Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपा विवादमा निर्वाचन आयोगको निर्णय- दफा ४३ र ४४ को प्रक्रिया नहेरेरै ५१ को व्याख्या!

64x64
नेपाल लाइभ सोमबार, जेठ ३१, २०७८  १२:३९
1140x725

काठमाडौं– २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा आफ्नो पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सुईंकोसम्म दिएनन्। उनको यही निर्णयबाट नेकपाको विवाद छताछुल्ल भयो।

पुस ६ गते अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार पक्षले ओलीमाथि कारबाहीको प्रक्रिया सुरु गरे। उनीहरुले अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरे। त्यसको भोलिपल्ट, पुस ७ गते ओलीले नेकपा केन्द्रीय कमिटीमा ५५६ जना सदस्य थप गर्दै ११९९ पुर्‍याए। उनले यसको जानकारी निर्वाचन आयोगलाईसमेत गराए। लगत्तै प्रचण्ड–नेपाल पक्षले पनि ओलीलाई अध्यक्षबाट हटाएर नेपाल अध्यक्ष चयन भएको जानकारी निर्वाचन आयोगलाई गरायो।

पुस ९ गते ओलीले प्रचण्डलाई हटाएको जानकारी आयोगमा गराए। यसरी सुरु भएको नेकपा विवादमा निर्वाचन आयोगले पुस १७ गते राजनीतिक दल सम्वन्धी ऐनको दफा ५१ अनुसार अद्यावधिक गर्न आएका निवेदनमाथि नेकपाका दुवै पक्षलाई थप स्पष्ट पार्न पत्र काट्यो। चित्तवुझ्दो जवाफ नआएको भन्दै सातदिनभित्र थप स्पष्ट पार्न पुस २३ गते आयोगले पत्र लेख्यो।

माघ ११ गते निर्वाचन आयोगले दुवै पक्षको दाबी अस्विकार गर्‍यो। र, नेकपामा दुवै अध्यक्ष ओली र प्रचण्ड कायमै रहेको निर्णय सुनायो।

माघ २० गते प्रचण्ड–नेपाल पक्षले राजनीतिक दल सम्वन्धी ऐनको दफा ४३ र ४४ का आधारमा आधिकारिकताको माग गर्दै आयोगमा फेरि निवेदन दिए। उनीहरुको निवेदन विचाराधिन नै रहेको अवस्थामा फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर हुने फैसला गर्‍यो। लगत्तै फागुन २३ गते एमाले र माओवादी ब्युँतिने फैसला भयो। निर्वाचन आयोग पुगेको नेकपाभित्रको विवाद फागुन २३ को फैसलासँगै समाप्त भयो।  

करिब चार महिना चलेको यो प्रक्रियामा निर्वाचन आयोगले ओलीलाई घाटा हुने गरि निर्णय नगर्दा बहुमत केन्द्रीय सदस्यहरु बोकेर निर्वाचन आयोग पुगे पनि प्रचण्ड–नेपाल पक्षमा निर्णय आएन। 

तत्कालीन नेकपामा भएको जस्तै अवस्था अहिले जनता समाजवादी पार्टी (जसपा)मा देखिएको छ। र, त्यतिबेलाको प्रसङ्ग फेरि एक पटक निर्वाचन आयोगले जसपाको आधिकारितकाको निर्णयमा दोहोर्‍याएको छ।

यो पनि पढ्नुहोस्

जसपा विवादमा निर्वाचन आयोगको निर्णय : आधिकारिकता दिन इन्कार, दुवै अध्यक्ष कायम रहनेआइतबार, जेठ ३०, २०७८

आइतबार जसपाका दुवै अध्यक्षहरु महन्थ ठाकुर र उपेन्द्र यादवको दाबीलाई आयोगले अस्वीकार गरेको छ। आयोगले नेकपा विवादकै शैलीमा कमजोर रहेका महन्थ ठाकुर पक्षलाई फाइदा हुने गरि यो निर्णय गरेको देखिन्छ। केन्द्रीय कार्यकारिणी समितिमा कमजोर रहेको महन्थ पक्षलाई आयोगको यो निर्णयले फाइदा हुने छ। महन्थ ठाकुरपक्ष ओलीको सरकारमा रहेकाले उनीहरुलाई घाटा पुग्ने गरि आयोगले निर्णय नगरेको आरोप लागेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री ओलीसँग मिलेको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर, कार्यकारिणी समितिका सदस्यहरु राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्णलाई केन्द्रीय कार्यकारिणी समिति बैठकबाट निर्णय गरेर कारवाही गरेका थिए। त्यस्तै, अध्यक्ष ठाकुरले यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरी अद्यावधिकका लागि निर्वाचन आयोगलाई पत्र पठाएका थिए।

