• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘च्याङ काइ सेक’सँग हात मिलाउन अभिशप्त ‘माओ’ बन्दैछन् त सुरेन्द्र पाण्डे?

64x64
डिबी खड्का बुधबार, जेठ १९, २०७८  १८:४८
1140x725

काठमाडौं- गत चैत ४ र ५ गते नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाका उद्घोषक थिए, सुरेन्द्र पाण्डे। उद्घोषणका क्रममा इतिहासलाई वर्तमानसँग जोड्ने उनको कलाले कार्यकर्ताको भरपुर ताली खाएको थियो।

त्यही क्रममा उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ नेता च्याङ काइ सेकसँग तुलना गरिदिए। त्यो यस्तो थियो, ‘सन् १९४५ मा चिनियाँ जनयुद्ध नयाँ उचाइमा पुगिरहेको थियो र माओले च्याङ काइ सेकसँग वार्ताका लागि अनुरोध गरे। हामी मिलौँ, देशका लागि हाम्रो साझा कार्यभार छन्। सेकको उत्तर थियो– एउटा आकाशमा दुईवटा सूर्य हुँदैन। वार्ताको प्रस्तावलाई दुत्कार्ने सेकको आयु केही वर्षभन्दा बढी बाँकी रहेन। उनी चिनियाँ क्रान्तिबाट सधैँका लागि परास्त बनेर जाने स्थिति बन्यो।’

वार्ताका लागि आफ्नो पक्षबाट गरिएको प्रयास ओलीका कारण असफल भएको प्रसंग सुनाउँदै सो सन्दर्भ उल्लेख गरेका थिए, पाण्डेले। एमालेको अन्तरसंघर्षको सुरुवातमा नेपाल–खनाल पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेमध्ये एक पाण्डे हुन्। पूर्वअर्थमन्त्री समेत रहेका प्रभावशाली नेता पाण्डे तत्कालीन एमालेको महासचिवमा झिनो मतान्तरले पराजित भएका थिए। एमाले दुई समूहमा विभक्त भइरहेको सन्दर्भमा नेपाल–खनाल पक्षमा उनको भूमिका ‘महासचिव’कै जस्तो देखिएको थियो, चैत ४ र ५ गते राष्ट्रिय भेलाताका।

त्यसअघि नेकपाकालमा पनि प्रधानमन्त्री तथा अध्यक्ष ओलीको कार्यशैलीप्रति पाण्डे निकै आक्रामक थिए। २०७७ फागुन १२ गते भरतपुरमा तत्कालीन नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षले आयोजना गरेको ‘विजय सभा’लाई सम्बोधन गर्ने क्रममा ‘ओलीको सेटिङ टाइँ–टाइँ फिस’ भएकोदेखि माडीमा बन्ने राममन्दिरको ‘पुजारी’ बनाउनेसम्मका कुरा गरे उनले।

पाण्डेले भनेका थिए, ‘हिजो बेलुका एउटा प्रमाणित भयो, ओली सेटिङ टाइँ टाइँ फिस, ओली सेटिङ गयो, समाप्त भयो। ओली सेटिङ चल्दैन भन्ने कुरा अदालतले प्रमाणित गरिदियो।’

उनले ‘ओली सेटिङ’ सकिएको घोषणा गरेको ११ दिनपछि नेकपा नाम विवादमा सर्वोच्चको फैसला आयो। जहाँ नेकपालाई पूर्व माओवादी केन्द्र र एमालेका रुपमा रहन आदेश गरिएको थियो। त्यसपछि सुरु भएको राजनीतिको अर्को मोडले नेकपाको शक्तिशाली ‘प्रचण्ड–नेपाल’ पक्ष दुईतिर विभाजित भए। एमालेमा नेपाल–खनाल पक्ष कमजोर देखियो। पार्टी फुट्ने अवस्था आयो भने नाम र चुनाव चिह्न ओली पक्षकै रहने त्यो फैसलाबाट पक्का भयो।

