मेलबर्न- कोरोना संक्रमण बढेसँगै अष्ट्रेलियाको भिक्टोरियामा लकडाउनको अवधि थप गरिएको छ।
मेलबर्नमा भारतमा भेटिएको कोरोनाको बी.१.६१७.१ अर्थात गामा भेरियन्ट संक्रमितकाे संख्या बढ्दै गएपछि अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले लकडाउनको अवधि थप गर्न आग्रह गरेका थिए।
अष्ट्रेलियाको दोस्रो सबैभन्दा जनसंख्या भएको राज्यमा अब जुन १० सम्म लकडाउन लागू हुनेछ। भिक्टोरियामा चौथो पटक लकडाउन थपिएको हो।
भिक्टोरियाका कार्यवाहक प्रिमियर जेम्स मिर्लनोले भने, ‘मलाई थाहा छ कसैले पनि यो खबर सुन्न चाहँदैन, तर कोरोना केसहरू आउँदै गरेको कारणले सरकारसँग कुनै विकल्प थिएन।’
उनले लकडाउन नगरे अवस्था झन भयवह हुने चेतावनी समेत दिए।
‘यदि हामीले यो लकडाउन गरेनौं भने अवस्था झन् खराब हुँदै जान्छ। परिस्थिति अनियन्त्रित हुनेछ र मान्छे मर्ने क्रममा हुनेछन्,’ उनले भने।
अबको थप एक साता भिक्टोरियामा मानिसहरु आवश्यक कामबाहेक बाहिर निस्किन पाउने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।