• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २९, २०८३ Fri, Jun 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

सुत्‍ने बेलामा स्तनपान गराउनु बालबालिकाको दाँतका लागि हानिकारक!

64x64
पुष्पा थपलिया आइतबार, असार ६, २०७८  ०७:०४
1140x725

काठमाडौं- कलंकी बस्ने टामिरा जोशीको दाँत राम्रोसँग उम्रियो तर त्यो धेरै समय टिक्न नपाई कालो हुन थाल्यो। सुरूआती चरणमा थोरै देखिएको दाँतको कालो दिन दुईगुणा, रात चौगुणाका दरले बढ्न थाल्यो। उनका अभिभावकले अगाडिको दाँत पूरै कालो भएपछि गुलियो खानेकुरा खुवाउन बन्द गराए। विस्तारै उनको दाँतले चपाउन बन्द गर्‍यो, दुख्न पनि थाल्यो। समस्या निकै बढेपछि मात्रै उनलाई उपचारका लागि लगियो।

अहिले उनको माथिल्लो दाँत सबै झरेको छ, नयाँ पलाउने क्रम जारी छ। केही ठाउँमा नयाँ दाँत उम्रने ठाउँमा मासु पलाएपछि दन्त चिकित्सकले उपचार गरिरहेका छन्।

टामिराको भाइ टिष्टानको दाँत पनि विस्तारै दिदीको जस्तै बन्दै गइरहेको छ। उनको परिवारले यसलाई वंशाणुगत समस्या पो हो कि भन्ने शंका गरेका छन्। निषेधाज्ञाका कारण चिकित्सकलाई देखाउन नपाएको ती अभिभावकको भनाइ छ।

कालिमाटीका सात वर्षीय कृपेश श्रेष्ठको पनि दाँत बिग्रिएको छ। उनको परिवार दूधे दाँत बिग्रिएर केही नहुने भन्दै ढुक्कसँग बसेको छ। आमा कमला श्रेष्ठले भनिन्, ‘पहिलो दाँत बिग्रिए पनि दोस्रो दाँत आउला, राम्रो आइहाल्छ भनेर उपचार गराएका छैनौं।’

कृपेशकी आमा कमलाले भनेजस्तो नयाँ दाँत आउँदा समस्या हल नहुने, झनै बल्झने बताउँछिन् दन्त चिकित्सक सूर्या थापा। ‘बालबालिकाले कस्तो खाना खाइरहेका छन्, उनीहरूको स्वास्थ्य अवस्था कस्तो छ भनेर बुझ्न उनीहरूको दाँत हेरे पुग्छ,’ मोडलसमेत रहेकी थापाले भनिन्। 

उनका अनुसार, नराम्रा खाना बालबालिकाले खाएका छन् भने उनीहरूको दाँतमा किरा लाग्न सुरू गरिहाल्छ। खराब दाँतकै कारण बालबालिकामा पेटको समस्यादेखि अन्य विभिन्न समस्या देखिन सुरू गर्छ।

उनले भनिन्, ‘मानिसको मुख सफा र स्वस्थ नहुँदा नै विभिन्न रोगको सुरूआत हुन्छ। स्वस्थ खाना खाएको छ तर किरा लागेको दाँतले उक्त खाना चपाएको छ भने त्यो रोगरहित छ भन्न सकिँदैन।’

अन्य रोगका चिकित्सककहाँ पुग्दा आधा रोग निको भएको अनुभूति गर्ने बिरामी दाँतको डाक्टरसँग भने डराउँछन्। किनभने, दाँतको समस्या निकै पीडादायी रोग हो। यसलाई अन्य रोगको तुलनामा महँगो रोगका रूपमा पनि लिइन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

‘ठूला मानिस नै दाँतको समस्या खप्न नसकेपछि डेन्टिष्टकहाँ पुग्छन् भने बालबालिकाको त कुरै छाडौं,’ थापाले भनिन्, ‘अहिलेसम्म मेरो बच्चाको दाँत हल्का कालो भयो भनेर मकहाँ कुनै अभिभावक आएका छैनन्।’ समस्या अन्तिम अवस्थामा पुगेपछि मात्रै आफूकहाँ उपचारका लागि आउने गरेको उनको भनाइ छ।

आखिर किन बिग्रँदै छ त बालबालिकाको दाँत? 
दन्त चिकित्सक थापा बालबालिकाको दाँत बिग्रिनुको मुख्य कारण जंक फुड र गुलिया खानेकुरा भएको बताउँछिन्। ‘हिजोआज जंक फुड र गुलिया खानेकुरा बालबालिकालाई अधिक मात्रामा खुवाइन्छ, दाँत बिग्रनुको मुख्य कारण यही हो,’ उनले भनिन्।

थापाका अनुसार जंक फुड या गुलिया चकलेट लामो समयसम्म दाँतमा अड्कन्छ। यसले तुरुन्तै दाँतमा अड्केका जंक फुडका टुक्रालाई एसिडमा परिणत गर्छ र दाँत गलाउन सुरू गर्छ। 

सूर्या थापा, दन्त चिकित्सक

दूधे बालबालिकाको दाँतसमेत खराब भइरहेकोबारे उनले भनिन्, ‘कतिपय बच्चालाई बोतलमा राखिएको दूध चुसाएर या आमाले स्तनपान गराएरै सुताउने चलन छ, यो बच्चाको दाँतका लागि हानिकारक छ। यसलाई मेडिकल भाषामा ‘अर्ली चाइल्डहुड क्यारिज वा नर्सिङ बोतल क्यारिज’ भनिन्छ।’