आयोगले यी पत्रको आधारमा दुवैलाई थप प्रमाण पेश गर्न भनेको थियो। ठाकुर पक्षले प्रतिनिधि सभा विघटन भएको र आफूहरु सरकारमा गएपछि केही जवाफका लागि केही समय मागेका थिए। यो लगत्तै आयोगले ठाकुर पक्षलाई फाइदा हुने गरि राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिक गर्न मिलेन भनि जवाफ फर्काएको छ। राजनीतिक दल सम्बन्धी नियमावाली, २०७४ को नियम २५ को उपनियम (६) वमोजिम सो दलको पदाधिकारीको विवरण साविककै कायम रहेकोले प्रस्तुत निर्णयको जानकारी दलका दुवै अध्यक्षलाई दिने निर्णय आयोगले गरेको छ। 

दफा ४३ र ४४ को प्रक्रिया किन देख्दैन आयोग?

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ ले विवाद निरुपणका सहज उपाय प्रदान गरेको छ। दफा ४३ ले दलको नाम, दलको छाप, विधान, झण्डा वा चिह्न, दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता सम्बन्धी विवादलाई आयोगले निरुपण गर्ने भनिएको छ। अघिल्लो पटक नेकपा विवादमा यसमा प्रवेश नगरेको आयोगले यी दफालाई यस पटक पनि प्रयोग गरेन। यो व्यवस्था अनुसार निर्णय गर्दा जसपाको कार्यकारिणी समितिमा बहुमत दाबी गर्दै निर्वाचन आयोग पुगेका उपेन्द्र यादवको पक्षमा हुने भएपछि आयोग यसमा प्रवेश नै नगरेको देखिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दफा ४४ ले भने उल्लेखित विवाद सल्टाउने कार्यविधि तोकिदिएको छ। ‘दलको नाम, छाप, झण्डा वा चिह्न सम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिह्न दाबी गर्ने दलले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता सम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले विवाद प्रारम्भ भएको तीस दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेश गर्नु पर्नेछ’, दफा ४४ को १ मा भनिएको छ।

त्यस्तै, सो दाबीका सम्बन्धमा लिखित जवाफ पेश गर्नको लागि त्यस्तो दाबी तथा प्रमाणको प्रतिलिपि संलग्न गरी अर्को पक्षलाई पन्ध्र दिनको सूचना दिनुपर्ने र त्यस्तो अवधिभित्र सम्बन्धित पक्षले आफ्नो लिखित जवाफ र त्यसलाई पुष्टि गर्ने आधार तथा प्रमाण पेश गर्नु पर्नेछ। तर, त्यस्तो अवधिभित्र लिखित जवाफ पेश गर्न नसकेमा सम्बन्धित पक्षको अनुरोधमा लिखित जवाफ पेश गर्न आयोगले दश दिन म्याद थप गर्न सक्नेछ।

अवधि समाप्त भएपछि आयोगले विवादका सम्बन्धित पक्षहरुलाई आपसी सहमति बमोजिम विवाद निरुपण गर्ने प्रयोजनको लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिनेछ। त्यसपछि आयोगले सहमति बमोजिम विवाद निरुपणको प्रयास गर्ने छ। तर, सहमति कायम नभएमा आयोगले दाबी अनुसार बहुमत रहेको पक्षलाई विवाद उत्पन्न हुनु अघिको दलको हैसियतमा मान्यता दिने र अर्को पक्षलाई छुट्टै राजनीतिक दलको रुपमा मान्यता दिई दर्ता गर्न सक्ने छ।  

जसपा विवादमा आयोगले गरेका चार तर्क 

प्रमुख निर्वाचन आयुक्त र तीनजना आयुक्तहरुले गरेको यो निर्णयमा राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१, नियमावलीको नियम २५ बमोजिम निर्णय गरेको भनिएको छ। ऐनको यो व्यवस्था दलभित्र देखिएको विवाद समाधान गर्ने भन्दा पनि दुवै अध्यक्षको सहमतिमा केही फेरबदल गर्ने प्रयोजनका लागि हो।  

