काठमाडौं– सामाजिक सञ्जाल फेसबुकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक तथा इन्स्टाग्राम दुई वर्षका लागि निलम्बित गर्ने निर्णय गरेको छ।
कम्पनीले गत जनवरीमा ट्रम्पको फेसबुक र इन्स्टाग्राम अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको थियो। जनवरी ६ मा अमेरिकी संसदमा भएको हिंसात्मक आक्रमणका लागि उक्साएको भन्दै फेसबुकले उनीमाथि प्रतिबन्ध लगाएको थियो।
फेसबुकले मानिसहरुमाथिको सुरक्षा खतरा कम भएपछि प्रतिबन्ध हटाउने जनाएको थियो। ट्रम्पले भने फेसबुकको कदम आफूलाई मतदान गर्ने मानिसहरुमाथि तिरस्कार भएको बताएका छन्।
रोयटर्सका अनुसार शुक्रबार पूर्व राष्ट्रपति ट्रम्पले फेसबुकको यो फैसला ७५ मिलियन र अन्य मानिसप्रतिको अनादर भएको बताएका छन्।
ट्रम्पमाथि लागेको दुई वर्षको प्रतिबन्ध गएको जनवरी ७ देखि नै गणना हुने गरि लागु भएको फेसबुकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।