दिल्ली- भारतका पूर्वक्रिकेटर गौतम गम्भीरको फाउन्डेशनले अवैधरुपमा औषधि खरिद गरेकाे र कोरोना संक्रमितलाई बितरण गरेको आरोप लागेको छ।
भारतीय ड्रग कन्ट्रोलर जेनेरल अफ इन्डिया (डीसीजीआई)ले कोरोना महामारीको बेला ठूलो संख्यामा संक्रमितको उपचारमा प्रयोग गरिने ‘फाबी फ्लू’ नामक औषधि अनधिकृत रुपमा खरिद गरेको र बितरण गरेको आरोप लगाएको हो।
डीसीजीआईले यस बिषयमा दिल्ली उच्च अदालतलाई जानकारीसमेत दिसकेको छ।
डीसीजीआईले भनेको,‘ कुनै ढिलाइ नगरी यसविरूद्ध कारबाही हुनेछ। यसका साथै ती सबै डिलर र बिक्रेताहरूविरुद्ध पनि कारबाही गरिनेछ जसको बारेमा गुनासोहरू आएका छन्।’
यसअघि कोरोना महामारीको बेला ठूलो संख्यामा संक्रमितको उपचारमा प्रयोग गरिएको औषधिको अनधिकृत खरिदको मामलामा डीसीजीआईले गरेको कारबाहीमाथि दिल्ली उच्च अदालतले प्रश्न उठाएको थियो।
सुनवाइको क्रममा फाउन्डेशनले औषधि र प्रसाधन सामग्री ऐनको प्रावधान उल्लंघन गरेको डीसीजीआईले आरोप लगाएको थियो। यद्यपि, डीसीजीआईलाई कारबाही राेक्न अदालतले निर्देशन दिएकाे थियाे।
पछिल्लो सुनुवाइको क्रममा उच्च अदालतले भाजपा सांसदसमेत रहेका गम्भीरलाई दिएको क्लीन चिट दिएकाे बारे आपत्ति जनाएको छ।
‘गम्भीरले यी औषधिहरू किन्न धेरै पैसा खर्च गरेको हामीले देख्यौं। तर, तपाईंले यति ठूलो रकम जम्मा गर्दा अरूले त्यस समयमा यो औषधि लिन सकेनन्। कसरी खरिद गर्नुभयाे याे बारेमा अनुसन्धान गर्न दिइने छ,’ अदालतले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।