काठमाडौं– कोरोना भाइरसको महामारी जारी रहेसँगै भिडियो कलको माग बढेको छ। यस्तोमा अमेरिकी भिडियो कन्फ्रेन्स एप कम्पनी जुमको विक्री दोब्बरभन्दा धेरै भएको छ।
यस वर्षको पहिलो त्रैमासमा कम्पनीले २२ करोड ७० लाख डलर मुनाफा गरेको समाचारहरुमा उल्लेख छ। कम्पनीले गतवर्षको सोही अवधिमा २ करोड ७० लाख डलरमात्र मुनाफा कमाएको थियो।
यस वर्षको जनवरी–मार्च अवधिमा कम्पनीको विक्री गत वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा माथि पुगेको छ। सन् २०२० को पहिलो त्रैमासमा ३२ करोड ८० लाख डलर रहेको आम्दानी बढेर गत त्रैमासमा ९५ करोड ६० लाख डलरमा पुगेको छ।
कम्पनीले यस वर्षको पूर्ण वित्तीय प्रक्षेपण पनि बढाएको छ। यस वर्षभर कम्पनीको आम्दानी ३ अर्ब ९९ करोड डलरमा पुग्ने अनुमान गरिएको छ। यस अघिको प्रक्षेपणमा आम्दानीको आकार ३ अर्ब ७६ करोड डलर रहने बताइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।