• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

लकडाउनमा भएको गुपचुप हत्या : वर्ष बित्यो, न टाउको भेटियो न भयो सनाखत

घाँटी र शरीर छुट्याएर कसले गर्‍यो युवतीको हत्या, को हुन् मृतक?
64x64
नारायण अधिकारी सोमबार, जेठ ३१, २०७८  ०८:२१
1140x725

काठमाडौं- बौद्ध नयाँबस्तीमा जेठ २५ गते एक व्यक्तिको घुँडाभन्दा मुनिको खुट्टाको भाग भेटियो। कुहिन थालेको उक्त खुट्टा कसको हो? कसरी त्यहाँ आइपुग्यो? हत्या नै हो वा अरु कुनै कारण? प्रहरीले यस्ता अनेकौं प्रश्नको जवाफ अहिलेसम्म पाउन सकेको छैन।

यो त भर्खरको घटना भयो। यस्तै प्रकृतिको घटना अघिल्लो पटकको लकडाउनमा पनि भएको थियो। भक्तपुरको हनुमन्ते खोलामा टाउको बिनाको एक युवतीको शव भेटिएको थियो। तर, उक्त हत्या घटना भने अहिलेसम्म गुपचुप छ। घटनाको वर्ष दिन नाघिसक्दा समेत न शवको टाउको भेटियो न मृतकको परिचय नै खुल्यो। न हत्या गर्ने व्यक्तिको पहिचान हुन सकेको छ। घटना अहिलेसम्म रहस्यकै गर्भमा छ।

२०७६ चैत १७ गते मध्यपुर-थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका सीमानामा पर्ने बालबोट, हनुमन्ते खोलामा एक महिलाको टाउको बिनाको विभत्स शव फेला परेको थियो। गट्ठाघरको नागरिक अस्पताल पछाडिबाट फलामे पुलतर्फ जाने करिडोरमा टाउको बिनाको सड्न थालिसककेको महिलाको शव फेला परेको थियो।

निलो सुरुवाल, कलेजी रङको कुर्था लगाएकी ती महिलाको हातखुट्टा र हिपको भाग जनावरले खाएजस्तो, बाँया हातको पञ्जा नै नभएको अवस्थामा शव भेटिएको थियो। शव नजिकैबाट प्रहरीले बोरा, जेब्रा झोला समेत बरामद गरेको थियो।

शव भेटिएको जानकारी पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र उपत्यकाका तीन जिल्लाको जघन्य अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको महानगरीय प्रहरी अपराध महाशाखाको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका थिए। शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो। तर, १४ महिना बितिसक्दा समेत यस घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन। 

बलात्कारपछि हत्याको आशंका
यौनांगमा चोट हुनु, मृत भेटिएकी युवती अन्दाजी २० वर्षको हाराहारीको हुनुजस्ता कुरालाई आधार मानेर त्यसबेला प्रहरीले उक्त घटना बलात्कारपछि हत्या भएको हुनसक्ने विश्लेषण गरेको थियो।

टाउको बेपत्ता बनाइनु र खोलामा लगेर शव फाल्नुले सामूहिक बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान थियो। अहिले पनि प्रहरीले त्यसैलाई आधार मानेर अनुसन्धान गरिरहेको छ। तर, प्रगति भने शून्य छ।

घटनाको अनुसन्धान प्रगतिबारे महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख, एसएसपी चन्द्रकुवेर खापुङ भन्छन्, ‘अनुसन्धान भइरहेको छ भन्ने बाहेक केही भन्न सक्न अवस्था छैन। अनुसन्धान कि हन्ड्रेड पर्सेन्ट कि जिरो पर्सेन्ट हुन्छ। अपराधी पत्ता नलाग्दासम्म जति काम भएनि नतिजा नभएपछि प्रगति शून्य नै भयो।’

Ncell 2
Ncell 2
nimb
nimb

सडिसकेको अवस्थामा शव भेटिएकाले कुनै कोठा वा घरमा हत्या भएको र केही समयसम्म हत्या गरिएको घर वा कोठामा शव लुकाएर राखेको, लकडाउन सुरु भएपछि मान्छेको चहलपहल कम हुने भएकाले खोलामा फालिएको प्रहरीको प्रारम्भिक अनुमान थियो।

