• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

लकडाउनमा भएको गुपचुप हत्या : वर्ष बित्यो, न टाउको भेटियो न भयो सनाखत

घाँटी र शरीर छुट्याएर कसले गर्‍यो युवतीको हत्या, को हुन् मृतक?
64x64
नारायण अधिकारी सोमबार, जेठ ३१, २०७८  ०८:२१
1140x725

काठमाडौं- बौद्ध नयाँबस्तीमा जेठ २५ गते एक व्यक्तिको घुँडाभन्दा मुनिको खुट्टाको भाग भेटियो। कुहिन थालेको उक्त खुट्टा कसको हो? कसरी त्यहाँ आइपुग्यो? हत्या नै हो वा अरु कुनै कारण? प्रहरीले यस्ता अनेकौं प्रश्नको जवाफ अहिलेसम्म पाउन सकेको छैन।

यो त भर्खरको घटना भयो। यस्तै प्रकृतिको घटना अघिल्लो पटकको लकडाउनमा पनि भएको थियो। भक्तपुरको हनुमन्ते खोलामा टाउको बिनाको एक युवतीको शव भेटिएको थियो। तर, उक्त हत्या घटना भने अहिलेसम्म गुपचुप छ। घटनाको वर्ष दिन नाघिसक्दा समेत न शवको टाउको भेटियो न मृतकको परिचय नै खुल्यो। न हत्या गर्ने व्यक्तिको पहिचान हुन सकेको छ। घटना अहिलेसम्म रहस्यकै गर्भमा छ।

२०७६ चैत १७ गते मध्यपुर-थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका सीमानामा पर्ने बालबोट, हनुमन्ते खोलामा एक महिलाको टाउको बिनाको विभत्स शव फेला परेको थियो। गट्ठाघरको नागरिक अस्पताल पछाडिबाट फलामे पुलतर्फ जाने करिडोरमा टाउको बिनाको सड्न थालिसककेको महिलाको शव फेला परेको थियो।

निलो सुरुवाल, कलेजी रङको कुर्था लगाएकी ती महिलाको हातखुट्टा र हिपको भाग जनावरले खाएजस्तो, बाँया हातको पञ्जा नै नभएको अवस्थामा शव भेटिएको थियो। शव नजिकैबाट प्रहरीले बोरा, जेब्रा झोला समेत बरामद गरेको थियो।

शव भेटिएको जानकारी पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र उपत्यकाका तीन जिल्लाको जघन्य अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको महानगरीय प्रहरी अपराध महाशाखाको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका थिए। शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो। तर, १४ महिना बितिसक्दा समेत यस घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन। 

बलात्कारपछि हत्याको आशंका
यौनांगमा चोट हुनु, मृत भेटिएकी युवती अन्दाजी २० वर्षको हाराहारीको हुनुजस्ता कुरालाई आधार मानेर त्यसबेला प्रहरीले उक्त घटना बलात्कारपछि हत्या भएको हुनसक्ने विश्लेषण गरेको थियो।

टाउको बेपत्ता बनाइनु र खोलामा लगेर शव फाल्नुले सामूहिक बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान थियो। अहिले पनि प्रहरीले त्यसैलाई आधार मानेर अनुसन्धान गरिरहेको छ। तर, प्रगति भने शून्य छ।

घटनाको अनुसन्धान प्रगतिबारे महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख, एसएसपी चन्द्रकुवेर खापुङ भन्छन्, ‘अनुसन्धान भइरहेको छ भन्ने बाहेक केही भन्न सक्न अवस्था छैन। अनुसन्धान कि हन्ड्रेड पर्सेन्ट कि जिरो पर्सेन्ट हुन्छ। अपराधी पत्ता नलाग्दासम्म जति काम भएनि नतिजा नभएपछि प्रगति शून्य नै भयो।’

Ncell 2
Ncell 2

सडिसकेको अवस्थामा शव भेटिएकाले कुनै कोठा वा घरमा हत्या भएको र केही समयसम्म हत्या गरिएको घर वा कोठामा शव लुकाएर राखेको, लकडाउन सुरु भएपछि मान्छेको चहलपहल कम हुने भएकाले खोलामा फालिएको प्रहरीको प्रारम्भिक अनुमान थियो।

न भेटियो टाउको न भयो सनाखत
टाउको बिनाको शव भेटिएपछि प्रहरीले टाउकाको खोजी सुरु गरेको थियो। वरपर कतै टाउको हुनसक्ने भन्दै प्रहरीले व्यापक खोजी गरेपनि टाउको फेला पार्न सकेको थिएन। त्यसपछि प्रहरीले स्काभेटर नै ल्याएर शव भएको वरपर खन्दै टाउकाको खोजी गरेको थियो। त्यति गर्दा पनि टाउको फेला परेन। 