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरु इश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी र जानकी कुमारी तुलाधरको बैठकले जसपा विवादमा निर्णय दिएको छ जसमा चार तर्क गरिएको छ।

पहिलो तर्क 

'निष्कासन गर्नु भनेको कुनै दल वा संस्थाबाट दलमा आवद्ध रहेको कोही कसैलाई केही अवधिका लागि वा सधैंका लागि निकाल्ने काम हो। दलबाट कुनै सदस्यलाई आरोपित गरी निकाल्ने वा हटाउने कार्यलाई निष्कासन भनिन्छ। त्यसैगरी पदाधिकारी हेरफेर भनेको बदल्ने वा बदलिने तथा अदल–बदल गरी परिवर्तन गर्ने र दलबाट कुनै पदको पदाधिकारीको सट्टा अर्को पदाधिकारी राख्ने वा परिवर्तन गर्ने वा कार्य जिम्मेवारी हेरफेर गर्ने सम्मको कार्य हो।

यसर्थ पदाधिकारीलाई हटाउनु वा निष्कासन गर्नु र हेरफेर वा परिवर्तन गर्नु फरक फरक अर्थ दिने शब्द हुन्। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ मा प्रयुक्त भएको “पदाधिकारीको हेरफेर“ शब्दावलीले “पदाधिकारीको निष्कासन’ सम्मको अर्थभाव सुस्पष्ट रुपमा प्रकट गर्दैन र पदाधिकारीको हेरफेरलाई पदाधिकारीको निष्कासनसम्मको अर्थ जनिने गरी सो शब्दको प्रयोग भएको भन्ने विधायकी मनसायसमेत कानून व्याख्याको सन्दर्भमा उचित र ग्राह्य देखिँदैन। यसर्थ एउटै दलका दुई अध्यक्षले सो दलका पदाधिकारीलाई दलबाट निष्कासनको कारवाही गरी अद्यावधिकका लागि अनुरोध भै आएको विषयलाई कानूनसम्मत निर्णय हो भनि मान्न मिलेन।'

दोस्रो तर्क 

'दलले पदाधिकारीको हेरफेर गरेको विषय आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ मा रहेको देखिन्छ। दलले पदाधिकारीको हेरफेर गरी आयोगलाई जानकारी गराउँदा एउटै दलको नामबाट एउटै दलका दुई अध्यक्षले फरक फरक निर्णय गरी/गराई अलग-अलग प्रकृतिको निर्णयको जानकारी आउँछ भन्ने कुरा सामान्यतया अनुमानसमेत गर्न सकिँदैन।  

दलले नियमित प्रकृयाबाट केन्द्रीय समितिको बहुमत सदस्यको निर्णय बमोजिम औपचारिक रुपमा सोही दलकै अर्को पक्षले इन्कार गरेको नदेखिने गरी प्रचलित कानून वमोजिम पदाधिकारीको हेरफेर एवं परिवर्तन वा फेरवदल गरी दलले जानकारी गराएको विषय ऐनको दफा ५१ अन्तर्गतको प्रक्रिया वमोजिम सम्बोधन भएको हुनुपर्ने हुन्छ।  

एउटै दलका दुई अध्यक्षबाट अलग-अलग रुपमा निर्णय गरी/गराई एक अध्यक्षबाट अर्को अध्यक्षसहित चारजना पदाधिकारी र अर्को अध्यक्षबाट एक अध्यक्षलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको कार्य सो दलको पदाधिकारीको हेरफेर वा फेरबदलसँग सम्बन्धित मात्र नभई एउटै दलका दुई अध्यक्षहरुबीचको विवादको विषय बन्न जान्छ। एक अध्यक्षले गरेको निर्णयलाई अर्को अध्यक्षले चुनौती दिई इन्कार गर्दछ भने त्यो विषय विवादको विषय बन्न सक्दछ। उक्त विवादित विषयलाई उक्त ऐनको दफा ५१ को प्रक्रिया अवलम्वन गरी सम्पादन गर्न मिल्ने भन्ने हुँदैन। यसर्थ एउटै दलका एक अर्को अध्यक्षबाट पदाधिकारीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाएको वा निष्कासन गरेको कार्य पदाधिकारीको हेरफेरको विषय अन्तर्गत पर्ने नदेखिदा दुवै पक्षको निवेदन माग अनुसार ऐनको दफा ५१ वमोजिम अद्यावधिक गर्न कानूनतः मिल्ने देखिएन।' 

