• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ११, २०८३ Mon, May 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जो पनि मन्त्री : संविधानको मर्म एकातिर, प्रधानमन्त्री ओली अर्कैतिर

डेढ दर्जन पटक हेरफेर, ६७ जना मन्त्री!
64x64
किशोर दहाल बिहीबार, जेठ २७, २०७८  २१:४५
1140x725

काठमाडौं– फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी ब्युँतिए। त्यसपछि माओवादी केन्द्रका धेरै नेता कार्यकर्ता एमाले प्रवेश गरे। संघीय सांसद्‌देखि प्रदेश सभा सदस्यसम्मले त्यसरी आफ्नो पार्टी परित्याग गरेर एमाले प्रवेश गरे। तिनैमध्येकी एक हुन्, ज्वालाकुमारी साह। प्रदेश २ मा उनी लगायत चार माओवादी सांसद् एमालेतिर लागेका थिए। पार्टी परित्याग गरेपछि उनीहरुलाई माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोध्यो। जवाफ नआएपछि पदमुक्त गर्न प्रक्रिया अगाडि  बढायो। परिणामतः गत चैत ३० गते साह सहित चारै जनाले सांसद् पद गुमाए।

उनी साह दुई महिना नबित्दै संघीय मन्त्रिपरिषद्को सदस्य हुन पुगेकी छिन्। बिहीबार गरिएको मन्त्रिपरिषद् विस्तारमा उनी कृषि तथा पशुपन्छी विकास मन्त्री बनेकी छिन्। यसरी माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेकी उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कृत गरेका हुन्।

त्यस्तै, तत्कालीन नेकपा (माओवादी) सँग आबद्ध भएता पनि राजनीतिक गतिविधिमा नलागेकी नैनकला थापा पनि मन्त्री बनाइएकी छिन्। पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुनुबाहेक उनी मन्त्री बन्नुपर्ने गरी सार्वजनिक औचित्य यतिबेला पुष्टि हुँदैन। त्यसैले हुनुपर्छ, बादलले गत जेठ ६ गते मन्त्री पद गुमाएसँगै श्रीमतीलाई पालो दिइएको चर्चा सामाजिक सञ्जालमा यतिबेला चलेको छ। रघुवीर महासेठ र जुलीकुमारी महतोलाई पनि यसैगरी पालैपालो मन्त्री बनाइएको थियो। जेठ २१ सम्म मन्त्री रहेकी महतो पदमुक्त भएसँगै सोही दिन महासेठलाई मन्त्री बनाइएको थियो।

सर्वोच्च अदालतमा मुद्दा विचराधीन रहेका नारदमुनी राना पनि मन्त्री बनाइएका छन्। तत्कालीन संविधान सभाका सदस्य एवं व्यवस्थापिका संसद्का सांसद्को हैसियतमा प्राप्त भएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग गरी मानव तस्करी गरेको मुद्दा सर्वोच्चमा पेसी चढ्ने र मुद्दाका विवरण मगाउने आदेश हुँदै आएको छ। अन्तिम सुनुवाइका लागि योग्य भएको यो मुद्दा कोरोनाका कारण देशभर लकडाउन भएपछि अघिल्लो वर्ष पेसीमा चढ्न सकेको  थिएन।

२१ गतेको मन्त्रिपरिषद् विस्तारमा पनि ओलीले ‘क्लिन फेस’ ल्याउन सकेका थिएनन्। २०७६ मंसिर ४ मा गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा बर्खास्त गरिएका तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई पुनः मन्त्री बनाइएको थियो। त्यतिबेला उनी ठेक्कापट्टा, कमिसन, कर्मचारी सरुवा जस्ता विषयमा बदनाम बनेका थिए। तर आफैंले अक्षमताको धब्बा लगाएका व्यक्तिलाई पुनः मन्त्री बनाइयो। मन्त्री मात्रै बनाइएन, उपप्रधानमन्त्री र तेस्रो बरियता दिलाएर ‘पुरस्कृत’ गरियो। अर्का मन्त्री शेरबहादुर तामाङ पनि पहिले ओली सरकारमै मन्त्री थिए। विवादित अभिव्यक्ति दिएका कारण पद गुमाएका उनी पुनः मन्त्र बन्न आइपुगे। २०६८ सालमा विवादित अभिव्यक्ति दिएका कारण पदमुक्त गरिएका शरतसिंह भण्डारी पनि मन्त्री बनाइए।

आफ्नै मन्त्रिपरिषद्‌बाट गठन भएको न्यायिक जाँचबुझ आयोगले भ्रष्टाचार मुद्दा चलाउन सिफारिस गरेका अनिलकुमार झालाई पनि ओलीले २१ गतेको मन्त्रिपरिषद् विस्तारमार्फत खानेपानीमन्त्री बनाए। तत्कालीन उद्योगमन्त्री झा विराटनगर जुट मिलको सम्पति हडप्ने प्रपञ्चमा संलग्न रहेको ठहर आयोगले गरेको थियो।

