• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली शैली : स्थिरता दिने वाचा गर्ने, मन्त्री फेरिरहने

64x64
किशोर दहाल शुक्रबार, जेठ २१, २०७८  २२:५१
1140x725

काठमाडौं- २०७३ भदौमा उपचारका लागि बैंकक प्रस्थान गर्नुअघि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरे- एक महिना बित्न लाग्दा त प्रचण्डजीले मन्त्रिपरिषद् गठन गर्न सक्नुभएको छैन। अरु के गर्नुहोला? कति महिना मन्त्रिपरिषद् विस्तार गर्न लाग्ने हो?

प्रतिपक्षमा रहँदा तीखा आलोचनामा रमाउने उनले आफू पदमा हुँदा अपनाएको कार्यशैलीको आलोकमा अरुको समीक्षा गर्दैनन्, न त आफू पदमा पुगेपछि प्रतिपक्षमा हुँदा आफैंले गरेको आलोचनालाई ख्याल गरेर काममा सजगता अपनाउँछन्। २०७३ साउनमा प्रधानमन्त्री पद गुमाएका उनले वैशाख १५ मा विराज विष्टलाई हटाएर रेशमबहादुर लामालाई सहायकमन्त्री बनाएका थिए। अर्थात् उनको मन्त्रिपरिषद् विस्तार अभियान सातौँ महिनासम्म जारी थियो।

२०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले फागुन १४, चैत २, २०७५ जेठ १८, साउन १८, फागुन १६, २०७६ साउन १५, मंसिर ४, फागुन ५, फागुन ८, फागुन २१, २०७७ असोज  २८, पुस १०, चैत २७, २०७८ वैशाख ५ मा मन्त्रिपरिषद्‌‍मा सदस्य थप्ने तथा मन्त्रालय हेरफेर गर्ने काम गरे। २०७८ वैशाख ३० गते पुनः प्रधानमन्त्री नियुक्त भएका उनले ३१ गते पुरानै सदस्यहरुलाई निरन्तरता दिएर मन्त्रिपरिषद् गठन गरे। जेठ ७ गते र जेठ २१ गते सदस्य थपिएका तथा हेरफेर गरिएका छन्।

स्थिर सरकारको नारा दिएर चुनावमा विजय हासिल गरेका ओलीले आफूबाहेक सबै सदस्यहरुलाई परिवर्तन गरिसकेका छन्। उनको कुर्सीबाहेक अन्य सबैको कुर्सी अस्थिर बनाएका छन्। शेरबहादुर तामाङ र रघुवीर महासेठजस्ता एक पटक बाहिरिएका सदस्यहरुलाई पुनः मन्त्री बनाएका छन्। ओलीको यस्तो शैलीले पद गुमाउने र नियुक्ति दिइने कुरामा उनी गैरजिम्मेवार रहेको देखिन्छ।

कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा मन्त्री हेरफेरको रेकर्ड नै कायम भएको छ। सुरुआतमा शेरबहादुर तामाङले सम्हालेको कानुन मन्त्रालय भानुभक्त ढकाल (साउन २८, २०७५), उपेन्द्र यादव (मंसिर ४, २०७६), पुन: ढकाल (पुस २५, २०७६), शिवमाया तुम्बाहाङ्फे (फागुन ५, २०७६) हुँदै अहिले लिलानाथ श्रेष्ठ (२०७७ पुस १० देखि) ले सम्हालिरहेका छन्। मन्त्री परिवर्तन गरिँदा अन्य संवेदनशीलतालाई ख्याल गरिएको छैन। जस्तो महामारीकै बीचमा पनि स्वास्थ्य मन्त्रालयमा नेतृत्व हेरफेर गरिएको छ। सुरुआतमा पद्माकुमारी अर्यालले राज्यमन्त्रीको रुपमा नेतृत्व गरेको सो मन्त्रालय सम्हाल्न उपेन्द्र यादव आइपुगे। २०७६ मंसिर ४ मा गरिएको हेरफेरबाट सो मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकालकोमा पुग्यो। २०७७ पुस १० मा हृदयश त्रिपाठीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाले। शुक्रबार गरिएको हेरफेरमा सो मन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङको काँधमा आइपुगेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