तेस्रो तर्क 

'राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २५ मा दलले ऐनको दफा ५१ वमोजिम पदाधिकारीको हेरफेर भएमा दलको प्रमुख पदाधिकारी वा अधिकार प्राप्त व्यक्तिले अनुसूची–१८ वमोजिम आयोगमा जानकारी गराउनु पर्नेछ भन्ने व्यवस्था भएको देखिन्छ। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २ को खण्ड (ज) मा पदाधिकारी भन्नाले विधान वमोजिम केन्द्रीय समितिको पदाधिकारी भनी तोकेको दलको पदाधिकारी सम्झनु पर्छ र सो शब्दले दलको प्रमुख पदाधिकारीलाई समेत जनाउछ भनी परिभाषा गरेको देखिन्छ।

त्यसैगरी सोही ऐनको सोही दफाको खण्ड (ठ) मा प्रमुख पदाधिकारी भन्नाले विधानमा प्रमुख पदाधिकारी भनी तोकिएको पदाधिकारी भनी परिभाषित गरेको छ। जनता समाजवादी पार्टी, नेपालको अन्तरिम विधान, २०७७ को धारा ३ को उपधारा (४) मा प्रमुख भन्नाले विभिन्न समिति, उपसमिति, परिषद, आयोगका सम्बन्धित प्रमुखलाई सम्झनु पर्छ भनी परिभाषा गरेको देखिन्छ। सोही विधानको धारा १८ को उपधारा (२) मा केन्द्रीय कार्यकारिणी समितिमा केन्द्रीय समितिका अध्यक्ष दुई जना रहने व्यवस्था भएको देखिन्छ। विधानतः केन्द्रीय समितिका दुईजना अध्यक्ष केन्द्रीय कार्यकारिणी समितिमा रहने व्यवस्था भएकोमा एक जना अध्यक्ष उपेन्द्र यादवको हस्तक्षार भई अर्का अध्यक्ष महन्थ ठाकुरसमेत चारजना पदाधिकारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको र अर्का अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षरबाट अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको देखिन्छ।

एकजना अध्यक्षबाट मात्र हस्ताक्षर भई आएको विषयलाई प्रमुख पदाधिकारीबाट जानकारी गराएको विषय हो भनी भन्न सकिएन। यसर्थ एकजना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ वमोजिम विवरण अद्यावधिक गरि दिन भनी जानकारी गराएको विषयलाई कानून र दलको विधान सम्मत मान्न मिलेन।'

चौथो तर्क 

'जनता समाजवादी पार्टी, नेपालको अन्तरिम विधान, २०७७  आयोगमा पेश हुँदा सो दलका दुवै अध्यक्षले प्रमाणित गरेको देखिन्छ। सो विधानको धारा १८ को उपधारा (२) मा केन्द्रीय कार्यकारिणी समितिमा केन्द्रीय समिति अध्यक्ष २ जना रहने व्यवस्था गरेको देखिएको र विधानको धारा १५ को उपधारा (३) मा केन्द्रीय समितिको वैठक अध्यक्षको निर्देशनबाट बोलाइने छ भन्ने व्यवस्था रहेको देखिएकोमा सो वैठक दुवै अध्यक्षबाट वा एक अध्यक्षबाट वोलाइने हो भन्ने सम्बन्धमा विधान मौन रहेको पाइयो। सो विधानको धारा ४९ मा कुनै पनि सदस्य वा समितिहरुलाई अनुशासनको कारवाही हुन सक्ने व्यवस्था रहेको देखिएकोमा सोही विधानको धारा ५० मा कुनै पनि तहको पार्टी समितिको अध्यक्षलाई हटाउदा माथिल्लो समितिको अनुमोदन लिनु पर्नेछ भन्ने व्यवस्था भएकोमा सो माथिल्लो समितिबाट अनुमोदन लिएको नदेखिएको कारवाहीलाई विधान सम्मत कारवाही भएको भन्न मिलेन।' 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा?
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
सम्बन्धित सामग्री
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको नौ महिना बित्दा पनि मुलुकको अवस्थामा सुधार नआएको बताए। न्यायपालिका,... शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ शनिबार, मंसिर १२, २०८३
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्