड्छौं। म सँधैं अदालत गइरहेको छु। कानुन व्यवसायी, मानवअधिकारकर्मी भनेर नेपाल बारले सहजीकरण गरिदिएको छ। 
ड्युटीमा खटिएका प्रहरीलाई जानीजानी त्यसरी दुव्यर्वहार गर्न पाइँदैन। सामाजिक अभियन्ता भन्दैमा उहाँहरुलाई एक्स्क्युज हुनुहुँदैन। कसैले कुनै ड्युटी अफिसरलाई 'तँ मधेसी होस् तँ झा होस्, मधेसतिरै गएर खेती गर्' भन्नु नै सबैभन्दा ठूलो गल्ती हो। त्यस्ता मान्छेहरु सामाजिक अभियन्ता हो भने सार्वजनिक माफी माग्नुपर्‍यो। होइन भने हामीकहाँ जातीय विभेद र रंगभेदसम्बन्धी कानुन छ, त्यो कानुन समातेर प्रहरीले कारबाही गर्न सक्छ। तर, प्रहरीले नै त्यो कारबाही गर्दैन। किनभने उहाँहरु एक कल फोनका भरमा छुटिहाल्नु हुन्छ।

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  २१:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने?
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्