काठमाडाैं- इरान र रुस दुवै देशका पर्यटकलाई अब व्यक्तिगत भिसाको आवश्यकता नपर्ने भएको छ।
रुस भ्रमणमा रहेका इरानको पर्यटन र संस्कृति मन्त्री अली असगरले दुवै देशका नागरिकलाई घुमघामका लागि भिसा नचाहिने सम्झौतामा हस्ताक्षर गरेका हुन्।
रसियाका लागि इरानका राजदूत काजिम जलालीले फेसबुकमा लेखेका छन्,‘आज पर्यटन र संस्कृतिमन्त्री मस्को आइपुग्नु भएको छ। र, एउटा सम्झौतामा हस्ताक्षर भएको छ जसअन्तर्गत पर्यटकहरूको समूहलाई व्यक्तिगत भिसाको आवश्यकता पर्दैन।’
जलालीका अनुसार यस सम्झौता अन्तर्गत दुवै देशका पर्यटकहरूको समूहलाई केवल एक भिसाका साथ यात्रा गर्न दिइनेछ। त्यो हो, समूहमा समावेश सबैले भिसा लिनु पर्दैन।
रसिया र इरानको सम्बन्धको पर्यटन सबैभन्दा महत्त्वपूर्ण हिस्सा भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।