• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

योगेशको अलमल : ‘प्रतिबद्ध नेता’ रोज्‍ने कि ‘असल मान्छे’

64x64
डिबी खड्का शनिबार, जेठ १५, २०७८  १३:५९
1140x725

काठमाडाैं- ‘एमाले पूर्ववत अवस्थामा फर्किनु भनेको टोलदेखि केन्द्रसम्मका कमिटी स्वतः फर्किनु हो। यसका बैठकका नाममा गुटका गतिविधि गर्ने, पार्टीलाई विभाजनतर्फ धकेल्नेका विरुद्ध दृढतापूर्वक उभिएका छौं। एकलौटी रुपमा गरिएका निर्णय असफल पार्न हामी आम पार्टीपंक्तिलाई आग्रह गर्दछौं।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालबीचको अन्तरसंघर्ष उत्कर्षमा पुगिरहेको थियो। त्यसैको निरन्तरता स्वरुप नेपाल-खनाल पक्षद्वारा चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाइएको थियो। त्यही भेलाबारे जानकारी दिन चैत ३ गते आयोजित कार्यक्रमको ‘विज्ञप्ति’मा रहेका माथिको ‘प्रतिबद्धता’ वाचन गर्ने विष्णु रिजाल थिए। मञ्चमा उनीसँगै नेताद्वय योगेश भट्टराई र सुरेन्द्र पाण्डे थिए। उनीहरुले आफूलाई खनाल-नेपाल समूहको ‘आधिकारिक योद्धा’का रुपमा प्रस्तुत गरेका थिए।

अध्यक्ष ओलीविरुद्ध ‘दृढतापूर्वक उभिएको’ बताउने यी तीन नेता तीन महिनापछिको माहोलमा कहाँ भेटिन्छन्? वाचक रिजाल ओली पक्षमा खुलेर लागेका छन्। नेपाल-खनाल किनाराका भट्टराई मझधारमा छन् र उक्त कार्यक्रमका ‘उद्घोषक’ पाण्डे प्रधानमन्त्री ओलीको विकल्पको सरकार खोज्ने नेपाल-खनाल पक्षको निर्णयका ‘अन्तिम’ हस्ताक्षरकर्ता बन्‍नुपुग्ने स्थिति छ। उपमहासचिव घनश्याम भूसाल एमालेमै संघर्ष गर्नुपर्ने ‘लबिङ’मै छन्। हस्ताक्षरको समयमा सचिव गोकर्ण विष्ट ‘बिरामी’ थिए। अहिले अन्तिम समयसम्म पार्टी एकता जोगाउने ‘इमान्दार प्रयत्‍न’मा रहेको बताउन थालेका छन्।

यो दृष्यले नेपाल समूहको ‘वर्तमान’ अवस्था दर्शाउँछ। एमालेभित्रको अन्तरसंघर्षले अलग्यायो भने पनि ‘नयाँ आन्दोलन (पार्टी)’ सिर्जना गर्न सकिने आत्मविश्वासमा वरिष्ठ नेता नेपाल सुरुदेखि नै छन्। त्यो आत्मविश्वासको बलियो आधार यिनै नेताहरु उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल र सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई पनि हुन्। तर, एमालेबाट ‘छुटेर जानुपर्ने’ दिनसम्म आइपुग्दा यी नामहरुमा कति बाँकी रहलान्?

प्रतिनिधि सभाको दोस्रो विघटनपछि विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (बाबुराम-उपेन्द्र) र नेकपा एमाल (नेपाल-खनाल) पक्षले लडिरहेको अहिलेको लडाइँमा त्यो समयको जस्तो सक्रियता यी नेताहरुको देखिँदैन।

यही सन्दर्भमा १५ जना नेताहरुको संयुक्त खबरदारीपत्र आएको छ। जहाँ धम्की, कारबाही र प्रलोभनबाट प्रभावित नहुने उल्लेख छ। एमालेमै रहन खोजिरहेका तर अध्यक्ष तथा प्रधानमन्त्री ओलीका कृत्यलाई कुनै हालतमा सहन नखोजेका केही प्रभावशाली नेताहरुको मनोदशा केलाउने क्रमको पहिलो शृंखलामा योगेश भट्टराई।

