बेइजिङ- चीनका एक ४१ वर्षे वर्षे व्यक्तिमा बर्डफ्लू संक्रमण फेला परेकाे छ। जियांग्सु प्रान्तमा बस्दै आएका ती वुद्धमा गतहप्ता ब्लडफ्यू संक्रमण भएको पुष्टि भएको हो। बीबीसीका अनुसार मानवमा एच १० एन ३ भेटिएको यो पहिलो घटना हाे।
बेइजिङको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार झिन्जियाङ्ग शहरका बासिन्दा ती वृद्धलाई अप्रिल २८ मा अस्पताल भर्ना गरिएको थियो र एक महिना पछि उनमा एच १० एन ३ संक्रमण भएको पुष्टि भएको थियो। यद्यपि, उनी उपचारपछि पूर्णरूपमा स्वस्थ रहेको र चाँडै डिस्चार्ज गरिने जनाइएको छ।
स्वास्थ्य अधिकारीहरूले उनीबाट अर्को व्यक्तिमा सजिलै संक्रमण नफैलिने दावी गरेका छन्। त्यहाँ अत्याधिक मात्रमा कुखुरा फार्म रहेका कारण बर्डफ्लू सजिलै फैलिने गरेको अधिकारीहरु बताउँछन्। उनमा पनि फार्ममा काम गर्ने बेला संक्रमण भएको हुनसक्ने आकलन गरिएको छ।
ती वृद्धामा संक्रमण देखिएसँगै स्वास्थ्य अधिकारीहरुले आसपासमा रहेका कुखुरा फार्ममा काम गर्ने व्यक्तिहरुमा कन्ट्याक ट्रेसिङ गरिरहेको छ। तर, अन्यमा भने संक्रमण नभएको पाइएको बेइजिङको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
ग्लोबल टाइम्सले राष्ट्रिय स्वास्थ्य आयोगको उद्धृत गर्दै भनेको छऽ ‘विश्वमा एच १० एन ३ भाइरस मानिसमा सरेको कुनै घटना खुलेको छैन। यो घटना कुखुरा फार्मबाट मानिसमा सामयिक रुपमा क्रस प्रसारणबाट सरेकाे एक उदाहरण हो र यद्यपि, ठूलो मात्रामा फैलिने सम्भावना धेरै कम छ’
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि यो भाइरस मानवबाट मानवमा नफैलिने दावी गरेको छ। ‘कुनै पनि मानवबाट मानवमा संक्रमण फैलिएको सूचना अहिलेसम्म प्राप्त भएकाे छैन,’ डब्ल्यूएचओले समाचार एजेन्सी रोयटर्सलाई भनेको छ।
फेब्रुअरीमा रूसले मानिसमा बर्डफ्लू सरेकाे पहिलो घटना फेला परेको दावी गरेको थियो। जुन विशेष गरी याेसँग सम्बन्धित थियो। यद्यपि, हाल एच ५ एन ८ प्रकोप फैलँदैछ। युरोपका धेरै देशहरूमा हजारौं कुखुरा मारेका छन्।
२०१६/०१७ मा एच ७ एन ९ संक्रमणबाट ३०० भन्दा बढी मनिसकाे मृत्यु भएको थियो। त्यसपछि मानवमा बर्डफ्लूको संक्रमण कमै पाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।