काठमाडौं– दशौं राष्ट्रिय खेलकुदअन्तर्गत २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा एनआरएनएकी लिली बोहराले महिला ४०० मिटर व्यक्तिगत मेड्लेमा स्वर्ण पदक जितेकी छन्। उनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। लिलीले निर्धारित दूरी पाँच मिनेट १७ दशमलव ०१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेकी हुन्।
नेपाल आर्मी क्लबकी दुआना लामाले पाँच मिनेट ३३ दशमलव ३९ सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक जितिन्। नेपाल पुलिस क्लबकी देवांशी जोशीले ६ मिनेट शून्य दशमलव ४२ सेकेन्डको समयसहित कांस्य पदक हात पारिन्।
यस स्पर्धाको राष्ट्रिय कीर्तिमान पाँच मिनेट ४८ दशमलव ५४ सेकेन्डको छ। सन् २०१६ मा कायम भएको उक्त कीर्तिमानभन्दा लिलीको समय ३१ दशमलव ५३ सेकेन्डले उत्कृष्ट हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।