काठमाडाैं- दिल्ली उच्च अदालतले पब्लिसिटी पाउन र अदालतको समय दुरुपयोग गरेको भन्दै बलिउड अभिनेत्री जुही चावलालाई २० लाख जरिवानामा सुनाएको छ।
जुहीले ‘फाइभ जी’विरुद्धमा दिल्ली अदालतमा एक रिट दायर गरेकी थिइन्। जसमा उनले ‘फाइभ जी’ को रेडिएशनको प्रभाव नागरिक, जनावर, वनस्पति लगायतमा पर्ने सम्बन्धि मुद्दा उठाएकी थिइन्।
कोटले जुहीको विपक्षमा फैसला गर्दै २० लाख जरिवाना समेत सुनाएको हो।
कोटले जुहीको रिट खारेज गर्दै भनेको छ, ‘रिटकर्ताले कानुनी प्रक्रियाको गलत प्रयोग गरेको छ। यस्तो लाग्छ यो प्रचार पाउन गरिएको हो। जुहीलाई पनि थाहा छैन उनको रिट तथ्यमा आधारित नभएर कानूनी सल्लाहमा आधारित रहेको छ।’
जुहीले रिटकर्ताको तर्फबाट तिर्नुपर्ने अदालतको पुरै फिस डेढ लाख समेत तिरेकी छैनन्। अदालतले एक साता भित्र उक्त फिस तिर्नसमेत निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।