अलमलिरहेका योगेश
२०७७ पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरे। तत्कालीन नेकपा ओली र प्रचण्ड-नेपाल पक्षमा विभक्त भयो। त्यो समय भट्टराई पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए। त्यो घटनापछि नेकपामा स्पष्ट विभाजन आइसकेको थियो। त्यसैले नेपाल पक्षका मन्त्रीहरु मन्त्रीबाट राजीनामा दिन तयार थिए। त्यो बेला पनि भट्टराई अलमलिरहेका थिए। 

प्रधानमन्त्री ओलीको उक्त कदम चित्त नबुझे पनि विपक्षमै उभिन उनलाई सकस परिरहेको थियो। त्यो बेला उक्त सकसबाट मुक्ति दिलाउन नेताद्वय भुसाल र विष्ट उनको मन्त्रालयमै पुगेका थिए। सामूहिक राजीनामा बुझाउने दिन झन्डै एक घन्टा तीन जनाबीच पर्यटन मन्त्रालयमा छलफल भयो। तीनैजना राजीनामा बुझाउने निर्णयका साथ बाहिरिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सक्रियताका साथै वाकपटुताका कारण भट्टराई जता उभिए पनि ‘अगाडि’ रहन रुचाउँछन्। त्यसपपछि नेकपाको प्रचण्ड-नेपाल समूहमा सक्रिय नै भएर प्रधानमन्त्री ओलीको विरुद्धमा लागे। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले ब्युँतायो। त्यसपछि नेपाल-खनाल समूहमा पनि अग्रस्थानमै देखिए।

आफूले मानिआएको नेतृत्व नेपाल-खनालसहितका २३ जनाले हस्ताक्षर गरिरहँदा उनी अदालतमा पुगेनन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीका कृत्यविरुद्ध त उनी छन् तर एमालेबाटै टाढिनुपर्ने गरी लाग्ने कि नलाग्ने भन्‍ने दोधार कायम छ।

ओली र नेपाल पक्षको अन्तरसंघर्ष चलिरहेकै अवस्थामा प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने निधो गरे। त्यसअघि अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसँग छलफल गरे पनि निष्कर्षविहीन रह्यो। 

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै गर्दा नेपाल समूहका सांसदहरुले ‘राजीनामा’ गरेर विद्रोह गर्नुपर्ने आवाज उठिरहेको थियो। त्यसलाई यसरी अर्थ्याइएको थियो, ‘भारतीय स्वतन्त्रताका लागि भगत सिंहले सेन्ट्रल एसेम्बलीमा बम पड्काए। तर, भाग्न इन्कार गरे। पछि उनलाई फाँसीको सजाय भयो। यस्तो ‘आत्मघाती’ कदम किन उठाएको भनेर प्रश्न गर्दा उनले भनेका थिए, ध्यानाकर्षण गराउन। उनको सिद्धान्त आत्महत्या गर्ने होइन, आत्महत्या गरेर पनि ध्यानाकर्षण गराउन सकिन्छ भन्‍ने थियो। त्यसैले राजीनामा आत्महत्याजस्तै त हुनसक्छ तर विधि र पद्धतिका लागि ध्यानाकर्षण गराउनुपर्छ।’

Xtrem

Xtrem

यो कदममा पनि अलमलिरहेका धेरै सांसदमा एक भट्टराई पनि थिए। भट्टराईसँगै अन्य केही सांसदहरु राजीनामा पत्रमा हस्ताक्षर गर्न अग्रसर नभएपछि २४ घन्टाको अल्टिमेटम दिइयो। त्यो अल्टिमेटमले अध्यक्ष ओलीलाई छोएन। पूर्वघोषणा कार्यान्वयन गर्नुपर्ने अवस्था आइलाग्यो। यहीबीच भट्टराईसहित नेपाल-खनाल तीन नेता संसद् सचिवालस्थित सार्वजनिक लेखा समितिको हलबाट निस्केर एमाले संसदीय दलको कार्यालयमा पुगे। जहाँ अर्थमन्त्री विष्णु पौडेल आइपुगेका थिए। 

केही समय उनीहरुबीच कुराकानी भयो। तर, अपेक्षित परिणाम हात लागेन। भट्टराईले वार्ता सकारात्मक भएको प्रतिक्रिया सञ्चारकर्मीलाई दिए। भट्टराई एमाले एकता टुटाउन नहुनेमा सकारात्मक थिए। त्यसैले नेपाल समूहको राजीनामा रणनीति नै ‘अनुपस्थित’मा परिणत गर्ने निर्णयमा उनको जोडबलले पनि काम गरेको थियो।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदा अनुपस्थित भट्टराई उनको समूहले वैकल्पिक सरकारका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्दा पनि अनुपस्थित नै रहे।

