काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका पत्र लेखेको छ।
पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हिरासतमा राखेका बेला आइतबार भेटघाट गर्न नदिएपछि आयोगले खड्कालाई सोमबार पत्र लेख्दै बयानमा बोलाएको हो।
आयोगका सचिव मुरारी खरेलले मानव अधिकार हनन र संविधान पालनाको कुरा उठेको र आयोगको अनुगमनका लागि सदस्यसहित पुगेको टोलीलाई समेत भेट्न नदिनुको कारण सोध्न पत्र लेखिएको बताए ।
पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ पूर्जि समेत नइिई अपराध अनुसन्धान कार्यालयमा ल्याएको समाचार सार्वजनिक भएपछि आयोगको टोली अनुगमनका लागि पुगेको थियो । टेकु पुगेको टोलीलाई समेत भेट्न रोक लगाएको करिव ४५ मिनेट गेटमा नै रोकिएपछि आयोगको आपत्ति जनाएको थियो ।
‘एसएसपी खड्कालाई असोज १३ गते मंगलबार उपस्थित हुनु पत्राचार गरिएको छ ’, सचिव खरेलले भने ‘आयोेगको टोलीलाई हिरासत अनुगमन गर्न नदिएको विषयमा सोधपुछ गर्न पत्र लेखिएको हो । ’
यो घटनामा आयोगले अनुसन्धान पनि थालेको उनले बताए ।
आइतबार आयोगका सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली पूर्वप्रधान न्यायाधीश जबरालाई भेट्न पुगेको थियो ।
आइतबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुरक्षा थ्रेट भन्दै उनलाई महाराजगञ्जस्थित घरबाट नियन्त्रणमा लिएको थियो। मध्यरातमा पुगेको टोलिले विहान ३ वजे जवरालाई टेकु ल्याइएको थियो । उक्त घटनामा मानव अधिकार र संविधानले सम्मानपूर्वक वाच्न पाउने हक हनन भएको भनि चौतर्फी आलोचना भइरहेको अवस्थामा आयोगले अनुसन्धान समेत शुरु गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।