काठमाडाैं- बेलायतमा बालबालिकालाई फाइजरको कोरोनाविरुद्धकाे खोपलाई लगाउन अनुमति दिइएकाे छ।
ड्रग रेगुलेसन एजेन्सीले शुक्रबार १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई प्रयोगको लागि अनुमति दिएकाे हाे।
बेलायतमा विकास भएकाे फाइजरकाे खाेप अमेरिका र युरोपले बालबालिकालाई लगाउन अनुमति दिसकेकाे छ।
अमेरिकामा फाइजर खोप १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई दिइसकेको छ। फ्रान्स र जर्मनी यस महिनादेखि यस उमेरका बालबालिकालाई खोप दिने याेजनामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।