त्यो दिन आफ्ना अलमललाई उनले यसरी प्रस्तुत गरे, ‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज। नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्‍ने आशाले मैले आजको निर्णय लिएको हुँ। सही गरेँ कि, गलत गरेँ इतिहासको कठोर मूल्यांकनमा खडा छु।’

आफूले मानिआएको नेतृत्व नेपाल-खनालसहितका २३ जनाले हस्ताक्षर गरिरहँदा उनी अदालतमा पुगेनन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीका कृत्यविरुद्ध त उनी छन् तर एमालेबाटै टाढिनुपर्ने गरी लाग्ने कि नलाग्ने भन्‍ने दोधार कायम छ।

यतिबेला उनी ‘प्रतिबद्ध’ नेता रोज्ने कि ‘असल मान्छे’ भन्‍ने कुरामा अल्झिरहेको पछिल्लो गतिविधिबाट पनि थाहा लाग्छ।

एकपछि अर्को गल्ती गरिरहेका ओलीलाई खबरदारी गरिरहेका भट्टराईको ओलीप्रतिको सकारात्मक दृष्टिकोण पनि छ। उनका वर्तमान दोष एकछिनलाई पन्छाएर गत वैशाख ८ गते एउटा टेलिभिजन कार्यक्रममा ‘फायरसाइड’मा ती गुणमाथि चर्चा गरेका थिए। केपी ओलीलाई तपाईंले कसरी बुझ्नुहुन्छ? भन्‍ने प्रश्नमा भट्टराईको उत्तर थियो, ‘एउटा राम्रो डिटरमिनेसन भएको नेता हो। प्रतिबद्धता छ। छिटो निर्णय गर्न सक्नुहुन्छ। कमिटमेन्ट भएको नेता हो।’

त्यही कार्यक्रममा नेता माधवकुमार नेपालका विषयमा उनले ‘असल मान्छे’, ‘समन्वयकारी’ र ‘रिस्क जोनमा जान नरुचाउने’ नेता भनेका थिए। यतिबेला उनी ‘प्रतिबद्ध’ नेता रोज्ने कि ‘असल मान्छे’ भन्‍ने कुरामा अल्झिरहेको पछिल्लो गतिविधिबाट पनि थाहा लाग्छ।

सामाजिक सञ्जालमा समेत खरो रुपमा राजनीतिक टिप्पणी गर्न रुचाउने भट्टराई यतिबेला पर्यटकीय गन्तव्यका तस्बिरसहित फ्लोअर्सलाई ‘देश दर्शन’ गराइरहेका छन्। केही दिनअघि उनले ‘हाम्रो नेपाल’ भनेर हिमालसहितको तस्बिर राखे। त्यसमुनि नेपाल-खनाल पक्षकी सांसद लक्ष्मी चौधरीले लाक्षणिक कमेन्ट गरिन्- नेपाल सिक्किम हुँदै छ। सुन्दर र स्वतन्त्र हिमाली देश सिक्किम जोड्नुको अर्थ अनेक लाग्न सक्छन्। भट्टराईले बुझेका छन्।

बिहीबार ट्विटरमा भट्टराईले सुन्दर नेपाल भन्दै सगरमाथाको तेस्रो क्याम्पको तस्बिर राखेका छन्। 

उनको उक्त ट्विटलाई पत्रकार/कवि रुपेश श्रेष्ठले 'कोट ट्विट' गर्दै व्यंग्य गरेका छन्, ‘तपाईं ओली क्याम्प र माधव क्याम्पबाहेकको तेस्रो क्याम्प खडा गरेर राजनीतिक आरोहणको तयारीमा भन्‍ने संकेत दियो नि यो ट्विटले, हो त?’

उनको वर्तमान मनोदशा अनुसार तस्बिरको अर्थ त श्रेष्ठले लगाएजस्तो पनि लाग्छ- बालुवाटार र कोटेश्वर दुवै क्याम्पबाट उनी ‘न्युट्रल’ अर्थात् तेस्रो क्याम्पमा त छैनन्?

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्