• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

माओवादी नेता पाण्डेको हत्या गर्न श्रीमतीले नै 'सुपारी' दिएको खुलासा, ३ वर्षको योजनापछि हत्या

64x64
नारायण अधिकारी सोमबार, जेठ ३१, २०७८  १९:०३
1140x725
माओवादी नेता दीपक पाण्डेको हत्या अभियोगमा पक्राउ परेकाहरु

काठमाडौं– नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेको हत्या गर्न उनकै श्रीमतीले ‘सुपारी’ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। श्रीमान् दीपकको हत्या गर्न श्रीमती महिमाले नै योजना बनाएर ‘सुपारी’ समेत दिएको खुलेपछि उनलाई समेत पक्राउ गरेर कपिलवस्तु प्रहरीले अनुसन्धान गरिरहेको छ। 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीको नेतृत्वको टोलीले गरेको अपरेशन ‘माइक ह्वीस्की’बाट पाण्डेको हत्यामा श्रीमती महिमाको मूख्य भूमिका रहेको खुलेको हो। कपिलवस्तु नगरपालिका—६ स्थित तौलिहवा–जितपुर सडकखण्डको गोबरीमा जेठ ५ गते राति ११ बजे माओवादी केन्द्रका स्थानीय नेता तथा कपिलवस्तु नगरपालिका—३ का ३४ वर्षीय पाण्डेमाथि गोली प्रहार भएको थियो। 

पाण्डे र उनीसँगै लु ९ प ८५२१ नम्बरको मोटरसाइकलमा सवार इयाज अख्तर मुसलमानमाथि गोली प्रहार भएको थियो। लु १६ प ३४९७ नम्बरको पल्सर मोटरसाइकलमा सवार तीन जनाले पेस्तोलबाट तीन राउण्ड गोली प्रहार गरी फरार भएका थिए। 

पेटमा ३ गोली लागेका पाण्डेको अवस्था गम्भीर थियो भने इयाजको अवस्था भने सामान्य थियो। उनीहरु दुबै जनालाई तत्काल उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पठाइएको थियो। पछि पाण्डेको अवस्थामा गम्भीर भएपछि उपचारका  लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको जेठ १० गते मृत्यु भएको थियो। 

विवाहेत्तर सम्बन्ध बचाउन श्रीमान्‌ मार्ने योजना
प्रहरीले गरेको अनुसन्धानबाट पाण्डे हत्याको कारण उनकी श्रीमती महिमाको ‘अनैतिक यौन सम्बन्ध’ रहेको खुलेको छ। अपरेशन ‘माइक ह्वीस्की’ले पाण्डेको हत्या हुनुमा अनैतिक यौन सम्बन्ध मुख्य कारण रहेको उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवराज अधिकारीले नेपाल लाइभ लाइभलाई जानकारी दिए। 

कपिलवस्तु नगरपालिका–१ आनन्दबागका ३९ वर्षीय प्रकाश भनिने ओमप्रकाश यादव र पाण्डेकी श्रीमती महिमाबीच पछिल्लो पाँच वर्षयता 'अनैतिक सम्बन्ध' रहेको खुलेको छ। यसबारे दीपक पाण्डेले ३ वर्ष पहिला नै थाहा पाएका थिए। यही विषयलाई लिएर श्रीमान्‌–श्रीमतीबीच झगडा समेत हुने गरेको थियो। श्रीमान्‌ले थाहा पाउँदा पनि महिमाले ओमप्रकाशसँगको सम्बन्धलाई जारी नै राखेकी थिइन्। 

श्रीमान्‌कै कारण आफूहरुको सम्बन्ध टुट्ने ‘खतरा’ देखेपछि महिमाले हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

३ वर्षदेखि नै थियो हत्याको योजना
अपरेशन ‘माइक ह्विस्की’का एक अनुसन्धान अधिकृतका अनुसार आफ्नो अनैतिक सम्बन्धबारे थाहा पाएदेखि नै महिमाले श्रीमान्‌को हत्याको योजना बनाएकी थिइन्।  आफूहरुको सम्बन्धका कारण पटक–पटक गाली गर्ने गरेको र झगडा समेत हुने गरेको भन्दै महिमाले ओमप्रकाशलाई भेटेरै श्रीमान्‌को हत्या गर्नुपर्ने भनेर बताउने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

३ वर्ष अगाडि नै हत्या गर्ने योजना बनेको भएपनि उनीहरुले त्यसको ‘कार्यान्वयन’ जेठ ५ गते गरेको अनुसन्धानमा संलग्न ती अधिकारी बताउँछन्। प्रहरीका अनुसार यसबीचमा पाण्डेको हत्याका लागि उनीहरुले धेरै प्रयास पनि गरेका देखिएको छ। 

पाण्डेको दैनिक नियाल्ने, उनी गएका ठाउँमा सुराकी खटाउनेदेखि उनको नियमित उठबस हुने क्ष्ोत्रमा रेकी गर्ने सम्मका कामहरु उनीहरु गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पाण्डेको हत्याका लागि उनीहरुले यस अगाडि पनि ३ पटक प्रयास गरेका थिए। 

हत्या गर्न १ लाखको सुपारी 
ओमप्रकाशसँगको आफ्नो सम्बन्ध बचाउन महिमा ३ वर्ष अगाडि नै श्रीमान्‌को हत्या गर्ने ‘निष्कर्ष’ पुगेकी थिइन्। तर, यसबीचमा उनीहरुले ‘भरपर्दो मानिस’ फेला पार्न सकेका थिएनन्। 

