• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

आफू पार्टीबाट उखेलिँदै गर्दा घनश्यामलाई एमालेको ‘जरा’को पिर

64x64
डिबी खड्का आइतबार, जेठ १६, २०७८  १९:३६
1140x725

काठमाडौं– नेपाली कम्युनिष्ट नेताहरुमा वैचारिक जगसहितको उचाइ निर्माण गरिरहेका नेता हुन् एमालेका घनश्याम भुसाल। नेकपा एमालेको नेतृत्व सही मार्गमा नरहेको विषयमा उनी सुरुदेखि नै खबरदारी गर्दै आइरहेका छन्। अहिले अन्तरविरोधले एमाले फुटको अवस्थामा पुग्दा उनी ‘सम्हाल्न’ खोजिरहेका छन्।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले लिइरहेका निर्णयको उनी खरो आलोचना त गर्छन् तर, देशका लागि एमाले जस्तो पार्टी फुट्न नहुने उनको धारणा छ। त्यसैले पार्टी अध्यक्ष ओलीले आत्मसमीक्षा गरेर एकता कायम राख्नुपर्ने ‘लबिइङ’मै छन् उनी। 

प्रधानमन्त्री ओली विश्वासको मत नलिएर नयाँ ‘कोर्स’मा जान संसद विघटनको तानाबाना बुनिरहेका थिए, जेठ ६ गते। भुसाल भने त्यो दिन पनि एमालेमा लागेको विवादको कालो बादलको छेउमा सूर्यको प्रकाशले बनाएको चाँदीको घेरातिर औंल्याइरहेका थिए। उनले सामाजिक सञ्जालमा त्यो दिन लेखे, ‘हामीमा आन्दोलनप्रति न्युनतम इमान्दारी छ भन्ने प्रमाणित गर्न सक्दा अझै पनि वाम सरकार बन्नसक्ने ठाउँ छ। आन्दोलनलाई बर्बाद गर्न आफै कसम खाएका छौं भने वा आत्महत्या गर्नै कस्सिएका हौं भने त्यो घडी नजिकै छ।’

पार्टी एक राख्ने कुरामा व्यक्तिगत आत्मसम्मानमा लागेको चोटलाई हाँसी–हाँसी सहने साहस जुटाउन उनी त्यसपछि पनि सक्रिय रहेको देखिन्छ। त्यसैले अध्यक्ष ओलीले पार्टीबाट निकालिरहँदा पनि आफू पार्टीमै रहन खोजिरहेको उनी बताउँछन्। 

उनी निकटस्थलाई आफ्नो मनोदशा यसरी सुनाउने गर्छन्, ‘एमाले र कांग्रेस सामाजिक सांस्कृतिक रुपले असाध्यै तलसम्म पुगेका राजनीतिक शक्ति हुन्। यिनका ती जरा उखेलिए भने राष्ट्रिय एकता कमजोर हुन्छ। त्यसैले ओलीजीले निकाल्दाखेरि पनि हामी किन यहाँ बस्न चाहन्छौं भन्दा मेरो कोणबाट भन्ने हो भने ती जराहरु उखेलिनु हुन्न। यो राष्ट्रिय कुरा हो। यो मुलुकको कुरा हो। यो मेरो कुरा होइन। म कति अपमानित भएँ, हिसाबकिताब गर्दै गरौंला।’ 

देउवाका पक्षमा अदालतमा हस्ताक्षर बुझाउन जानु अघिल्लो दिन भुसाल नयाँवानेश्वरस्थित संसद भवनमा ‘अधैर्य’ बनिरहेका थिए। उनलाई दुईटा पीर थियो– एमालेको जराजुरी उखेलिने र इतिहासमा संसदीय मर्यादा उलंघन गर्नेका नाममा आफू पनि दर्ज हुने। 

