• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चले दियो ओलीलाई एकैदिन तीन झड्का

64x64
नेपाल लाइभ बिहीबार, जेठ २७, २०७८  २२:२२
1140x725

काठमाडौं- प्रधानमन्त्री एवं सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट एकै दिन तीन झड्का बेहोरेका छन्। स्वेच्छाचारी शैलीमा शासन गरिरहेको आरोप खेपेका प्रधानमन्त्री ओलीलाई अदालतका दुई फैसलाबाट भएका तीनवटा निर्णयले अप्ठ्यारोमा पार्ने देखिएको छ। 

ओलीको  सिफारिसपछि राष्ट्रपति भण्डारीले जारी गरेदेखि नै विवादित बनेको नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले बिहीबार अन्तरिम आदेश जारी गरेको छ। तीन महिनादेखि अस्तित्वमा रहेको नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीका निर्णय अवैधानिक ठहरिएका छन् र ‘फ्लोर क्रस’ गरेर अर्कै पार्टीको सांसदलाई मुख्यमन्त्री बनाएका कर्णाली प्रदेशका चार सांसदलाई गरिएको कारबाही अवैधानिक ठहर गरिएको छ। 

यो पनि पढ्नुहोस्

ओलीले कारबाही गरेका कर्णालीका चार एमाले सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेशबिहीबार, जेठ २७, २०७८

नागरिकता विधेयकमा रोक : सहमति पनि समस्यामा
सर्वोच्च अदालतले बिहीबार अन्तरिम आदेश जारी गर्दै नागरिकता सम्बन्धी अध्यादेश २०७८ लाई तत्काल कार्यान्वयन नगर्न भनेको छ। नागरिकता अध्यादेशबाट अमुक राजनीतिक उद्देश्य प्राप्ती गर्न खोजिएको पनि सर्वोच्चले आफ्नो आदेशमा उल्लेख गरेको छ।  प्रतिनिधि सभा विघटन गरिएलगत्तै अर्को दिन अध्यादेश जारी गरिनुलाई सहज, सामान्य वा नियमित अभ्यास मान्न नसकिने पनि सर्वोच्चले ठहर गरेको छ। 

सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेशलाई छद्‌म विधायन समेत भनेको छ। शासकीय सुविधा वा अमुक राजनीतिक उद्देश्य प्राप्तीका लागि विधायिका (संसद)लाई छलेर अध्यादेश जारी गर्दा त्यसबाट विधायिकाको अधिकार र प्रभावकारितामा अनुचित हस्तक्षेप गरेको अवस्था पैदा हुनेतर्फ पनि सर्वोच्चले सचेत गराएको छ। 

नागरिकता दिने सम्बन्धमा नीतिगत व्यवस्था गर्ने विषय महत्वपूर्ण र सम्वेदनशील कुरा भएकाले त्यस्तो विषयमा व्यवस्थापिकाबाट निर्मित कानुनकै आधारमा नियमन र व्यवस्थित गरिनु वाञ्छनीय हुने सर्वोच्चको ठहर छ। 

नागरिकता विधेयक जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षसँगको सहमतिको उपज हो। उनीहरुको माग कार्यान्वयन गर्न विधेयक ल्याइएको  थियो। सत्ता संकटमा परेपछि उक्त समूहको सहायता लिनुपरेको थियो। विधेयकमा रोक लागेसँगै उनीहरुको सहयात्रा पनि संकटमा पर्न सुरु हुनेछ। 
यसैगरी विधायिकाको अधिकार र प्रभावकारितामा अनुचित हस्तक्षेप भनेर आगामी दिनमा आउने यस्ता विधेयकको बाटो समेत यसले रोकेको छ।

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले दिएन मान्यता, भन्यो- त्यो आधिकारिक पार्टी संरचना होइनबिहीबार, जेठ २७, २०७८