न भेटियो टाउको न भयो सनाखत
टाउको बिनाको शव भेटिएपछि प्रहरीले टाउकाको खोजी सुरु गरेको थियो। वरपर कतै टाउको हुनसक्ने भन्दै प्रहरीले व्यापक खोजी गरेपनि टाउको फेला पार्न सकेको थिएन। त्यसपछि प्रहरीले स्काभेटर नै ल्याएर शव भएको वरपर खन्दै टाउकाको खोजी गरेको थियो। त्यति गर्दा पनि टाउको फेला परेन। 

हत्याराले मान्छेको पहिचान हुने भएकाले टाउको र शरीरलाई छुट्टाएको, शरीरका अन्य भागबाट पनि हुलिया खुल्न सक्ने भन्दै हातका पन्जा समेत काटिएको हुनसक्ने प्रहरीले बताएको थियो। अपराध लुकाउन हत्याराले निकै चलाखी गरेको त्यसबेला अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले बताएका थिए।

टाउको नभेटिएपछि ती व्यक्ति को हुन् भन्नेबारे प्रहरीले अहिलेसम्म खुट्याउन सकेको छैन। सनाखत भएको अवस्थामा हत्यारा सहजै पत्ता लाग्ने प्रहरीले जनाउँदै आएको छ। महिलाको सनाखत नभएपछि ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत् पछिल्लो एक/दुई सातादेखि कोही महिला हराएको भए प्रहरीमा खबर गर्न भनेर शव भेटिएलगत्तै भनेको पनि थियो। तर, अहिलेसम्म सनाखत भने हुन सकेको छैन। 

अनुसन्धानको मुख्य समस्या नै यही रहेको एसएसपी खापुङ बताउँछन्। ‘आफ्नो मान्छे हराएपछि त कोही सम्पर्कमा आउनु पर्‍यो र उहाँहरुले भने अनुसारको हुलिया मिल्यो भने अनुसन्धानले गति लिन्छ। तर, अहिलेसम्म मान्छे पहिचानमै समस्या छ’, एसएसपी खापुङले भने। 

दर्जनौं व्यक्तिसँग सोधपुछ, सीसीटिभी फुटेजमा भेटिएन कुनै 'क्लू'
शव भेटिएपछि प्रहरीले उक्त घटनास्थल वरपरका दर्जनौं व्यक्तिसँग सोधपुछ गरेको थियो। तर, कसैबाट कुनै सुराक प्रहरीले अहिलेसम्म पाउन सकेको छैन। कुनै रिसोर्ट वा होटलमा बलात्कारपछि हत्या गरेर शव व्यवस्थापन गरेको हुनसक्ने भन्दै वरपरका होटलहरुमा समेत प्रहरीले सोधपुछ र निगरानी गरेको थियो। त्यसमा पनि कुनै 'क्लू' फेला पर्न सकेन।

घटनास्थल वरपरका सीसीटिभी फुटेज प्रहरीले केलाएको थियो। सीसीटिभी फुटेजमा समेत शव लगेको वा खोलामा फालेको जस्ता कुनै गतिविधि नै नदेखिएको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर भक्तपुरका एक जुनियर प्रहरी अधिकृत बताउँछन्।

तीन एसएसपी र दुई एसपी फेरिए, अनुसन्धान जहाँको त्यहीँ
टाउको बिनाको उक्त शवको शुरुआती अनुसन्धान अपराध महाशाखाका एसएसपी सहकुलबहादुर थापा र भक्तपुरका एसपी सविन प्रधानबाट भएको थियो। अहिले महाशाखामा एसएसपी थापापछि थप दुई एसएसपीले नेतृत्व सम्हालिसकेका छन्।

शव भेटिएको बेलाका एसएसपी थापा डीआईजी भएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत छन्। उनीपछि महाशाखामा एसएसपी दीपक थापाले जिम्मेवारी सम्हाले। अहिले एसएसपी चन्द्रकुवेर खापुङले महाशाखाको नेतृत्व गरिरहेका छन्। तर, घटनाको अनुसन्धान प्रगति भने जहाँको त्यहीँ छ।

महाशाखाका जघन्य अपराध हेर्ने पिलरका एक अधिकारी भन्छन्, ‘शवको सनाखत नै नभएको अवस्थामा अनुसन्धान अघि बढ्न गाह्रो हुन्छ। यो केसमा भएको त्यही हो। अहिलेसम्म मृतक नै आइडेन्टीफाई हुन सकेको छैन।’

उता भक्तपुर परिसरमा पनि एसपी सविन प्रधानपछि एसपी तारादेवी थापाले नेतृत्व सम्हालिरहेकी छिन्। तर, अनुसन्धान भने शुरुआाती अवस्थामै अवस्था छ।

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ०८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्