त्यस्तै, २०७७ पुस १० मा मन्त्रिपरिषद् विस्तार गर्दा दावा लामा मन्त्री बनाइए। २०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा लामा सिन्धुपाल्चोक– २ (ख) मा पराजित भएका थिए। उनी नेपाली कांग्रेसका उम्मेदवार निमा लामासँग पराजित भएका थिए। उनी माओवादी केन्द्रमा छँदा रामबहादुर थापा बादल निकट थिए। पुस ५ मा प्रतिनिधि सभा विघटन गरिएपछि बादलले ओलीलाई साथ दिए। त्यसपछि लामा पनि उतै लागे। आफूतिर आएका लामालाई ओलीले मन्त्री बनाएर पुरस्कृत गरे।

यो पनि पढ्नुहोस्

nimb
nimb
Ncell 2
Ncell 2
‘ओली दृष्टि’ : पहिले अक्षम र विवादित मन्त्री, अहिले तिनै क्षमतावान् !शनिबार, जेठ २२, २०७८

संविधानको मर्म र अदालतको आदेशको बेवास्ता
नेपालको संविधानमा मन्त्रिपरिषद् गठनसम्बन्धमा केही प्रावधान उल्लेख छ। जसमध्ये, यसको आकार बढीमा २५ सदस्यीय हुने पनि पनि एक हो। पटकपटक गरिएको मन्त्रिपरिषद्‌मा सो आकार नाघिएको त छैन। तर २०७४ फागुनयता ६७ जना मन्त्री भइसकेका छन्। २०७४ सालमा  गठित मन्त्रिपरिषद्का एक मात्र सदस्यको रुपमा केपी ओली निरन्तर छन्, बाँकी सबै फेरिएका छन्। महासेठ र तामाङ पुनः मन्त्री भएका हुन्।

अर्को महत्त्वपूर्ण प्रावधान, मन्त्री हुनको लागिसंघीय संसद्को सदस्य हुनुपर्ने छ। तर ६ महिनाभित्र सांसद् बन्ने सर्तमा संघीय संसद्को सदस्य नभएको व्यक्ति पनि मन्त्री हुन पाउने व्यवस्था छ। राष्ट्रिय सभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारी सरकारलाई र राज्यलाई आपतकाल परेको स्थितिमा सजिलोसँग काम गर्न सकोस् भनेर संविधानमा कतिपय प्रावधान राखिने र सांसद् नभएकालाई पनि मन्त्री बनाउन सक्ने प्रावधान त्यसैअनुसार राखिएको बताउँछन्। 'त्यो धाराको अर्थ कोही क्षमतावान्‌लाई सांसद् नभए पनि मन्त्री बनाउनुपर्ने अवस्था आयो भने बनाउन सकियोस् भन्ने हो। तर, त्यो कहिलेकाहीँ आपतै पर्दा एक/दुई जनाको हकमा हो', उनी भन्छन्, 'जम्मैका जम्मै मन्त्रीहरू सांसद् बेगरको बनाउनु भनेको संसदीय व्यवस्थाको विरुद्धमा हो।'

यो पनि पढ्नुहोस्

गैरसांसद्लाई ‍मन्त्री पद : संविधानमाथि नै बेइमानीसोमबार, वैशाख ६, २०७८

प्रतिनिधि सभा विघटन गरेपछि ओलीले जेठ २१ र जेठ २७ गते गरेको विस्तारमा उनी सहित पाँच जनाले पूर्ववत् मन्त्रिपरिषद् सदस्यको रुपमा निरन्तरता पाएका हुन्। बाँकी सबै गैरसांसद्लाई मन्त्री बनाइएको हो। यसरी हेर्दा २५ सदस्यीय मन्त्री परिषद्‌मा २० जनालाई गैरसांसद्कै हैसियतमा मन्त्री बनाइएको हो। मन्त्रिपरिषद्को आकारमा त्यो संख्या ८० प्रतिशत हुन आउँछ। बिडारीले भनेजस्तो ‘कहिलेकाहीँ आपतै पर्दा एक/दुई जनाको हकमा’ भन्ने संविधानको मर्म यहाँ लागू भएको छैन।

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल प्रधानमन्त्री ओलीलाई जनता, पद्धति र जवाफदेहीतासँग मतलब नै नभएको बताउँछन्। ‘अहिलेको प्रधानमन्त्री त संसद्ले विश्वास नगरेको प्रधानमन्त्री हुन्। उनी राष्ट्रपतिको कृपाले पदमा आसिन छन्। उनलाई के नियम, के कानुन?’, उनको भनाइ छ।