एउटै मन्त्रिपरिषद्‌मा भानुभक्त ढकालले अनेक मन्त्रालयको नेतृत्व सम्हाल्नुपर्‍यो। उनी शेरबहादुर तामाङको बहिर्गमनसँगै २०७५ साउन २८ गते कानुन मन्त्री भनेका थिए। २०७६ मंसिर ४ मा उनी स्वास्थ्य मन्त्री बने। उपेन्द्र यादको बहिर्गमनपछि उनले कानुन मन्त्रालयको  जिम्मेवारी पनि सम्हाले। २०७७ पुस १० गतेपछि उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री  बने।

मन्त्रिपरिषद्‌‍मा यति धेरै उथपपुथल सिर्जना गर्दा पनि कैयौँ महत्त्वपूर्ण मन्त्रालयमा मन्त्री नतोकी प्रधानमन्त्री आफैंले जिम्मेवारी लिएका छन्। प्रभावकारी कामका लागि सम्बन्धित मन्त्री आवश्यक पर्ने यथार्थलाई उनले बेवास्ता गरिरहेका छन्। शुक्रबार गरिएको पुनर्गठनमा उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, गृह मन्त्रालय, रक्षा, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन्। गत जेठ ६ गते सर्वोच्च अदालतले गैरसांसद्हरुलाई मन्त्रीमा गरिएको नियुक्तिलाई असंवैधानिक भनिदिएपछि कैयौँ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले ने सम्हालेका थिए।

मन्त्री र मन्त्रालय परिवर्तन मात्रै होइन, सत्ता साझेदार पनि फेरिएका फेरियै छन्। सुरुआतमा एमाले र माओवादी केन्द्र मिलेर सरकार गठन गरेका थिए। तर, २०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन गरिएपछि सरकारमा रहेका प्रायः मन्त्रीहरुले राजीनामा दिए। नदिएकाहरु एमाले प्रवेश गरे। एमाले र माओवादीले २०७५ जेठ ३ गते पार्टी एकीकरण गरे पनि २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एक फैसलामार्फत् एकता भंग गरिदियो। त्यसयता दुवै दलबीच तिक्त सम्बन्ध रहिआएको छ। गठबन्धनमा जोडिन आइपुगेको थियो, तत्कालीन संघीय समाजवादी फोरम। २०७५ जेठमा सरकारमा भित्रिएको सो पार्टी २०७६ पुसमा बाहिरियो।

शुक्रबारमात्रै जनता समाजवादी पार्टीका नेताहरु मन्त्री बनेका छन्। केही महिनायता ओलीका कदममा साथ दिँदै आएका जसपाका महन्थ ठाकुर पक्षका १० जना नेताहरु सरकारमा सहभागी भएका हुन्। सो पार्टीबाट ८ मन्त्री र २ राज्यमन्त्री बनेका छन्।

२०७२ सालमा प्रधानमन्त्री बन्दा ओलीले विभिन्न पार्टीका ६ जनालाई उपप्रधानमन्त्री बनाएका थिए। त्यसबाट पाठ सिक्दै २०७४ सालपछि उपप्रधानमन्त्री नबनाउने नीति लिए। तर, २०७५ जेठमा उपेन्द्र यादव सरकारमा भित्रिएसँगै उनलाई उपप्रधानमन्त्री बनाइयो। त्यसपछि एमालेकै ईश्वर पोखरेललाई पनि दोस्रो वरीयता सहित उपप्रधानमन्त्री बनाइयो। शुक्रबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा तीन जनालाई उपप्रधानमन्त्री बनाइएको छ। यसपटक उपप्रधानमन्त्री हुनेहरुमा विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो छन्।

गत जेठ ७ गते विघटन गरिएको  प्रतिनिधि सभा विघटनका विषयमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको  छ। त्यसको फैसलाको विषयमा अन्योल छ। प्रतिनिधि सभा पुनःस्थापित भयो भने नयाँ सरकार गठन हुने समीकरण देखिन्छ। पुनःस्थापित भएन भने पनि सरकारले कात्तिक र मंसिरलाई चुनावको मिति घोषणा गरेको छ। त्यसैले शुक्रबार मन्त्री बन्नेहरुको पदावधि खासै लामो हुने भने देखिँदैन।

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  २२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्