काठमाडाैं- नाइजेरियाको उत्तरपश्चिमी राज्य केब्बीका आठ गाउँमा अज्ञात समूहको आक्रमण गरेकाे छ।
बिहीबार भएको उक्त आक्रमणमा परी ८८ जनाको मृत्यु भएको केब्बीका गभर्नरका प्रवक्ता अबुबाकर बागुडुले जानकारी दिए। उनका अनुसार हजारभन्दा धेरै मानिसहरु विस्थापित भएका छन्। आइतबार केब्बीका गर्भनरले सुरक्षाको लागि थप सुरक्षाकर्मी माग गरेका छन्।
बागुडुका अनुसार आक्रमणकारीहरु जम्फारा राज्य र छिमेकी मुलुक नाइजरबाट आएका थिए।पछिल्लो केही समययता नाइजेरियामा विभिन्न समुदायबीचको अन्तरसंघर्ष निकै चर्किएको छ।
नाइजेरियामा ठूलो संख्यामा अपहरण तथा नरसंहार हुँदै आएका छन्। गत डिसेम्बर यता नाइजेरियामा आठसयभन्दा धेरै विद्यार्थीहरुको अपहरण भइसकेको छ।
नाइजेरियामा फैलिएको हिंसाको कारण मानवीय संकट पनि बढेको अन्तर्राष्ट्रिय सहयोग संस्थाहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।