साओ पाउलो- ब्राजिलको एक शहरमा अनुसन्धानका लागि लगाइएकाे काेराेनाविरुद्धकाे चिनियाँ खाेप कोरोनाभ्याक प्रभावकारी रहेकाे पाइएकाे छ।
४५ हजार मानिसको बासस्थान रहेको दक्षिण पूर्वी साओ पाउलो राज्यमा अवस्थित सेरानामा इन्स्टिट्युटो बुटानानले फेब्रुअरीदेखि अप्रिलबीचमा गरेको अनुसन्धानमा खाेप प्रभावकारी रहेकाे पाइएकाे हाे।
बुटानानका अनुसार चीनको सिनोभ्याक बायोटेकद्वारा निर्मित कोरोनाभ्याकको उत्पादन गरेको खाेप लगभग ९५ प्रतिशत वयस्कलाई लगाइएकाे थियाे। जसअनुसार मृत्युदरमा ९५ प्रतिशत गिरावट देखिएको हाे।
उक्त शहरलाई भाइरसको सीमा निर्धारण गर्नका लागि चारवटा क्षेत्रमा विभाजन गरिएको थियो। यहाँका १८ वर्ष माथिका ७५ प्रतिशत जनसंख्यालाई खोपको दुईवटा डोज दिइएको थियो।
अनुसन्धाताकर्ता अनुसार भाइरसको प्रसार राम्रोसँग हुन नपाएपछि खाेप नलगाएकाहरु पनि सुरक्षित भएका थिए। उक्त अनुसन्धानले संसारभरीको ७५ प्रतिशत जनसंख्यालाई खोप लगाएपछि काेराेनामाथि नियन्त्रण पाइनेतर्फ इंगित गरेको छ।
ब्राजिल कोरोनाको संक्रमणदर उच्च रहेकाे छ। हालसम्म ४ लाख ६३ हजारको मृत्यु भएको छ। ब्राजिलमा अभावका कारण खोप अभियान निकै सुस्त छ। ब्राजिलमा दैनिक संक्रमित र मृत्युदर अत्यधिक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।