वासिङ्टन– उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको सिङ्गापुर शिखर सम्मेलनको तयारीका सिलसिलामा एक उच्च पदस्थ उत्तर कोरियाली अधिकारी अमेरिकातर्फ प्रस्थान गरेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले मङ्गलबार कोरियाली उच्च पदस्थ अधिकारी किमसँग गर्ने भनिएको शिखर वार्ताको तयारीका लागि छलफल गर्न न्यूयोर्कका लागि प्रस्थान गरिसकेको आफ्नो ट्विटरमार्फत जानकारी दिएका थिए।
ट्रम्पले लेखेका छन्,‘हामीले उत्तर कोरियासँगको शिखर सम्मेलनका लागि एउटा समूह बनाएका छौँ। शिखर सम्मेलन तथा अन्य विविध विषयलाई लिएर सम्बन्धित पक्षसँग हाल छलफल चलिरहेको छ।’
उनले ट्विटर सन्देशमा थप उल्लेख गरेका छन्,‘शिखर सम्मेलनको तयारीका सन्दर्भमा उत्तर कोरियाको वर्कर्स पार्टीका उपाध्यक्ष किम योङ चोल मेरो पत्रकोप्रति ठोस प्रतिक्रिया जनाउँदै अहिले न्यूयोर्कतर्फ आउँनु भएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु।’ रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।