पत्रकार रोमन प्रोटेसेभिक र उनकी रूसी प्रेमिका सोफिया मे
मिन्स्क- युरोपियन युनियन (ईयू)ले बेलारुसबाट आउने सबै जहाजहरूलाई आफ्नो एयरस्पेसमा प्रवेश गर्न वा एयरपोर्टसम्म पुग्न प्रतिबन्ध लगाएको छ। यसबाहेक एयरलाइन्सलाई पनि बेलारुसको एयरस्पेसमा प्रवेश नगर्न पनि सल्लाह दिइएको छ।
ईयूका सदस्य राष्ट्रहरु गत महिना बेलारुसको राजधानी मिन्स्कमा एक यात्रीलाई जबरजस्ती अवतरण गराएको र बोर्डको एक पत्रकारको गिरफ्तारीबाट क्रोधित छन्।
त्यसैले ईयूले उक्त आदेश दिएको हो। यद्यपि, केही एयरलाइन्सले ईयूको निर्णयलाई हवाई यात्राको राजनीतिकरण भन्दै आलोचना गरिरहेका छन्।
घटना के हाे?
बेलारुसका सरकार विरोधी पत्रकार तथा कार्यकर्ता रोमन प्रोटेसेभिक र उनकी रूसी प्रेमिका सोफिया मेलाई ग्रीसबाट लिथुआनिया उड्नै लाग्दा पक्राउ गरिएको थियो।
पहिले बम फेला परेको भन्ने दावी गर्दै जहाजलाई फर्काइएको थियो। तर, मिन्स्कमा अवतरण गरिसकेपछि २६ वर्षीय प्रोटेसेभिक र उनकी प्रेमिकालाई पक्राउ गरिएको थियो।
शुक्रबार प्रोटेसेभिकले सरकारी टिभी च्यानलमा एक अन्तर्वार्ता दिँदै सरकार विरोधी विरोध प्रदर्शन आयोजना गरेको स्वीकारे। अन्तर्वार्तामा दिन आँखा चिम्लेर आएका प्रोटेसेभिकले अलेक्ज्याण्डर लुकाशेन्कोको पनि प्रशंसा गरे।
यद्यपि, प्रोटेसेभिकको परिवारले भने उनलाई यो कुरा भन्न दबाब दिइएको आराेप लगाएका छन्।
अन्तर्वार्ता दिन आएका उनको नाडीमा चोटपटक लागेको र उनलाई यातना दिइएको जस्तो देखिएको मानवअधिकारकर्मीहरूले बताएका छन्।
प्रतिबन्धले बेलारुसलाई बेफाइदा कति?
ईयूको प्रतिबन्ध स्थानीय समय दिउँसो १० बजेदेखि लागू हुनेछ। यस प्रतिबन्धअनुसार ईयू सदस्य राष्ट्रहरूले बेलारुस एयरस्पेसमा जहाज टेकअप गर्न र टेकअफ रोक्नुपर्नेछ।
बेलारुसको सरकारी एयरलाइन बेलारियाले युरोपका करिब २० वटा एयरपोर्टबाट मानिसहरू ओसार्दै आएको छ। यसमा मिलान, बर्लिन, पेरिस, रोम र भियना एयरपोर्टहरू पनि छन्।
युरोपेली एयर ट्राफिक कन्ट्रोल एजेन्सी यूरोकन्ट्रोलका अनुसार यो प्रतिबन्धले बेलारुसको दैनिक ४०० जहाजलाई क्षति पुर्याउन सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।