अझ अनौठो कुरा, ओलीले गत जेठ २१ गते गरिएको मन्त्रिपरिषद् विस्तार विरुद्ध परेको मुद्दा सर्वोच्चमा विचराधीन छ। जेठ २४ जेठमावरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी,  कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्र प्रसाद शाहले सर्वोच्चमा रिट दायर गरेका थिए।रिटमाथि सुनुवाइ गर्दै जेठ २७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। साथैअसार ८ मा छलफलमा आउन सरकार पक्षलाई भनेको छ। तर, अघिल्लो पटककै विस्तारको जवाफ दिने होइन, मन्त्रिपरिषद्‌मा पुनः सदस्य थपेर उनले अदालतमा विचराधीन मुद्दालाई बेवास्ता गरिदिएका छन्।

मुद्दा दायरकर्ता त्रिपाठी यो सरकार संविधानको घेरा र अनुशासनभन्दा बाहिर गइसकेको टिप्पणी गर्छन्। ‘यो सरकार पूर्णरुपमा संविधानको घेरा र अनुशासनभन्दा बाहिर गइसकेको बेलगाम घोडा जस्तो भइसकेको छ’, उनले भने।

कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नपाउने त्रिपाठी बताउँछन्। ‘यो कामचलाउ सरकार हो। संविधानमा नै अर्को मन्त्रिपरिषद् नभएसम्म सो (कामचलाउ) मन्त्रिपरषद्ले काम गर्ने छ भनिएको छ। संसारभरी नै दैनिक प्रशासनिक काम गर्नेभन्दा बाहेक कामचलाउ सरकारलाई थप काम गर्ने अधिकार हुँदैन। नयाँ नियुक्ति गर्ने र मन्त्रीहरु थप्ने अधिकार हुँदैन’, उनी भन्छन्।

यो पनि पढ्नुहोस्

 
 

ओली शैली : स्थिरता दिने वाचा गर्ने, मन्त्री फेरिरहनेशुक्रबार, जेठ २१, २०७८

डेढ दर्जनपटक हेरफेर, ६७ जना मन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसयता उनको मन्त्रिपरिषद्‌मा डेढ दर्जनपटक हेरफेर भइसकेको छ। ठूलो संख्यामा मन्त्रीहरु बर्खास्त गर्ने र नियुक्त गर्ने मात्रै होइन, एक–दुई जना मन्त्री राख्ने हटाउने काम पनि पटकपटक भइरहेको छ। रिक्त मन्त्रालयको जिम्मेवारी आदानप्रदान पनि त्यसै गरी भइरहेका छन्। मन्त्रिपरिषद्‌मा गरिएका केही मुख्य हेरफेर यसप्रकार छ–

२०७४ फागुन ३– प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त। लालबाबु पण्डित र थममाया थापासहितको मन्त्रिपरिषद् गठन।
२०७४ फागुन १४– मन्त्रिपरिषद्‌मा चार सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापा, मातृका यादव र डा युवराज खतिवडा नियुक्त।
२०७४ चैत २– प्रदीपकुमार ज्ञवाली, बर्षमान पुन, गिरिराजमणि पोखरेल, रघुवीर महासेठ, गोकर्ण विष्ट, शक्तिबहादुर बस्नेत, जगतबहादुर सुनार (विश्वकर्मा), रवीन्द्र अधिकारी, शेरबहादुर तामाङ, चक्रपाणी  खनाल, बीना मगर, पद्माकुमारी अर्याल, गोकुलप्रसाद बाँस्कोटा, धनबहादुर बुढा, रामकुमारी चौधरी नियुक्त।

२०७५ जेठ १८– उपेन्द्र यादव, मोहम्मद इस्तियाक राई नियुक्त।
२०७५ साउन १८– शेरबहादुर तामाङले राजीनामा दिएपछि रिक्त रहेको कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त। सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त।

२०७६ साउन १५– रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको पर्यटन मन्त्रालयमा योगेश भट्टराई नियुक्त।
२०७६ मंसिर ४– मन्त्रिपरिषद्‌मा व्यापक हेरफेर। कतिपय मन्त्रीको मन्त्रालय हेरफेर। हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, बसन्तकुमार नेम्वाङ, पार्वत गुरुङ, मोतीलाल दुगड, नवराज रावत, रामवीर मानन्धर नियुक्त। 
२०७६ फागुन ५– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको रुपमा शिवमाया तुम्बाहाङ्फे नियुक्त।
२०७६ फागुन २१– राजीनामा दिएका युवराज खतिवडालाई पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त।

