टम्प– पुएर्टो रिकोमा सन् २०१७ को सेप्टेम्बरमा आएको मारिया नाम दिइएको आँधीमा परी कम्तिमा ४ हजार ६ सय जनाको मृत्यु भएको हुनुसक्ने अमेरिकी अनुसन्धाननकर्ताहरूको एक समूहले मङ्गलबार जनाएको छ ।
यो तथ्याङ्क पुएर्टो रिकोको सरकारी स्रोतले दिएको आँकडाभन्दा करिब ७० गुणा बढी भएको उक्त समूहले जनाएको छ। सरकारले एक वर्ष पहिले आएको आँधीमा जम्मा ६४ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो।
तर विज्ञहरूले हराएका नागरिकको वास्तविक सङ्ख्या गणना गर्न आँधीका कारण वस्तीनै विनास भएका कारण जटिल भएको बताएका छन्।
सरकारी तथ्याङ्कपछि एक स्वतन्त्र अनुसन्धानले उक्त प्रलयकारी प्राकृतिक विपदमा झण्डै १ हजार व्यक्तिले ज्यान गुमाएको हुनसक्ने बताएको थियो।
पछिल्लो अनुसन्धानमा सम्लग्न हार्वर्ड विश्वविद्यालयका अनुसन्धान अधिकारीले सन् २०१७ को सेप्टेम्बर २० देखि डिसेम्बर ३१ सम्ममा ४ हजार ६ सय ४५ जनाले ज्यान गुमाएको अनुसन्धानका क्रममा थाहा हुन आएको बताएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।