गाउँ टोल तहसम्म सञ्जाल भएका पार्टीहरुका कारण राष्ट्रिय एकता सम्भव रहेको भुसालको बुझाइ देखिन्छ। नेपालको जस्तो भूराजनीतिक अवस्थिति भएका ठाउँमा देश जोगाउन यस्ता पार्टी वा शक्तिहरु बलियो भइरहनुपर्ने उनी विभिन्न छलफलमा दोहोर्‍याउँछन्। उनको बुझाइ छ, ‘यस्ता शक्तिका राजनीतिक शक्ति, जराजुरी उखेलिनु भनेको हाम्रो राष्ट्रिय जीवनशक्तिमा क्षति पुग्नु हो। तत्काल कांग्रेस वा एमाले भनेर गाली गर्नु स्वाभाविक होला। तर, यिनीहरुले राष्ट्रिय एकता जोगाएका छन्। यसका जराजुरी टुटे भने हाम्रो जस्तो भूराजनीतिक अवस्थिति भएका मुलुकमा ठूलो खतरा आउँछ।’ 

देशमा, पहिले नेकपामा र अहिले एमालेमा देखिएको यो संकटको कारक आन्तरिक शक्ति संघर्ष मात्रै नठान्ने बुझाइका कारण उनी तुरुन्तै एमालेबाट च्वाट्ट चुँडिएर जान नहुने मतमै छन्। यसका लागि उनको कोशिस जारी छ। आफ्नो ‘माक्र्सवादी चिन्तन’बाट बुझाउने कोशिस दुवैतर्फका नेताहरुलाई गरिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले यसअघि पार्टी अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणमा पनि यही कुरा दोहोर्‍याएका थिए, ‘आजको नेपाली समाजको मुख्य समस्या दलाल पुँजीवादसँग छ भन्ने कुरा मैले २०५७ सालदेखि उठाउँदै आएको छु। आठौँ महाधिवेशनपछि दलाल पुँजीवादले हाम्रो पार्टीका नेता र कार्यकर्तालाई कसरी प्रभावित पार्दैछ र पार्टीभित्रै दलाल पुँजीवादको सेवा गर्ने एउटा समूह कसरी संस्थागत हुँदैछ, त्यो समूह नकमाएको सम्पत्तिमा बाँच्ने नवधनाढ्य वर्गमा कसरी रुपान्तरित हुँदैछ भन्ने विषयमा मैले पार्टी र सार्वजनिक मञ्चहरुमा छलफल गर्दै आएको छु।’

संविधानमाथिको वर्तमान आक्रमण ओलीले होइन, ओलीबाट गराइएको हो भन्ने ‘भाष्य’सहित उनी निरन्तर प्रस्तुत भइरहेका छन्। जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा उनले त्यही दोहोर्‍याए, ‘दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थराजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको छु।’

यो पनि पढ्नुहोस्

योगेशको अलमल : ‘प्रतिबद्ध नेता’ रोज्‍ने कि ‘असल मान्छे’शनिबार, जेठ १५, २०७८

अरु कसैले भनेको उल्लेख गर्दै भुसालले वर्तमान राजनीतिक पटाक्षेप पहिलेकै योजनाको निरन्तरताका रुपमा भएको उल्लेख गरेका छन्। भन्छन्, ‘पोहोर सालको बैशाख ८ गते दल विभाजनसम्बन्धी अध्यादेश आएको भोली वा पर्सिपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा स्पष्ट थियो। उनले भनेका थिए– नेकपाको विवाद समाधान हुँदैन। अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईंहलाई विभाजित गरिनेछ। संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ। संविधानले काम गर्दैन। त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ। नयाँ खिलराजहरुको अभ्यास हुनेछ। त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ।’

एमाले विभाजनलाई ‘बाह्य चलखेल’ र ‘दलाल पुँजीवाद’को आक्रमणको ‘लेन्स’बाट हेरिरहेका उनी एमालेका अन्य कार्यकर्ता जस्तो ‘वारपार’को लडाइँमा रुचि दिइरहेका छैनन्। ओलीले चालिरहेका कदमका विषयमा उनी स्पष्ट नै छन्। 

अध्यक्ष ओलीका हिसाबले त एमाले उहिल्यै फुटिसकेको उनको मूल्यांकन छ। उनको ठहर हो, ‘उहाँले पार्टीबाट मान्छे निकालेको हिसाबले एमाले अस्ति नै फुटिसक्यो।’