हत्याराले मान्छेको पहिचान हुने भएकाले टाउको र शरीरलाई छुट्टाएको, शरीरका अन्य भागबाट पनि हुलिया खुल्न सक्ने भन्दै हातका पन्जा समेत काटिएको हुनसक्ने प्रहरीले बताएको थियो। अपराध लुकाउन हत्याराले निकै चलाखी गरेको त्यसबेला अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले बताएका थिए।

टाउको नभेटिएपछि ती व्यक्ति को हुन् भन्नेबारे प्रहरीले अहिलेसम्म खुट्याउन सकेको छैन। सनाखत भएको अवस्थामा हत्यारा सहजै पत्ता लाग्ने प्रहरीले जनाउँदै आएको छ। महिलाको सनाखत नभएपछि ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत् पछिल्लो एक/दुई सातादेखि कोही महिला हराएको भए प्रहरीमा खबर गर्न भनेर शव भेटिएलगत्तै भनेको पनि थियो। तर, अहिलेसम्म सनाखत भने हुन सकेको छैन। 

अनुसन्धानको मुख्य समस्या नै यही रहेको एसएसपी खापुङ बताउँछन्। ‘आफ्नो मान्छे हराएपछि त कोही सम्पर्कमा आउनु पर्‍यो र उहाँहरुले भने अनुसारको हुलिया मिल्यो भने अनुसन्धानले गति लिन्छ। तर, अहिलेसम्म मान्छे पहिचानमै समस्या छ’, एसएसपी खापुङले भने। 

दर्जनौं व्यक्तिसँग सोधपुछ, सीसीटिभी फुटेजमा भेटिएन कुनै 'क्लू'
शव भेटिएपछि प्रहरीले उक्त घटनास्थल वरपरका दर्जनौं व्यक्तिसँग सोधपुछ गरेको थियो। तर, कसैबाट कुनै सुराक प्रहरीले अहिलेसम्म पाउन सकेको छैन। कुनै रिसोर्ट वा होटलमा बलात्कारपछि हत्या गरेर शव व्यवस्थापन गरेको हुनसक्ने भन्दै वरपरका होटलहरुमा समेत प्रहरीले सोधपुछ र निगरानी गरेको थियो। त्यसमा पनि कुनै 'क्लू' फेला पर्न सकेन।

घटनास्थल वरपरका सीसीटिभी फुटेज प्रहरीले केलाएको थियो। सीसीटिभी फुटेजमा समेत शव लगेको वा खोलामा फालेको जस्ता कुनै गतिविधि नै नदेखिएको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर भक्तपुरका एक जुनियर प्रहरी अधिकृत बताउँछन्।

तीन एसएसपी र दुई एसपी फेरिए, अनुसन्धान जहाँको त्यहीँ
टाउको बिनाको उक्त शवको शुरुआती अनुसन्धान अपराध महाशाखाका एसएसपी सहकुलबहादुर थापा र भक्तपुरका एसपी सविन प्रधानबाट भएको थियो। अहिले महाशाखामा एसएसपी थापापछि थप दुई एसएसपीले नेतृत्व सम्हालिसकेका छन्।

शव भेटिएको बेलाका एसएसपी थापा डीआईजी भएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत छन्। उनीपछि महाशाखामा एसएसपी दीपक थापाले जिम्मेवारी सम्हाले। अहिले एसएसपी चन्द्रकुवेर खापुङले महाशाखाको नेतृत्व गरिरहेका छन्। तर, घटनाको अनुसन्धान प्रगति भने जहाँको त्यहीँ छ।

महाशाखाका जघन्य अपराध हेर्ने पिलरका एक अधिकारी भन्छन्, ‘शवको सनाखत नै नभएको अवस्थामा अनुसन्धान अघि बढ्न गाह्रो हुन्छ। यो केसमा भएको त्यही हो। अहिलेसम्म मृतक नै आइडेन्टीफाई हुन सकेको छैन।’

उता भक्तपुर परिसरमा पनि एसपी सविन प्रधानपछि एसपी तारादेवी थापाले नेतृत्व सम्हालिरहेकी छिन्। तर, अनुसन्धान भने शुरुआाती अवस्थामै अवस्था छ।

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ०८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा बिहीबार, माघ ८, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
डोजर लाउने मान्छे आए भनेर डराएका छन्- ओली बिहीबार, माघ ८, २०८२
भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्न महानिरीक्षक कार्कीको निर्देशन बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्