यो पनि पढ्नुहोस्

एमालेको गरम माहोलमा गोकर्णको ‘नरम’ राजनीतिसोमबार, जेठ १७, २०७८

नेकपाकालमा अल्पमतमा पर्दा समेत नडगमगाएका ओलीका लागि त्यो फैसलाले शक्ति भरिदियो। कुनै समय ‘राम मन्दिरको पुजारी’ राख्न सिफारिस गर्ने पाण्डे अध्यक्ष मान्न तयार हुनुपर्ने अवस्था आइपुगेको छ। भरतपुरमा आयोजित त्यही कार्यक्रममा उनले भनेका थिए, ‘केही दिनअघि ओलीजी यहीँ आएर भन्नुभएछ, कहाँ छौ सांसदहरू तीन–तीन जना? म भएको भए माडीमा एउटा राम मन्दिर बनाउने थिएँ। म माडीका मेयरलाई भन्न चाहन्छु, माडीमा राममन्दिर बनाउने विषयमा चितवनबाट निर्वाचित सबै सांसदले सहयोग गर्छौं। एउटा प्रस्ताव गर्न चाहन्छु, प्रधानमन्त्री तपाईं (ओली)लाई रुचेन, त्यहाँ मन्दिर बनाएर मूल पुरोहित केपी ओलीलाई राखिदिऔँ।’

ओलीप्रति त्यस तहमा आक्रामक र सक्रिय रहेका पाण्डेको नेपाल–खनाल पक्षका पछिल्ला महत्त्वपूर्ण ‘मुभ’मा सक्रियता कम छ। पार्टीको अन्तरसंघर्षलाई वार्ताका माध्यमबाट मत्थर पार्न उनी भूमिका खेलिरहेका छन्। उनको भाषामा ‘च्याङ काइ सेक’सँग फेरि पनि हात मिलाउने भरमग्दुर प्रयास गरिरहेका छन्। उनलाई अहिले बोध भएको छ, एमालेका दुई समूह अलग–अलग भइदिए हुन्थ्यो भन्ने चाहना राख्नेहरु धेरै छन्।

Ncell 2
Ncell 2
nimb
nimb

एमाले फुटको डिलतिर आइरहेको समयमा उनले यसलाई राजनीतिको एउटा घटनाका रुपमा मात्रै लिइरहेका छैनन्। गत बिहीबार इमेज टेलिभिजनको हटसिटमा सुरेन्द्र पाण्डे भन्दै थिए, ‘यदि यो पार्टी  रहेन भने यसको प्रभाव के हुन्छ, नेपालको भावी राजनीतिमा? यो देशमा दुईटा महत्त्वपूर्ण राजनीतिक शक्ति स्थापित भए। एउटा, नेकपा एमाले। अर्को, नेपाली कांग्रेस। यी दुवै प्रजातान्त्रिक शक्ति हुन्। देशभक्त र राष्ट्रवादी शक्ति हुन्। यी दुई शक्ति कमजोर भए भने देशमा संविधान, लोकतन्त्र र राष्ट्रियतामाथि चुनौती खडा हुन्छ।’

यही आत्मबोधका प्रभावले वार्ता कमिटीको सदस्य समेत रहेका उनी वार्ताका लागि अहिले पनि प्रयासरत छन्। त्यसले गर्दा ‘नेपाल–खनाल’ पक्षका गुटगत गतिविधिमा उनको ‘गैरहाजिरी’ र ‘निष्क्रियता’ देखिन्छ।

यो पनि पढ्नुहोस्

आफू पार्टीबाट उखेलिँदै गर्दा घनश्यामलाई एमालेको ‘जरा’को पिरआइतबार, जेठ १६, २०७८

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत सरकार बनाउने आह्वान गर्दा नेपाल पक्षले शेरबहादुर देउवालाई अघि सार्‍यो। आफू पक्षीय सांसदहरुको हस्ताक्षर बोकेर नेपाल आफैं देउवासँगै शीतल निवास पुगे। त्यो दिन उक्त पक्षको सांसदको भेलामा समेत सहभागी नभएर पाण्डे एकता कार्यदलको बैठकतिर लागे। कार्यदलको बैठकमा देउवालाई प्रधानमन्त्री बनाउने उक्त हस्ताक्षर ‘ताजा’ नभएको बताए।