भुसालमा अध्यक्ष ओलीका गल्ती करेक्सन गरेर ठीक ठाउँमा ल्याउन सकिने आत्मविश्वास अझै देखिन्छ। त्यसपछि आ–आफ्नो तर्फबाट आत्मसमीक्षा गरेर एक हुने ठाउँ रहने उनको बुझाइ छ। अहिले कारबाही भोगेर विधितर्फ दुनियाँको ध्यानाकर्षण गराउनु पर्ने तर बेग्लै पार्टीका लागि अघि बढ्न नहुने उनी निकटस्थहरुलाई सुनाउँछन्। 

उनको बुझाइ छ, ‘देउवालाई प्रधानमन्त्री बनाउने कुरामा मर्यादा पालना भए कि भएनन् विचार पुर्याउनुपर्छ। संसदमा विश्वासको मत लिँदा अनुपस्थित भएको विषयमा संसदीय मूल्य मानेको छु भनेर भन्नु हुँदैन। व्यक्तिगत रुपम मबाट पनि मर्यादा उलंघन भएको छ। त्यो डिलमा आएर कसैले धकेलेपछि हतारमा ज्यान जोगाउने काम भएको हो। नैतिक रुपले कसरी हेर्ने त्यसको विश्लेषण हुँदै जाला। संसदीय मूल्य मान्यता मिच्नेसम्मको अवस्थामा ओलीजीले धकेल्नुभयो।’ 

आफ्नो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहने नेपालको आकाङ्क्षाको पक्षमा रहेको उनले स्पष्टीकरण दिएका छन्। 

भुसाल वैचारिक दृष्टिले कुनै पनि घटना एउटाले मात्रै नघटाउने, घटाउन नसक्ने देख्छन्। तर, जसले त्यो घटना घटाउन बढी भूमिका खेल्छ, त्यसले पूरा जिम्मा लिनुपर्ने उनी बताउँछन्। यतिबेला ओलीबाट उनी त्यही अपेक्षा गरिरहेका छन्। उनले ओलीको मुखबाट सुन्न चाहेका छन्, ‘तपाईंले २० प्रतिशत गल्ती गर्नुभयो, मैले ३० प्रतिशत गरें। आत्मालोचना गरौं र एकता कायम राखौं।’

गत वैशाख ६ गते उनलाई सोधिएको स्पष्टीकरणको ९ गते जवाफ दिने क्रममा पनि यही उल्लेख गरेका थिए, ‘पार्टीलाई जोगाउन व्यक्तिगत रुपमा मैले के–के त्याग गर्नु पर्ने हो त्यो सबैका लागि आफू तयार रहेको जानकारी गराउँदै त्यसका लागि तपाईंको शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग हुनेछ भन्ने आशा गर्छु।’

भुसालले एमालेको जराको पीर गरिरहेका बेला उनी आफैं ‘उखेलिने’ अवस्थामा छन्। पछिल्लोपटक फेरि स्पष्टीकरण सोधेर उनलाई त्यो सन्देश दिइसकिएको छ। परिस्थिति यस्तो बनिरहेको छ कि ओलीको मुखबाट आत्मालोचना होइन, त्यस्तो चाहनेहरु एमालेको साधारण सदस्य पनि नरहेको सुन्ने समय धेरै पर छैन।

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १९:३६
  • #नेकपा_एमाले
  • #माधव_कुमार_नेपाल
  • #एमाले_विवाद
  • #घनश्याम_भूसाल
  • #माधव_पक्ष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
युक्रेनसँगको युद्धपछि रुसमा पहिलोपटक संसदीय निर्वाचन, कब्जा गरेको भूभागमा पनि मतदान शुक्रबार, असोज २, २०८३
जनमत महाधिवेशन : अध्यक्षमा राउत निर्विरोध, उपाध्यक्षमा १४ उम्मेदवार शुक्रबार, असोज २, २०८३
जेन्जी सांसदसँग प्रधानमन्त्री बालेन्द्रको विशेष अन्तरक्रिया, प्रविधि र युवा रोजगारी मुख्य एजेन्डा शुक्रबार, असोज २, २०८३
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्