केही समय अगाडि मात्रै उनीहरुले पाण्डेको हत्याका लागि रमजान साहु मुसलमानसँग ‘कन्ट्र्याक्ट’ गरेका थिए। रमजान साहु मुसलमानले भनेअनुसार नै उनीहरुले गोली किन्न, लुकाउन, सुटर तथा मोटरसाइकल चालकको व्यवस्था गर्नका लागि उनीहरुले १ लाख रुपैयाँ दिएका थिए। 

प्रहरीका अनुसार शुरुमा ओमप्रकाशले नै रमजान साहु मुसलमानसँग महिमाको परिचय गराएका थिए।  रामजान साहु मुसलमानसँग ओमप्रकाशले नै ‘डिलिङ’ गर्ने गरेको भएपनि ‘सूचना संकलन’ गर्ने काम भने महिमाले नै गर्ने गरेकी थिइन्। 

जेठ ५ गते साँझ भने महिमाले नै रमजानलाई आफ्ना श्रीमान्‌ बाहिर गएको सूचना दिएकी थिइन्। महिमाले नै दिएको सूचनाका आधारमा रमजानले पाण्डेको हत्याका लागि आफ्नो ‘टोली’ परिचालन गरेका थिए। 

११ जना पक्राउ, कसको भूमिका के?
पाण्डेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म उनकै श्रीमती महिमासहित ११ जनालाई पक्राउ गरेको छ। 

हत्याको भोलिपल्ट जेठ ६ गते हत्याका मुख्य योजनाकार ओमप्रकाश र कपिलवस्तु नगरपालिका २ का ३३ वर्षीय साकिर अलि पाखियालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले अहिलेसम्म ११ जनालाई पक्राउ गरेको हो। 

उनीहरुसँगै सुटर रमजान साहु मसुलमान, कपिलवस्तु नपरपालिका— १ आनन्दबाग  कैलाशटोलका कुम्लाह भनिने ३५ वर्षीय पूर्णबीर पाल्पाली, कपिलवस्तु—२ बर्दाहवा बस्ने सद्दाम हुनेस खान, कपिलवस्तु यशोधरा गाउँपालिका—४ पोखरभिट्टा बस्ने राजेश भनिने ज्ञानेन्द्रकुमार पाण्डे, यशोधरा—४ सेमरी बस्ने गोलु भन्ने राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका—५ गोटिहवा बस्ने सिरिया भन्ने श्रीराम कुर्मी, कपिलवस्तु—१ माझीटोल बस्ने ३६ वर्षीय मोटे भन्ने नसरत अली र कपिलवस्तु—२ बरगदहवा बस्ने ३६ वर्षको प्रवीण गुप्ता पक्राउ परेका छन्। 

प्रहरीले पक्राउ परेकाहरु विरुद्ध  हातहतियार तथा खरखजना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान तथा संगठित अपराधमा अनुसन्धान अगाडि बढाएको छ। 

पक्राउ परेका पाल्पालीले हत्यामा प्रयोग भएको पेस्तोल १ र २ राउण्ड गोली आफ्नो घरमा लुकाउने काम गरेको अनुसन्धानबाट खुलेको छ। हत्या पश्चात पाल्पालीकै घरमा साकिर अलि पखिया सुतेको अनुसन्धानबाट खुलेको छ। उनले अपराधीलाई संरक्षण गर्ने काम गरेको र हतियार लुकाउने काम गरेको प्रहरीले जनाएको छ। 

सद्दाम हुनेस खानले साकिरलाई हतियार खरिद बिक्री गर्ने काममा सहयोग गरेको पाइएको छ। ज्ञानेन्द्रकुमार पाण्डेले भने गोलु भन्ने राधेश्याम चौधरीलाई भारतबाट हतियार खरिदबिक्री गर्ने काममा सहयोग गरेको पाइएको छ। 

राधेश्याम चौधरी, श्रीराम साकिरले हतियार खरिदका लागि सहयोग गरेको पाइएको छ। प्रवीण गुप्ताले नसरतबाट ३७ हजार लिएर हतियार खरिद गरी दिएको खुलेको छ। 

नसरत २०६६ जेठ २२ गते डाँका मुद्दामा इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेर छुटेका व्यक्ति हुन्। साकिर भने २०६४ वैशाख ५ मा हातहतियार मुद्दामा पक्राउ परेर २ वर्ष कारागार बसेर छुटेको व्यक्ति रहेको पाइएको छ।

स्वचालित पेस्तोल र जमिनमा गाडेको ६८ राउण्ड गोली समेत बरामद
हत्यामा संलग्न व्यक्तिबाट प्रहरीले स्वचालित पेस्तोलदेखि ठूलो मात्रामा गोली समेत बरामद गरेको छ। साकिरबाट प्रहरीले पेस्तोल र त्यसको २ राउण्ड गोली बरामद गरेको छ। सुटर रजमान साहुले प्रयोग गरेको स्वचालित पेस्तोल पनि प्रहरीले बरामद गरेको छ। उनको साथबाट ‘मेडइन यूएसए’ लेखिएको पेस्तोल, त्यसको म्यागजिन र ८ राउण्ड गोली बरामद भएको छ। 

हत्याका मुख्य योजनाकारमध्येका एक ओमप्रकाशको साथबाट भने प्रहरीले ठूलो मात्रामा गोली र पेस्तोेल बरामद गरेको छ। ओमप्रकाशले जमिनमा गाडेर राखेर पेस्तोल र त्यसको ६८ राउण्ड गोली बरामद भएको एसपी अधिकारीले जानकारी दिए। 

यसअघि प्रहरीले हत्यामा प्रयोग भएको २२० सीसी को पल्सर मोटरसाइकल, ७.६५ एमएम लेखिएको जंगी राउण्ड एक थान र खोका एक थान बरामद गरेको थियो। 
 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्