भोलिपल्ट फेरि नागरिकतासहित हस्ताक्षर संकलन गरेर सर्वोच्च अदालत जाने तय भयो। बानेश्वरस्थित संसद् भवनमा उक्त पक्षका सांसद नागरिकताको फोटोकपी संकलनका साथै हस्ताक्षर गराइरहेका थिए। सुरुमा पाण्डे देखिएनन्। ढिलोगरी आए। नेताहरुसँग परामर्श गरेर बाहिरिए। उनीमाथि नेपाल पक्षकै केही सांसदको संशय थियो। त्यो संशय मेट्न सञ्चारकर्मीले उनीतिर प्रश्नसहित क्यामेरा तेर्स्याए। सञ्चारमाध्यममा आफ्ना कुरा स्पष्ट राख्ने स्वभावका उनी त्यो दिन छड्किए।

उनलाई २० मिटरको दूरीसम्मै पत्रकारले पछ्याएर ‘तपाईंले हस्ताक्षर गर्नुभयो?’ भन्दै प्रश्न गरेपछि उनको प्रतिक्रिया थियो, ‘आज रिट निवेदन दर्ता हुँदैन। त्यसैले हस्ताक्षर गरिएन।’ जबकी नेपाल–खनाल पक्षका १९ जना सांसदले त्यही दिन हस्ताक्षर गरिसकेका थिए।

त्यसअघि वैशाख २७ गते उक्त पक्षका सांसदहरु राजीनामा दिन तयार हुँदा पाण्डे ‘कोरोना पोजिटिभ’ भएका कारण ‘निष्क्रिय’ रहे। त्यसबेला उनी उक्त पक्षको स्थायी कमिटी सदस्यको ‘भर्चुअल’ बैठकमा सहभागी हुने गरेका थिए। ‘होम आइसोलेसन’मा रहेको भनिएका उनी राजीनामा नदिएर अनुपस्थित हुने निर्णयमा सहमत भए।

तर, वैशाख २२ गतेसम्म उनी प्रधानमन्त्री ओलीलाई आफ्नो पक्षले विश्वासको मत दिनुपर्छ भन्नेमै थिए। कोरोना जाँचका लागि नमूना दिएर संसद् भवनबाट बाहिर निस्कँदै गर्दा लिइएको प्रतिक्रियामा उनको भनाइ थियो, ‘पार्टीभित्रको अन्तरविरोध समाधान भइसकेको छैन। त्यो अन्तरविरोध र संघर्ष जारी नै रहन्छ तर, अहिले प्रधानमन्त्रीले विश्वासको मत लिने भन्नुभएको छ, अरुले के गर्छन् थाहा छैन, हामी विश्वासको मत दिन्छौँ। त्यसमा कुनै समस्या हुँदैन। प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदै गर्दा हाम्रा माग र अडान भने यथावत छन्।’

उनको पछिल्लो निष्क्रियतालाई लिएर बालुवाटारसँग पाण्डेको व्यक्तिगत मित्रता बढेको समेत चर्चा चलेको छ। प्रधानमन्त्री ओलीले गरिरहेका गतिविधिमा उनी पूर्ववत् अवस्थामै छन्। नेकपा एमाले र सूर्य चिह्न छाडेर जान उनलाई मात्र होइन, उनलाई मत दिने धेरै कार्यकर्ता समेत तयार छैनन्। त्यसले ध्रुवीकरणको यो समयमा उनी मिलन बिन्दु खोज्न लागिपरेका छन्।

उनले पहिलोपल्ट सोधिएको स्पष्टीकरण जवाफ दिँदै लेखेका थिए, ‘पार्टीमा राजनीतिक र वैचारिक समस्याहरु छन् र हुन्छन् । तर, तपाईंले पार्टी भित्रका फरक विचारलाई समाधान गर्न वैज्ञानिक तरिका अपनाउनुभन्दा पनि आफू सधैं गुटमा रमाउने र अरुको विचारलाई पनि गुटगत विचारको रुपमा हेर्ने तपाईं (ओली)को विचारले तपाईं, हामी, पार्टी र देश कसैलाई पनि फाइदा पुर्‍याउँदैन।’