दशौं महाधिवेशन आयोजक कमिटीको निर्णय अवैधानिक 
नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले गरेका निर्णय सर्वोच्च  अदालतले ‘अवैधानिक’ ठहर्‍याएको छ। कर्णाली प्रदेशका चार सांसदहरुको रिटमाथि सुनुवाई गर्ने क्रममा सर्वोच्चले एमालेले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेपछि भएको कारबाहीसम्बन्धी निर्णयलाई कानुनी मान्यता नदिएको हो।

उनीहरुलाई केन्द्रीय कमिटीबाट नभइ दशौं महाधिवेशन आयोजक कमिटीबाट निष्कासन गरेको सर्वोच्चको आदेशमा उल्लेख छ। भनिएको छ, 'निवेदकहरुलाई कर्णाली प्रदेश सभा सदस्य र कर्णाली संसदीय दलको सदस्यबाट हटाउने तथा निष्कासन गर्ने कार्य नेकपा एमालेबाट नभइ नेकपा एमाले दशौ राष्ट्रिय महाधिवशेन आयोजक कमिटीबाट भएको भन्ने देखिन्छ। निवेदकहरु आवद्ध राजनीतिक दल नेकपा एमाले रहेको देखिन्छ।'  

nimb
nimb
Ncell 2
Ncell 2

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा २ मा केन्द्रीय समितिले दलबाट निष्कासन गर्ने रहेको फैसलामा उल्लेख छ। 

एमालेको दशौं महाधिवशेन आयोजक कमिटी केन्द्रीय समितिबाटै रुपान्तरित हो। केन्द्रीय समितिकै अधिकार भएको र भूमिकामा रहेको यसलाई कानुनी रुपमा स्वीकार नगरेसँगै यसले गरेका अन्य निर्णय समेत प्रभावित हुनसक्छन्।  

तीन महिनादेखि नेकपा एमालेको केन्द्रीय कमिटी अहिले अस्तित्वमा छैन। नेपाल पक्षका पदाधिकारी धेरै भएका कारण केन्द्रीय कमिटीलाई आयोजक कमिटी बनाइएको थियो। फेरि उही कमिटी ब्युताउनुपर्ने बाध्यता ओलीलाई छ। नेपाल पक्षको माग रहेको यो निर्णयले ओलीलाई राजनीतिक रुपमा ‘ब्याक’ गरेको छ।

यो पनि पढ्नुहोस्

जो पनि मन्त्री : संविधानको मर्म एकातिर, प्रधानमन्त्री ओली अर्कैतिरबिहीबार, जेठ २७, २०७८

चारजना पुन:बहाली भए, अब ११ पनि स्वतः बहाली? 
सर्वोच्च अदाललते कर्णाली प्रदेश सभाका चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ। बिहीबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पुनर्बहाली गर्न आदेश दिएको हो। 

उनीहरूलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन भनिएको छ।

प्रदेश सभामा पार्टीको ह्वीप उल्लंघन गरेर माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै एमाले को ओलीपक्षले उनीहरुलाई सांसद र पार्टीको सदस्य नरहनेगरी कारबाही गरेको थियो। यी चारैजना सांसद माधवकुमार नेपाल पक्षका हुन्। 

यो आदेशको असर केन्द्रमा समेत पर्ने कतिपयको विश्लेषण छ। यही आयोजक कमिटीले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई एमालेको साधारण सदस्य समेत नरहेने गरी कारबाही गरेको थियो। अदालतको यो निर्णयसँगै उक्त कारबाही पनि अवैधानिक हुने माधव नेपाल पक्षका केही नेताहरु बताउँछन्। 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  २२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
यस्तो रहनेछ आज देशभरको मौसम
सम्बन्धित सामग्री
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमश... शनिबार, वैशाख १९, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश सरकारकाे सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेकाे राष्ट्र... शुक्रबार, वैशाख १८, २०८३
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्‍यो : सभापति थापा नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै वास्तविक सुकुम्वासीको पहिचान नै नगरी डोजर लगाएकोप्रति आपत्ति जनाए। शुक्रबार, वैशाख १८, २०८३
ताजा समाचारसबै
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना शनिबार, वैशाख १९, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन शनिबार, वैशाख १९, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्