काठमाडौं- आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेश २ सरकारले कोभिड रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक औषधि, अक्सिजन सिलिण्डर, रेम्डिसिभिर, रिएजेन्ट किट्स लगायतका उपकरण खरिदका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ।
यसैगरी ३५ वटा डाइलेसिरस मेसिन खरिदका लागि पनि १२ करोड रुपैयाँ विनियोजन गरेको छ।
कुन क्षेत्रमा कति बजेट?
- कोभिड विशेष अस्पताल सञ्चालनका लागि १० करोड
- प्रादेशिक अस्पताल जनकपुरधामका ल्याबसहितको उपकरण खरिदका लागि १९ करोड
- अन्य स्वास्थ्य संस्थाको पूर्वाधार निर्माणदेखि सुधारका लागि १६ करोड
- स्वास्थ्य तथा नागरिक आरोग्य केन्द्र स्थापना र सञ्चालनका लागि चार करोड ३० लाख
- एक जिल्ला एक नमुना सामुदायिक विद्यालय स्थापनाका लागि २४ करोड
- खेल मैदान निर्माण तथा स्तरोन्नतिका लागि आठ करोड
- उच्च शिक्षा अध्ययनर तथा आदिवासी, जनजाति, दलित, मुस्लिम, छात्रा तथा विभिन्न आन्दोलनमा सहिद तथा घाइते परिवारका लागि छात्रवृत्ति वितरण गर्न दुई करोड
- सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका प्राथमिक स्वास्थ्य उपचार तथा परामर्श सेवा उपलब्ध गराउने 'एक विद्यालय, एक नर्स' कार्यक्रमका लागि तीन करोड ५० लाख
- रोजगारीका कार्यक्रम सिर्जना गर्न आठ करोड
- कोभिडबाट रोजगारी गुमाएकाहरुलाई युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न १५ करोड
- उद्यमशीलतामार्फत् रोजगारीको अवसर सिर्जना गर्न २८ करोड ५० लाख
- भगत सर्वजीत कार्यक्रमको निरन्तरताका लागि दुई करोड
- महिला, बालबालिका, युवा तथा खेलकुदको विकासका लागि विशेष प्राथमिकताका साथ बजेट
- भाषा, साहित्य, कला एवम् संस्कृतिलगायतका कार्यक्रमका लागि १६ करोड
- भूमि, कृषि तथा पशुपालनका लागि ४५ करोड
- उद्योग, पर्यटन, वन तथा वातावरणका लागि एक अर्ब ५० करोड
- भौतिक पूर्वाधार तथा विकासका लागि तीन अर्ब रुपैयाँभन्दा बढी
- शान्ति, सुरक्षा, सञ्चार तथा विपद व्यवस्थापनका लागि विभिन्न कार्यक्रममा ३० करोड
- सामाजिक सुरक्षाका लागि ३० करोड
- सार्वजनिक सेवा प्रवाह, सुशासन तथा राष्ट्रसेवकहरुका लागि १५ करोड रुपैयाँभन्दा बढी
प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कूल ३३ अर्ब ७९ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।