काठमाडाैं- रसायनिक पदार्थयुक्त कार्गो पानी जहाज श्रीलंकाको तटीय क्षेत्र नजिक समुद्रमा डुबेको छ । सिंगापुरमा दर्ता रहेको एक्स–प्रेस पर्ल नाम गरेको जहाजमा झण्डै दुई हप्तादेखि आगो लागेको थियो।
श्रीलंका तथा भारतका नेभीले यो हप्ता मात्रै आगो नियन्त्रणमा लिएका थिए।
उनीहरुले जहाज डुब्नबाट जोगानका लागि संयुक्त रुपमा प्रयास गरेपनि समुद्र अस्थिर मौसमी अवस्था तथा तीव्र गतिमा चलेको मनसुनी वायुका कारण असफल भएकाे बताइन्छ।
योसँगै वातावरणीय विपद्को अवस्था आउन सक्ने चिन्ता बढेको विज्ञले बताएका छन्।
विज्ञहरुका अनुसार कोलम्बो तटभन्दा केही पर डुबेकाे सो पानी जहाजमा रहेको इन्धन ट्याङ्कबाट सयौँ टन तेल समुद्रमा मिसिने जोखिम बढेको छ। यस्तो भएमा आसपासको समूद्री पर्यावरण तथा समुद्री जीवमा गम्भीर असर पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।