• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बौद्ध घटना : प्रहरीले हैरानीमात्रै पाउने किसिमको घटना त होइन?

हत्या, दुर्घटना वा मृत्युपछिको अवशेष?
64x64
नारायण अधिकारी मंगलबार, जेठ २५, २०७८  २०:०७
1140x725

काठमाडौं- मंगलबार बिहान बौद्धस्थित नयाँबस्तीमा भेटिएको मान्छेको घुँडाभन्दा मुनिको भागको बारेमा विभिन्‍न एंगलबाट प्रहरीले अनुसन्धान गरिरहेको छ।

करिब तीन साताअघिको जस्तो देखिएको उक्त घुँडाभन्दा मुनिको भागका बारेमा प्रहरीले अहिलेसम्म केही निष्कर्ष निकाल्न सकेको छैन। उक्त खुट्टाको भाग कहाँबाट आयो, कसले ल्यायो भन्दा पनि प्रहरी सुरुआती अनुसन्धान विन्दु त्यो खुट्टा कसको हो भन्‍नेमा केन्द्रित भएको छ। उक्त खुट्टामात्रै मान्छेको सनाखत भएमा अनुसन्धानले गति लिने भएकाले प्रहरीले खुट्टाको पहिचानका लागि अहिलेसम्म हराए भनेर उजुरी दिएका व्यक्तिको विवरण खोतल्न सुरु गरेको छ।

‘अनुसन्धानको सुरुआती विन्दु नै यो खुट्टा कसको हो भन्‍ने हुन्छ। यदि खुट्टाको आधारमा सनाखत भएको अवस्थामा अनुसन्धानले गति लिन्छ। त्यसपछि घटनाको वास्तविकता आइहाल्छ,’ घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले नेपाल लाइभसँग भने।

खुट्टामात्रै भेटिएको भनिए पनि अहिलेसम्म कोही पनि मेरो मान्छे हराएको थियो भनेर प्रहरीकहाँ पुगेका छैनन्। जसकारण अनुसन्धानले गति लिन सकेको छैन।

खुट्टाको मात्रै भाग भेटिएपछि प्रहरी मुख्यत: तीनवटा कुरामा केन्द्रित भएको छ- हत्या, दुर्घटना वा मुत्युपछिको अवशेषको भाग। यी तीन वटा कुरालाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। 

हत्या हुनसक्छ, तर सम्भावना न्यून
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले खुट्टा मात्रै भेटिएको व्यक्तिको हत्या भएको हुनसक्ने न्यून सम्भावना रहेको निष्कर्ष निकालेका छन्। हत्या भएको भए ती व्यक्ति करिब तीन सातादेखि आफन्तको सम्पर्कबाहिर हुन्छन्। घटना सार्वजनिक भएपछि उनीहरु सम्पर्कमा आउँछन्। तर, अहिलेसम्म कोही पनि सम्पर्कमा आएका छैनन्।

यो पनि पढ्नुहोस्

बौद्ध घटना: बोरामा प्याक गरिएको अवस्थामा शवको खुट्टा र घुडाको भाग मात्रै भेटियोमंगलबार, जेठ २५, २०७८

टाउको र शरीरका भाग नभेटिनु, खुट्टा मात्रै भेटिएकाले शव चिन्‍न सक्ने हुनाले अन्य भाग अन्यत्रै व्यवस्थापन गरेको र बाँकी भाग अहिले भेटिएको ठाउँमा व्यवस्थापन गरिएको पनि हुनसक्ने प्रहरी अनुमान छ। तर, यो सम्भावना भने न्यून देख्छन् अनुसन्धानमा संलग्न एक अधिकृत। ‘शव वरपर नभेटिनु र खुट्टा मात्रै घनाबस्तीको बीचमा भेटिनुले हत्यापछिको शव व्यवस्थापन हो भन्‍ने सम्भावना न्यून देखिन्छ,’ एक अनुसन्धान अधिकारीले भने, 'तर हत्याको पाटोलाई भने खुल्ला नै राखेर हामीले अनुसन्धान गरिरहेका छौं।’

