मुम्बई- कोरोनाको संक्रमण फैलिनबाट रोक्न भारतको महाराष्ट्र राज्यको सरकारले ‘कोरोनामुक्त’ गाउँ कार्यक्रम ल्याएको छ।
बुधबार मुख्यमन्त्री उद्धव ठाकरेले राज्यको ग्रामीण क्षेत्रमा कोरोना संक्रमण फैलिनबाट रोक्न ‘कोरोनामुक्त गाउँ’ कार्यक्रमको घोषणा गरेका हुन्।
कार्यक्रमअन्तर्गत कोरोना महामारीलाई नियन्त्रणमा राम्रो काम गर्ने हरेक क्षेत्रका तीन वटा पञ्चायती गाउँलाई पुरस्कार दिइनेछ। पहिलो हुने गाउँलाई ५० लाख, दोस्रोलाई २५ र तेस्रोलाई १५ लाख भारू दिइनेछ।
महाराष्ट्र राज्य ६ क्षेत्रमा विभाजन गरिएको छ। त्यहाँका लागि १८ वटा पुरस्कार तोकिएको छ। सरकारले नगद पुरस्कारको लागि ५.४ करोड भारतीय रुपैयाँ छुट्याएको छ।
यस कार्यक्रममा सहभागी हुने गाउँका लागि २२ वटा मापदण्ड तोकिएका छन्। गाउँको मूल्यांकन गर्न कमिटीसमेत गठन गरिनेछ।
मंगलबारमात्रै महाराष्ट्रमा १४ हजार १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।