काठमाडौं- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सात वटा प्रदेशमध्ये सबैभन्दा ठूलो आकारको बजेट प्रदेश सभामा पेस गरेको छ।
बागमती सरकारले कूल ५७ अर्ब ७२ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको हो। बजेटमा बागमती सरकारले कोभिड खोपमा पनि राजनीतिकरण गर्न खोजेको छ।
न त संघीय सरकारले कोभिड खोप अभियानमा कुनै अर्को विशेषण जोडेको छ, न अन्य ६ वटा प्रदेशले। तर, बागमती प्रदेश सरकारले भने कोभिड खोप प्रदेशका सबै नागरिकलाई उपलब्ध गराउने भन्दै ‘प्रदेश प्रमुख कोभिड खोप कार्यक्रम’ अभियान सञ्चालन गर्ने विषय बजेटमा समावेश गरेको छ। यस कार्यक्रमलाई प्रदेश सरकारले दुई अर्ब रुपैयाँ छुट्याएको छ।
बजेटमा समावेश अन्य नारा:
१) कोभिडपश्चातको पुनरुत्थानको आधारः पूर्वाधार विकास, उत्पादन वृद्धि र रोजगारी
२) मेरो गाउँ, उद्यमसहित जिउने ठाउँ
३) जहाँ प्रविधि, पुँजी र सीप, त्यहाँ युवाको हित
४) एक विद्यालय, एक नर्स
५) मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम
६) बागमती प्रदेशको इच्छा, समृद्धिको लागि प्राविधिक शिक्षा
७) साक्षर प्रदेश
८) प्रदेश र स्थानीय तहको एउटै सन्देश : बाल विवाहमुक्त हाम्रो प्रदेश
९) हाम्रो ध्यान युवा सचेतना अभियान
१०) गरिब किसानको साथमा बागमती प्रदेश सरकार
११) बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग
११) एक घर, एक धारा
१२) प्रदेशको पानी, प्रदेशका नागरिककै लगानी
१३) किसानको गह्राः सधैँ हरभरा
१४) बागमती प्रदेश पूर्ण उज्यालो प्रदेश कार्यक्रम
१५) सहरी सडक पूर्वाधार सुधारः समुन्नत जीवनको आधार
१६) साना सहरः रमणीय क्षेत्रमा बस्ने हामी सबैको रहर
१७) बागमती प्रदेश, स्वास्थ्य र सफा प्रदेश
१८) स्वच्छ जलधार, सफा पानी
१९) एक स्थानीय तह, एक उद्योग ग्राम
२०) पर्यटन क्षेत्रमा पूर्वाधार, दिगो विकासको आधार
२१) बागमती प्रदेश, डिजिटल प्रदेश
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।