गाजापट्टी- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्यालेस्टाइनको गाजापट्टीमा दुई लाख नागरिकलाई स्वास्थ्य सहायताको खाँचो रहेको बताएको छ।
बुधबार रेडक्रस सोसाइटीका अधिकारीहरूसँग गाजापट्टीको भ्रमण गरेपछि डब्ल्यूएचओले उक्त कुरा बताएको हो।
इजरायल र गाजामा रहेका सशस्त्र समूह हमासबीच गत मे १० देखि ११ दिनसम्म द्वन्द्व चलेकाे थियो। द्वन्द्वमा घर, विद्यालय, अस्पताल र अन्य महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेकाे छ।
उक्त द्वन्द्वमा ६६ बालबालिकासहित कम्तिमा २५४ प्यालेस्टिनको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
यता, हमासले गरेको रकेट हमलामा इजरायलमा दुई बालबालिकासहित १२ जना मारिएका थिए।
बुधवार डब्ल्यूएचओले एक विज्ञप्तिमा जारी गर्दै प्यालेस्टिनी क्षेत्रको स्थिर स्वास्थ्य आवश्यकताहरूबारे चेतावनी दिएको छ। यो द्वन्द्वले थप जनसंख्या विस्थापन हुन लागेर र लामो समयसम्म मानवीय संकट हुने बताइएकाे छ।
‘७७ हजारभन्दा बढी नागरिक आन्तरिक रूपमा विस्थापित भएका थिए र ३० भन्दा बढी स्वास्थ्य संस्थाहरुमा क्षति पुगेको थियो। पश्चिमी किनारलगायत प्यालेस्टाइन क्षेत्र वरिपरिका करिब दुई लाख नागरिकलाई स्वास्थ्य सहायता उपलब्ध गराउन हामीले प्रतिक्रिया विस्तार गरिरहेको छौं,’डब्ल्यूएचओले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।