• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली शैली : स्थिरता दिने वाचा गर्ने, मन्त्री फेरिरहने

64x64
किशोर दहाल शुक्रबार, जेठ २१, २०७८  २२:५१
1140x725

काठमाडौं- २०७३ भदौमा उपचारका लागि बैंकक प्रस्थान गर्नुअघि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरे- एक महिना बित्न लाग्दा त प्रचण्डजीले मन्त्रिपरिषद् गठन गर्न सक्नुभएको छैन। अरु के गर्नुहोला? कति महिना मन्त्रिपरिषद् विस्तार गर्न लाग्ने हो?

प्रतिपक्षमा रहँदा तीखा आलोचनामा रमाउने उनले आफू पदमा हुँदा अपनाएको कार्यशैलीको आलोकमा अरुको समीक्षा गर्दैनन्, न त आफू पदमा पुगेपछि प्रतिपक्षमा हुँदा आफैंले गरेको आलोचनालाई ख्याल गरेर काममा सजगता अपनाउँछन्। २०७३ साउनमा प्रधानमन्त्री पद गुमाएका उनले वैशाख १५ मा विराज विष्टलाई हटाएर रेशमबहादुर लामालाई सहायकमन्त्री बनाएका थिए। अर्थात् उनको मन्त्रिपरिषद् विस्तार अभियान सातौँ महिनासम्म जारी थियो।

२०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले फागुन १४, चैत २, २०७५ जेठ १८, साउन १८, फागुन १६, २०७६ साउन १५, मंसिर ४, फागुन ५, फागुन ८, फागुन २१, २०७७ असोज  २८, पुस १०, चैत २७, २०७८ वैशाख ५ मा मन्त्रिपरिषद्‌‍मा सदस्य थप्ने तथा मन्त्रालय हेरफेर गर्ने काम गरे। २०७८ वैशाख ३० गते पुनः प्रधानमन्त्री नियुक्त भएका उनले ३१ गते पुरानै सदस्यहरुलाई निरन्तरता दिएर मन्त्रिपरिषद् गठन गरे। जेठ ७ गते र जेठ २१ गते सदस्य थपिएका तथा हेरफेर गरिएका छन्।

स्थिर सरकारको नारा दिएर चुनावमा विजय हासिल गरेका ओलीले आफूबाहेक सबै सदस्यहरुलाई परिवर्तन गरिसकेका छन्। उनको कुर्सीबाहेक अन्य सबैको कुर्सी अस्थिर बनाएका छन्। शेरबहादुर तामाङ र रघुवीर महासेठजस्ता एक पटक बाहिरिएका सदस्यहरुलाई पुनः मन्त्री बनाएका छन्। ओलीको यस्तो शैलीले पद गुमाउने र नियुक्ति दिइने कुरामा उनी गैरजिम्मेवार रहेको देखिन्छ।

कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा मन्त्री हेरफेरको रेकर्ड नै कायम भएको छ। सुरुआतमा शेरबहादुर तामाङले सम्हालेको कानुन मन्त्रालय भानुभक्त ढकाल (साउन २८, २०७५), उपेन्द्र यादव (मंसिर ४, २०७६), पुन: ढकाल (पुस २५, २०७६), शिवमाया तुम्बाहाङ्फे (फागुन ५, २०७६) हुँदै अहिले लिलानाथ श्रेष्ठ (२०७७ पुस १० देखि) ले सम्हालिरहेका छन्। मन्त्री परिवर्तन गरिँदा अन्य संवेदनशीलतालाई ख्याल गरिएको छैन। जस्तो महामारीकै बीचमा पनि स्वास्थ्य मन्त्रालयमा नेतृत्व हेरफेर गरिएको छ। सुरुआतमा पद्माकुमारी अर्यालले राज्यमन्त्रीको रुपमा नेतृत्व गरेको सो मन्त्रालय सम्हाल्न उपेन्द्र यादव आइपुगे। २०७६ मंसिर ४ मा गरिएको हेरफेरबाट सो मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकालकोमा पुग्यो। २०७७ पुस १० मा हृदयश त्रिपाठीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाले। शुक्रबार गरिएको हेरफेरमा सो मन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङको काँधमा आइपुगेको छ।

