काठमाडौं- एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक महत्वपूर्ण कागजात बुझाएको छ।
नेकपाका नेता सुवासा नेम्वाङ नेतृत्वको टोलीले सोमबार निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि आवश्यक केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहितको महत्वपूर्ण कागजात निर्वाचन आयोगलाई उपलब्ध गराएको हो। दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजात बुझाउने काम गरिएको पूर्वसभामुख समेत रहेका नेम्वाङले जानकारी दिए।
नेकपाले जेठ ३ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो। सोही प्रक्रिया पूरा गर्न आवश्यक महत्वपूर्ण कागजात सोमबार आयोगलाई उपलब्ध गराएको नेता देवप्रसाद गुरुङले बताए। दल दर्ताका लागि निर्वाचन आयोगमा नियमावली बुझाउने काम अझै बाँकी रहेको उनको भनाइ छ।
निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि दल दर्ता भएको सूचना प्रकाशित गर्नेछ।
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नवगठित नेपाल कम्युनिस्ट पार्टीको नाममा अन्डरलाइन समेत थपेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ। आयोगमा नेपाल कम्युनिस्ट पार्टी यसअघि नै दर्ता गरिएकाले आफूहरुले नाममा अन्डरलाइन थप्नु परेको पनि नेता नेम्वाङले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।