दिल्ली- ओलम्पिक पदक बिजेता पहलवान सुशील कुमारलाई न्यायिक हिरासतमा पठाइएकाे छ। दिल्ली प्रहरीले पहलवान सागर धनखार हत्याकाण्डमा सुशील पक्राउ परेका थिए।
चार दिनको दोस्रो म्याद समाप्त भएपछि सुशीललाई बुधवार रोहिणी अदालतमा पेश गरिएको थियो। अदालतमा सुनवाइको क्रममा दिल्ली प्रहरीले भिडियो प्रमाणकाे रुपमा पेश गरेकाे थियाे।
उनीविरुद्ध अनुसन्धान नसकिएकाे भन्दै प्रहरीले तेस्रो पटक म्याद थप्न गर्न आग्रह गरेकाे थियो। तर, सुशीलका अधिवक्ता प्रदीप राणादे प्रहरीलाई सोधपुछको लागि दिइएकाे समय पर्याप्त रहेकाे बताएका थिए।
राणाले अदालतमा सुशीललाई न्यायिक हिरासतमा पठाउन अनुरोध गरेका थिए। यस्तै त्यहाँ उनलाई छुट्टै कोठामा राख्न माग गरेका थिए।
दुबै पक्षको बहस सुनेपछि अदालतले सुशीललाई न्यायिक हिरासतमा पठाउने फैसला सुनाएकाे हाे। यस हत्याकाण्डमा धेरै व्यक्ति संलग्न रहेको बताइन्छ र उनीहरूलाई पनि सजाय हुन सक्ने बताइएकाे छ।
प्रहरीका अनुसार उनलाई १० दिन अगाडी दिल्लीको मुन्डकाबाट पक्राउ गरिएको थियाे।
उनको गिरफ्तारीमा एक लाख भारु इनाम राखिएको थियो । सुशीलमाथि पहलवान सागर राणा हत्याकाण्डमा अपहरण, हत्यालगायतका विभिन्न धारामा एफआइआर दर्ता छ।
३८ वर्षका पहलवान सुशीलबाहेक प्रहरीले ४८ वर्षका अजयलाई पनि पक्राउ गरेको छ। सुशीलमाथि एक लाख भारुको इनाम थियो र अजयमाथि ५० हजारको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।