थापाका अनुसार पहिलो चरणमा आएका दाँत बिग्रिए पनि अभिभावकले अर्को दाँत राम्रो आउने आशामा उपचार गराउँदैनन्। बालबालिकाको दाँत खराब हुनुमा यसले पनि भूमिका खेल्छ।

बालबालिकाको दाँत पहिलो चरणमा खराब बनेको छ भने नयाँ दाँत पलाउने समय नहुँदै झर्न थाल्छ। दन्त चिकित्सक थापाले भनिन्, ‘यसरी नयाँ आउनेभन्दा पहिले नै झर्दा पछि आउने दाँतले बाटो पहिल्याउन सक्दैन। जसले गर्दा नयाँ दाँत आउँदा बाङ्गो-टेडो बनेर आउने, खप्टिने या फिट्टा भएर आउने हुन्छ।’

आजभोलि अधिकांश स्कूल पढ्ने बालबालिकाका दाँत तारले बाँधेको भेटिनुको कारण दूधे दाँतलाई हेलचेक्र्याइँ गर्दाको परिणाम भएको उनले बताइन्। यसबाहेक वंशाणुगत कारणले पनि दाँत खराब बन्छ। कतिपय अवस्थामा बालबालिकाको दाँत नियमितरूपमा ब्रसिङ र फ्ल्सिङको अभावमा पनि खराब बन्नसक्छ।

कसरी जोगाउने त?
दन्त चिकित्सक थापा यसको सबैभन्दा गतिलो उपाय बालबालिकालाई गुलियो र जंक फुडबाट टाढा राख्नुपर्ने बताउँछिन्। ‘दिनमा तपाईंको बच्चाले एक/एक घण्टामा जंक फुड या गुलियो खान्छ भने त्यसलाई लम्ब्याएर दिनमा एकचोटी मात्रै दिने गर्नुहोस्। बच्चाले जंक फुड या गुलियो खाइसकेपछि राम्रोसँग कुल्ला गर्ने या ब्रस गर्ने बानी बसाल्नुहोस्,’ उनले भनिन्।

दाँतमा कुनै समस्या नहुँदा पनि हरेक छ महिनामा चिकित्सकलाई देखाउनुपर्ने चिकित्सक थापाको सुझाव छ। यसो गर्दा बालबालिकाको दाँत स्वस्थ राख्न सकिने उनको भनाइ छ।

गुलियो खानेकुरा बालबालिकालाई मात्रै हैन, ठूला मानिसलाई समेत मनपर्छ। ‘यसको गतिलो उपाय भनेको खाना खाइसकेपछि डिजर्डको रूपमा गुलिया खानेकुराको प्रयोग गर्नु हो,’ उनले भनिन्, ‘खाना खाइसकेपछि गुलिया खानेकुरा खान्छन्, अनि दाँत माझ्छन्, यसले दाँतमा कुनै समस्या पुर्‍याउँदैन।’

बालबालिकाको दाँत छ महिनामा एकपटक दन्त चिकित्सकलाई देखाउनुपर्ने हुन्छ। तर, समस्या जटिल बनेपछि मात्रै आउने गरेको थापाले बताइन्।

‘दूधे बालबालिका जसको एक/दुई वटा मात्रै दाँत आएका छन्, उनीहरूलाई सुताउनुअघि नरम कपडा र पानीले सफा गरिदिनुपर्छ। दाँत सफा भइसकेपछि दूध खुवाउनु हुँदैन,’ थापाले भनिन्, ‘यदि बच्चाको दूध चुसेर मात्रै निदाउने बानी छ भने बोतलमा पानी दिन सकिन्छ। यसले बच्चाको दाँतलाई फाइदा गर्छ।’

बालबालिकाको दाँत स्वस्थ राख्ने अर्को उपाय भनेको बिहान, बेलुकी अनिवार्य ब्रस गर्नु हो। थापा भन्छिन्, ‘बालबालिकाको दाँत माझ्नका लागि मञ्जन र ब्रस छुट्टै पाइन्छ। चिकित्सकको सल्लाहमा त्यस्ता ब्रस र मञ्जन दिन सकिन्छ।’

बालबालिकालाई बदाम, काजुजस्ता खानेकुरा खुवाउँदा दाँतका लागि पनि फाइदाजनक हुने उनले बताइन्। ‘यदि तपाईंको बच्चाले थुक्न जान्ने भएको छ भने सुगर फ्रि चुइगम दिन सकिन्छ, यसले दाँतलाई फाइदा गर्छ,’ उनले भनिन्।

दाँतमा कुनै समस्या नहुँदा पनि हरेक छ महिनामा चिकित्सकलाई देखाउनुपर्ने चिकित्सक थापाको सुझाव छ। यसो गर्दा बालबालिकाको दाँत स्वस्थ राख्न सकिने उनको भनाइ छ।

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
६ महिनामै सरकार ढाल्न भदौको भन्दा सशक्त आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी शुक्रबार, जेठ २९, २०८३
परराष्ट्रमन्त्री खनाल आइतबार चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका शुक्रबार, जेठ २९, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
संसदमा उठ्यो 'केपी ओलीलाई रास्वपाको सदस्यता' दिइएको विषय बिहीबार, जेठ २८, २०८३
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’ बिहीबार, जेठ २८, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्