२०७७ असोज २८– मन्त्रिपरिषद्‌मा हेरफेर। विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, लिलानाथ श्रेष्ठ नियुक्त। ईश्वर पोखरेल रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा।
२०७७ पुस १०– पुस ५ प्रतिनिधि सभा विघटन गरिएपछि सात जना मन्त्रीहरुले राजीनामा दिएका कारण मन्त्रालयहरु रिक्त भएकाले पुस १० मा मन्त्रिपरिषद् पुनर्गठन। टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी, गणेशसिंह ठगुन्ना, प्रेमबहादु आले, जुलीकुमारी महतो, दाबा लामा तामाङ, विमला विक नियुक्त।
२०७७ चैत २७– एमाले प्रवेश गरेका कारण माओवादीले सांसद्‌बाट हटाइदिएका कारण पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी पुनः नियुक्त।

२०७८ वैशाख ५– एमाले प्रवेश गरेका कारण माओवादीले सांसद्‌बाट हटाइदिएका कारण पदमुक्त भएका रामबहादुर थापा पुनः नियुक्त।
२०७८ वैशाख ३१– संविधानको धारा ७६ (३) अनुसार पुनः प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुरानै मन्त्रीहरुलाई निरन्तरता दिएर मन्त्रिपरिषद् गठन।
२०७८ जेठ २१– मन्त्रिपरिषद्‌मा व्यापक हेरफेर। मौजुदा मन्त्रिपरिषद्‌का प्रधानमन्त्री सहित पाँच जना मन्त्री मात्रै निरन्तर। राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, एकवाल मिया, चन्द्रकान्त चौधरी, रेणुका गुरुङ नियुक्त। यसअघि पदमुक्त भएका रघुवीर महासेठ र शेरबहादुर तामाङ पुनः नियुक्त।
२०७८ जेठ २७– मौजुदा मन्त्रिपरिषद्‌मा ८ जना सदस्य थप। खगराज अधिकारी, राजकिशोर यादव, नैनकला थापा, ज्वालाकुमारी साह, नारदमुनी राना, गणेशकुमार पहाडी, मोहन बानियाँ, आशाकुमारी विक नियुक्त।

समयक्रम अनुसार मन्त्री बनेकाहरुः

  • केपी शर्मा ओली
  • लालबाबु पण्डित
  • थममाया थापा
  • ईश्वर पोखरेल
  • रामबहादुर थापा
  • मातृकाप्रसाद यादव
  • युवराज खतिवडा
  • प्रदीपकुमार ज्ञवाली
  • बर्षमान पुन
  • गिरिराजमणि पोखरेल
  • रघुवीर महासेठ
  • गोकर्ण विष्ट
  • शक्तिबहादुर बस्नेत
  • जगतबहादुर सुनार
  • रवीन्द्र अधिकारी
  • शेरबहादुर तामाङ
  • चक्रपाणी खनाल
  • वीना मगर
  • पद्माकुमारी अर्याल
  • गोकुलप्रसाद बाँस्कोटा
  • धनबहादुर बुढा
  • रामकुमारी चौधरी
  • उपेन्द्र यादव
  • मोहम्मद इश्तियाक राई
  • सुरेन्द्र यादव
  • योगेश भट्टराई
  • भानुभक्त ढकाल
  • हृदयश त्रिपाठी
  • घनश्याम भुसाल
  • लेखराज भट्ट
  • रामेश्वर राय यादव
  • बसन्तकुमार नेम्वाङ
  • पार्वत गुरुङ
  • मोतीलाल दुगड
  • नवराज रावत
  • रामवीर मानन्धर
  • शिवमाया तुम्बाहाङ्फे
  • विष्णु प्रसाद पौडेल
  • कृष्ण गोपाल श्रेष्ठ
  • लिलानाथ श्रेष्ठ
  • टोपबहादुर रायमाझी
  • प्रभु साह
  • मणिचन्द्र थापा
  • गौरीशंकर चौधरी
  • गणेशसिंह ठगुन्ना
  • प्रेमबहादुर आले
  • जुलीकुमारी महतो
  • दावा लामा तामाङ
  • विमला विक
  • राजेन्द्र महतो
  • शरतसिंह भण्डारी
  • अनिलकुमार झा
  • लक्ष्मणलाल कर्ण
  • विमलप्रसाद श्रीवास्तव
  • उमाशंकर अरगरिया
  • चन्दा चौधरी
  • एकवाल मिया
  • चन्द्रकान्त चौधरी
  • रेणुका गुरुङ
  • खगराज अधिकारी
  • राजकिशोर यादव
  • नैनकला थापा
  • ज्वालाकुमारी साह
  • नारदमुनी राना
  • गणेशकुमार पहाडी
  • मोहन बानियाँ
  • आशाकुमारी विक

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  २१:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी कार्यक्रममा बोल्दै उनले समाजमा लैंगीक समानता कायम न... आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण धनगढीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र सहकार्य र समन्वयको आवश्यकता औँल्याउँदै वर्तमान राजनीतिक परिस्थितिमा नेपाली... आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा काठमाडौँमा आयोजित कार्यक्रममा अभियानको औपचारिक घोषणा गर्दै ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो। आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्