Ncell 2
Ncell 2

एउटै मन्त्रिपरिषद्‌मा भानुभक्त ढकालले अनेक मन्त्रालयको नेतृत्व सम्हाल्नुपर्‍यो। उनी शेरबहादुर तामाङको बहिर्गमनसँगै २०७५ साउन २८ गते कानुन मन्त्री भनेका थिए। २०७६ मंसिर ४ मा उनी स्वास्थ्य मन्त्री बने। उपेन्द्र यादको बहिर्गमनपछि उनले कानुन मन्त्रालयको  जिम्मेवारी पनि सम्हाले। २०७७ पुस १० गतेपछि उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री  बने।

मन्त्रिपरिषद्‌‍मा यति धेरै उथपपुथल सिर्जना गर्दा पनि कैयौँ महत्त्वपूर्ण मन्त्रालयमा मन्त्री नतोकी प्रधानमन्त्री आफैंले जिम्मेवारी लिएका छन्। प्रभावकारी कामका लागि सम्बन्धित मन्त्री आवश्यक पर्ने यथार्थलाई उनले बेवास्ता गरिरहेका छन्। शुक्रबार गरिएको पुनर्गठनमा उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, गृह मन्त्रालय, रक्षा, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन्। गत जेठ ६ गते सर्वोच्च अदालतले गैरसांसद्हरुलाई मन्त्रीमा गरिएको नियुक्तिलाई असंवैधानिक भनिदिएपछि कैयौँ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले ने सम्हालेका थिए।

मन्त्री र मन्त्रालय परिवर्तन मात्रै होइन, सत्ता साझेदार पनि फेरिएका फेरियै छन्। सुरुआतमा एमाले र माओवादी केन्द्र मिलेर सरकार गठन गरेका थिए। तर, २०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन गरिएपछि सरकारमा रहेका प्रायः मन्त्रीहरुले राजीनामा दिए। नदिएकाहरु एमाले प्रवेश गरे। एमाले र माओवादीले २०७५ जेठ ३ गते पार्टी एकीकरण गरे पनि २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एक फैसलामार्फत् एकता भंग गरिदियो। त्यसयता दुवै दलबीच तिक्त सम्बन्ध रहिआएको छ। गठबन्धनमा जोडिन आइपुगेको थियो, तत्कालीन संघीय समाजवादी फोरम। २०७५ जेठमा सरकारमा भित्रिएको सो पार्टी २०७६ पुसमा बाहिरियो।

शुक्रबारमात्रै जनता समाजवादी पार्टीका नेताहरु मन्त्री बनेका छन्। केही महिनायता ओलीका कदममा साथ दिँदै आएका जसपाका महन्थ ठाकुर पक्षका १० जना नेताहरु सरकारमा सहभागी भएका हुन्। सो पार्टीबाट ८ मन्त्री र २ राज्यमन्त्री बनेका छन्।

२०७२ सालमा प्रधानमन्त्री बन्दा ओलीले विभिन्न पार्टीका ६ जनालाई उपप्रधानमन्त्री बनाएका थिए। त्यसबाट पाठ सिक्दै २०७४ सालपछि उपप्रधानमन्त्री नबनाउने नीति लिए। तर, २०७५ जेठमा उपेन्द्र यादव सरकारमा भित्रिएसँगै उनलाई उपप्रधानमन्त्री बनाइयो। त्यसपछि एमालेकै ईश्वर पोखरेललाई पनि दोस्रो वरीयता सहित उपप्रधानमन्त्री बनाइयो। शुक्रबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा तीन जनालाई उपप्रधानमन्त्री बनाइएको छ। यसपटक उपप्रधानमन्त्री हुनेहरुमा विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो छन्।

गत जेठ ७ गते विघटन गरिएको  प्रतिनिधि सभा विघटनका विषयमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको  छ। त्यसको फैसलाको विषयमा अन्योल छ। प्रतिनिधि सभा पुनःस्थापित भयो भने नयाँ सरकार गठन हुने समीकरण देखिन्छ। पुनःस्थापित भएन भने पनि सरकारले कात्तिक र मंसिरलाई चुनावको मिति घोषणा गरेको छ। त्यसैले शुक्रबार मन्त्री बन्नेहरुको पदावधि खासै लामो हुने भने देखिँदैन।

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  २२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्