दुर्घटनापछिको घटना हो त?
एउटा खुट्टाको घुँडामुनिको भाग मात्रै भेटिनुलाई प्रहरीले दुर्घटनापछिको घटनासँग जोडेर पनि अनुसन्धान गरेको छ। कुनै सवारी दुर्घटना वा अन्य दुर्घटनाका कारण खुट्टै काट्नुपर्ने कारणसमेत आउन सक्छन्। उपचारका क्रममा खुट्टा काट्नुपर्ने भएकाले अस्पतालले खुट्टा काटेर फाल्ने सम्भावना छ। यही सम्भावनालाई विश्लेषण गर्दै प्रहरीले यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

खुट्टाको मात्रै भाग भेटिएपछि प्रहरीले नजिकका अस्पतालहरुमा सोधपुछ गर्ने तयारीमा प्रहरी जुटेको छ। अस्पतालले खुट्टा काटेर फालेको र उक्त खुट्टा कुकुर वा कुनै जनावरले त्यहाँ लगेको हुनसक्ने विश्लेषण गरेर प्रहरीले यसतर्फ पनि अनुसन्धान अघि बढाएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

कि मृत्युपछिको अवशेष?
शव बोराभित्र भनिए पनि बोराभित्रै नभएको घटनास्थलमै खटिएका एक प्रहरी अधिकारीले नेपाल लाइभलाई बताए। ‘ठ्याक्कै बोराभित्रै भन्‍ने त देखिँदैन। बोराको मुखलाई छुएको अवस्थामा बाहिरै खुट्टा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्,’ ती अधिकारीले भने, ‘बोराभित्र खुट्टा नहुनुले हत्या नै हो भन्‍ने सम्भावना न्यून छ।’

भेटिएको भाग केही जलेको जस्तो देखिएको अनुन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन्। उक्त भाग जलेकै रहेछ भने यसले झनै हत्याभन्दा पनि मृत्युपछिको अवशेष हो भन्‍ने विश्लेषण प्रहरीले गरेको छ। ‘हत्या गरेर मान्छे जलाउन एकान्त ठाउँ चाहिन्छ। एकान्त ठाउँमा जलाएर घनाबस्तीमा खुट्टामात्रै फाल्ने सम्भावना कम देखिन्छ,' अनुसन्धानमा संलग्न ती अधिकारीले नेपाल लाइभसँग भने, ‘यो पाटोबाट हेर्दा हत्याको सम्भावना कम देखिन्छ।’

हत्याको पाटो कम देखिनु र खुट्टाको केही भागसमेत जलेको जस्तो अवस्थामा देखिनुले मृत्युपछिको अवशेष हुनसक्नेतर्फ पनि प्रहरीले विश्लेषण गरेको छ। ‘अहिले दैनिक बागमतीमा सयौंको संख्यामा लासहरु जल्ने गरेका छन्। यहाँबाट बागमती नदी पनि नजिकै छ। जल्यो भनेर छोडिएको शवको केही अवशेष बाँकी रहेको र ती अवशेष कुनै जनावर वा कुकुरले ल्याएको हुनसक्ने सम्भावना पनि खाली छ,’ अनुसन्धानमा संलग्न अधिकारी बताउँछन्। प्रहरीले यो कोणबाट पनि घटनाको अनुसन्धान गरेको छ।

खुट्टाको डीएनए गरिने
भेटिएको खुट्टाको डीएनए गरिने प्रहरीले बताएको छ। त्यसका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइसकिएको प्रहरीले जनाएको छ। त्यसो त घटनास्थलमै शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोलीसमेत पुगेका थिए। पोस्टमार्टमसँगै गरिन लागिएको डीएनएको अर्थ भने महिला वा पुरुष छुटाउनका लागि मात्रै हो। यसबाट अनुसन्धानमा कुनै महत्त्वपूर्ण सहयोग भने हुँदैन। खुट्टा हेर्दा वयस्क मान्छेको जस्तो देखिएको छ।

तालिमप्राप्त कुकुरसहितको टोली पनि पुगे पनि कुनै प्रगति हुन सकेन। शव पुरानो भएकाले कुकुर स्निफिङले काम नगरेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  २०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासचिवका रूपमा अन्तिम सम्बोधन गर्नुअघि गुटेरेसले भने: बढ्दैछन् युद्ध, निष्क्रिय बन्दैछ सुरक्षा परिषद् मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्