काठमाडाैं- भारतस्थित मध्य प्रदेशका तीन हजार जुनियर डाक्टरहरू राजीनामा दिने घाेषणा गरेका छन्।
सरकारको आफ्ना माग सम्बाेधन नगरेकाे भन्दै उनीहरुले काेराेना माहारीकै समयमा राजीनामा दिने घाेषणा गरेका हुन्।
मध्यप्र देश उच्च अदालतले उनीहरुकाेले गरेकाे हडताललाई अवैध घोषित गरेको छ र यसको साथमा डाक्टरहरूसँग २ घण्टाभित्र काममा फर्किन आग्रह गरेकाे छ। ।
सरकारले पाँच मेडिकल कलेजमा फाइनल इयरमा अध्यनरत ४६८ विद्यार्थीलाई बर्खास्त गरेकाे थियाे। यो पाँचौं मेडिकल कलेजको सम्बन्ध जबलपुर मेडिकल युनिभर्सिटीसँग रहेकाे छ।
बर्खास्तीकाे निर्णय सच्चाउन माग गर्दै हाल तीन हजार जुनियर डाक्टर आन्दाेलनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।