• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बौद्ध घटना : प्रहरीले हैरानीमात्रै पाउने किसिमको घटना त होइन?

हत्या, दुर्घटना वा मृत्युपछिको अवशेष?
64x64
नारायण अधिकारी मंगलबार, जेठ २५, २०७८  २०:०७
1140x725

काठमाडौं- मंगलबार बिहान बौद्धस्थित नयाँबस्तीमा भेटिएको मान्छेको घुँडाभन्दा मुनिको भागको बारेमा विभिन्‍न एंगलबाट प्रहरीले अनुसन्धान गरिरहेको छ।

करिब तीन साताअघिको जस्तो देखिएको उक्त घुँडाभन्दा मुनिको भागका बारेमा प्रहरीले अहिलेसम्म केही निष्कर्ष निकाल्न सकेको छैन। उक्त खुट्टाको भाग कहाँबाट आयो, कसले ल्यायो भन्दा पनि प्रहरी सुरुआती अनुसन्धान विन्दु त्यो खुट्टा कसको हो भन्‍नेमा केन्द्रित भएको छ। उक्त खुट्टामात्रै मान्छेको सनाखत भएमा अनुसन्धानले गति लिने भएकाले प्रहरीले खुट्टाको पहिचानका लागि अहिलेसम्म हराए भनेर उजुरी दिएका व्यक्तिको विवरण खोतल्न सुरु गरेको छ।

‘अनुसन्धानको सुरुआती विन्दु नै यो खुट्टा कसको हो भन्‍ने हुन्छ। यदि खुट्टाको आधारमा सनाखत भएको अवस्थामा अनुसन्धानले गति लिन्छ। त्यसपछि घटनाको वास्तविकता आइहाल्छ,’ घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले नेपाल लाइभसँग भने।

खुट्टामात्रै भेटिएको भनिए पनि अहिलेसम्म कोही पनि मेरो मान्छे हराएको थियो भनेर प्रहरीकहाँ पुगेका छैनन्। जसकारण अनुसन्धानले गति लिन सकेको छैन।

खुट्टाको मात्रै भाग भेटिएपछि प्रहरी मुख्यत: तीनवटा कुरामा केन्द्रित भएको छ- हत्या, दुर्घटना वा मुत्युपछिको अवशेषको भाग। यी तीन वटा कुरालाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। 

हत्या हुनसक्छ, तर सम्भावना न्यून
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले खुट्टा मात्रै भेटिएको व्यक्तिको हत्या भएको हुनसक्ने न्यून सम्भावना रहेको निष्कर्ष निकालेका छन्। हत्या भएको भए ती व्यक्ति करिब तीन सातादेखि आफन्तको सम्पर्कबाहिर हुन्छन्। घटना सार्वजनिक भएपछि उनीहरु सम्पर्कमा आउँछन्। तर, अहिलेसम्म कोही पनि सम्पर्कमा आएका छैनन्।

यो पनि पढ्नुहोस्

बौद्ध घटना: बोरामा प्याक गरिएको अवस्थामा शवको खुट्टा र घुडाको भाग मात्रै भेटियोमंगलबार, जेठ २५, २०७८

टाउको र शरीरका भाग नभेटिनु, खुट्टा मात्रै भेटिएकाले शव चिन्‍न सक्ने हुनाले अन्य भाग अन्यत्रै व्यवस्थापन गरेको र बाँकी भाग अहिले भेटिएको ठाउँमा व्यवस्थापन गरिएको पनि हुनसक्ने प्रहरी अनुमान छ। तर, यो सम्भावना भने न्यून देख्छन् अनुसन्धानमा संलग्न एक अधिकृत। ‘शव वरपर नभेटिनु र खुट्टा मात्रै घनाबस्तीको बीचमा भेटिनुले हत्यापछिको शव व्यवस्थापन हो भन्‍ने सम्भावना न्यून देखिन्छ,’ एक अनुसन्धान अधिकारीले भने, 'तर हत्याको पाटोलाई भने खुल्ला नै राखेर हामीले अनुसन्धान गरिरहेका छौं।’

