लण्डन- बेलायती महारानी एलिजाबेथ द्वितीय सिंहासनमा विराजमान भएको ७० वर्ष पूरा भएकाे अवसरमा ‘प्लाटिनम जुबली’ मनाइने भएको छ।
शाही परिवारले ट्वीट गर्दै अर्को वर्ष २ देखि ५ जुलाईसम्म ‘प्लाटिनम जुबली’ मनाइने जानकारी दिएको हो।
‘प्लाटिनम जुबली’ मनाउने एलिजाबेथ पहिलो ब्रिटिश रानी हुनेछिन्। उनले ६ फेब्रुअरी १९५२ मा २५ वर्षको उमेर सिंहासन सम्हालेकी थिइन्।
बेलायती शाही परिवारको वेबसाइटका अनुसार २०२२ मा महारानी र शाही परिवारका सदस्यहरू वर्षभरि धेरै कार्यक्रमहरूमा भाग लिनेछन्।
यो उत्सवको प्रक्रिया आजदेखि ठीक एक वर्षपछि शुरू हुनेछ। यस अवसरमा २ देखि ५ जुनसम्म बेलायतभरका बैंकहरू बन्द रहनेछन्। बैंकमा कार्यरत सबै कर्मचारीलाई छुट्टी दिइने छ।
महोत्सवको पहिलो दिन २ जुन २ मा महारानीको जन्मदिन रहेको छ। सो दिन एक परेड आयोजना गरिनेछ। जसमा सैनिकहरू, घोडसवारहरू र संगीतकारहरूले परम्परागत परेड गर्नेछन्।
यसपछि ३ जुनमा सेन्ट पल क्याथेड्रलमा महारानीलाई उनको सेवाको लागि धन्यवाद दिन एक बैठक आयोजना गरिनेछ।
४ जुनमा बकिंघम प्यालेसमा एक पार्टी दिइनेछ। ५ जुनमा ‘द बिग जुबली लन्च’ आयोजना गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।