काठमाडाैं- श्रीलंकामा भारी वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ।
मृतकमध्ये पाँच व्यक्ति राजधानी कोलम्बोबाट ८० किलोमिटर टाढा रहेको केगालेका रहेका छन् भने तीन रत्नपुरा जिल्लाका रहेका छन् । बर्षापछि आएको बाढीका कारण केही व्यक्ति हराइरहेका र केही घाइते भएका बताइएको छ।
श्रीलंकाकाे विपत् ब्यवस्थापन केन्द्रका अनुसार दुई लाख ४५ हजारभन्दा बढी मानिस प्रभाबित भएका छन्।
१५ हजार ६५८ व्यक्तिलाई जोखिमयुक्त स्थानबाट सुरक्षितस्थलमा सारिएको छ भने ८०० घरहरूमा आंशिक तथा पूर्ण क्षति भएको छ।
मौसम विज्ञान विभागका अनुसार आगामी केही दिनमा कतिपय स्थानमा १५० मिलिमिटरभन्दा बढी बर्षा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।