दुर्घटनापछिको घटना हो त?
एउटा खुट्टाको घुँडामुनिको भाग मात्रै भेटिनुलाई प्रहरीले दुर्घटनापछिको घटनासँग जोडेर पनि अनुसन्धान गरेको छ। कुनै सवारी दुर्घटना वा अन्य दुर्घटनाका कारण खुट्टै काट्नुपर्ने कारणसमेत आउन सक्छन्। उपचारका क्रममा खुट्टा काट्नुपर्ने भएकाले अस्पतालले खुट्टा काटेर फाल्ने सम्भावना छ। यही सम्भावनालाई विश्लेषण गर्दै प्रहरीले यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

खुट्टाको मात्रै भाग भेटिएपछि प्रहरीले नजिकका अस्पतालहरुमा सोधपुछ गर्ने तयारीमा प्रहरी जुटेको छ। अस्पतालले खुट्टा काटेर फालेको र उक्त खुट्टा कुकुर वा कुनै जनावरले त्यहाँ लगेको हुनसक्ने विश्लेषण गरेर प्रहरीले यसतर्फ पनि अनुसन्धान अघि बढाएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

कि मृत्युपछिको अवशेष?
शव बोराभित्र भनिए पनि बोराभित्रै नभएको घटनास्थलमै खटिएका एक प्रहरी अधिकारीले नेपाल लाइभलाई बताए। ‘ठ्याक्कै बोराभित्रै भन्‍ने त देखिँदैन। बोराको मुखलाई छुएको अवस्थामा बाहिरै खुट्टा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्,’ ती अधिकारीले भने, ‘बोराभित्र खुट्टा नहुनुले हत्या नै हो भन्‍ने सम्भावना न्यून छ।’

भेटिएको भाग केही जलेको जस्तो देखिएको अनुन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन्। उक्त भाग जलेकै रहेछ भने यसले झनै हत्याभन्दा पनि मृत्युपछिको अवशेष हो भन्‍ने विश्लेषण प्रहरीले गरेको छ। ‘हत्या गरेर मान्छे जलाउन एकान्त ठाउँ चाहिन्छ। एकान्त ठाउँमा जलाएर घनाबस्तीमा खुट्टामात्रै फाल्ने सम्भावना कम देखिन्छ,' अनुसन्धानमा संलग्न ती अधिकारीले नेपाल लाइभसँग भने, ‘यो पाटोबाट हेर्दा हत्याको सम्भावना कम देखिन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हत्याको पाटो कम देखिनु र खुट्टाको केही भागसमेत जलेको जस्तो अवस्थामा देखिनुले मृत्युपछिको अवशेष हुनसक्नेतर्फ पनि प्रहरीले विश्लेषण गरेको छ। ‘अहिले दैनिक बागमतीमा सयौंको संख्यामा लासहरु जल्ने गरेका छन्। यहाँबाट बागमती नदी पनि नजिकै छ। जल्यो भनेर छोडिएको शवको केही अवशेष बाँकी रहेको र ती अवशेष कुनै जनावर वा कुकुरले ल्याएको हुनसक्ने सम्भावना पनि खाली छ,’ अनुसन्धानमा संलग्न अधिकारी बताउँछन्। प्रहरीले यो कोणबाट पनि घटनाको अनुसन्धान गरेको छ।

खुट्टाको डीएनए गरिने
भेटिएको खुट्टाको डीएनए गरिने प्रहरीले बताएको छ। त्यसका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइसकिएको प्रहरीले जनाएको छ। त्यसो त घटनास्थलमै शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोलीसमेत पुगेका थिए। पोस्टमार्टमसँगै गरिन लागिएको डीएनएको अर्थ भने महिला वा पुरुष छुटाउनका लागि मात्रै हो। यसबाट अनुसन्धानमा कुनै महत्त्वपूर्ण सहयोग भने हुँदैन। खुट्टा हेर्दा वयस्क मान्छेको जस्तो देखिएको छ।

तालिमप्राप्त कुकुरसहितको टोली पनि पुगे पनि कुनै प्रगति हुन सकेन। शव पुरानो भएकाले कुकुर स्निफिङले काम नगरेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  २०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्