पार्टीभित्रको फरक विचारलाई समाधान गर्ने वैज्ञानिक तरिकातर्फ ओली लागेका छैनन्। आफ्नै उही तरिका दोहोर्‍याइरहेका छन्। उनलाई पनि दोस्रोपल्ट स्पष्टीकरण सोधिएको छ। बालुवाटारतिर नआएमा जुनसुकै बेला एमालेविहीन बन्नुपर्ने ‘तरबार’ उनको टाउकोमाथि छ।

यो पनि पढ्नुहोस्

योगेशको अलमल : ‘प्रतिबद्ध नेता’ रोज्‍ने कि ‘असल मान्छे’शनिबार, जेठ १५, २०७८

यस्तो बेला पनि अझै पार्टी एकता कायम रहनेमा उनी आशावादी छन्। बिहीबार साँझ टिभी कार्यक्रम ‘हटसिट’मा उनी भन्दै थिए, ‘अप्ठ्यारो छ। असम्भव छ। भीरको डिलमा पुगेको गाडी ब्याक गरेर दुर्घटना टार्न सकिन्छ। मैले आशा मारेको छैन।’

अवस्था यस्तो छः एमाले नामक गाडी डिलमा पुगेको छ, ड्राइभर ओली छन् र ब्याक गरेर दुर्घटना टर्ने आशा नेपाल–खनाल पक्षका पाण्डेले गरेका छन्! त्यसैले पाण्डेसँग दुईटा विकल्प हुन सक्छन्। पहिलो, एमालेको गाडीमै ओलीले लैजाने, डिल, भीर वा नयाँ मार्गतर्फको यात्रु हुने। दोस्रो, त्यो गाडीबाट झरेर नयाँ गाडीको व्यवस्था गर्ने। ड्राइभिङका लागि त भर्खरै ओलीले जबर्जस्ती एमालेको बसबाट झारेका नेता नेपाल तयार छन्।

गत चैत ४ गतेको राष्ट्रिय कार्यकर्ता भेला उद्घाटनका क्रममा उद्घोषक भएर पाण्डेले उद्घोष गरेका थिए– ‘आजदेखि हामी एउटै डुंगामा सवार छौं। डुंगा डुब्दाखेरि मात्रै होइन, सुनामी आउँदा पनि हामी सँगै रहनेछौं।’ 

तर, पाण्डे यतिखेर त्यही डुंगामा सवार भइरहने वा ओलीको पानीजहाजमा यात्रा गर्ने भन्ने मझधारमा देखिएका छन्। दुवै दृश्य स्पष्ट भइनसकेको अवस्थामा एमाले कार्यकर्तामा पाण्डेको वर्तमान अवस्थामाथि सन्देह छ- ‘च्याङ काइ सेक’सँग हात मिलाउन अभिशप्त ‘माओ’ बन्न तयार पो भइसक्नुभएको हो कि?

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १८:४८
  • #नेकपा_एमाले
  • #माधव_कुमार_नेपाल
  • #सुरेन्द्र_पाण्डे
  • #एमाले_विवाद
  • #माधव_पक्ष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
युक्रेनसँगको युद्धपछि रुसमा पहिलोपटक संसदीय निर्वाचन, कब्जा गरेको भूभागमा पनि मतदान शुक्रबार, असोज २, २०८३
जनमत महाधिवेशन : अध्यक्षमा राउत निर्विरोध, उपाध्यक्षमा १४ उम्मेदवार शुक्रबार, असोज २, २०८३
जेन्जी सांसदसँग प्रधानमन्त्री बालेन्द्रको विशेष अन्तरक्रिया, प्रविधि र युवा रोजगारी मुख्य एजेन्डा शुक्रबार, असोज २, २०८३
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्