• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एमालेको गरम माहोलमा गोकर्णको ‘नरम’ राजनीति

64x64
डिबी खड्का सोमबार, जेठ १७, २०७८  २२:०९
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन्। तर, ती २३ सांसदको सूचीमा उक्त समूहका प्रभावशाली पाँचभित्रै अटाउने नेता गोकर्ण विष्टको नाम छैन।

उनको सचिवालयले त्यसको कारण देखाएर दिएको तर्क थियो, ‘विष्ट बिरामी छन्।’

विष्ट करिब एक साता बिरामी परेका थिए। तर, त्यो बेला धेरैको सम्पर्कमा समेत नरहेका विष्ट एमालेको नेपाल-खनालपक्ष छाडेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहतर्फ लागेको चर्चा पनि चल्यो।

यही चर्चाकै बीच नेपाल समूहका १५ जना स्थायी कमिटी सदस्यको प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई खबरदारी गरिएको सामूहिक विज्ञप्ति आयो। विष्टले समेत हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको थियो, ‘हामी देश र जनताप्रतिको कर्तव्य निर्वाह गर्दै प्रधानमन्त्रीको असंवैधानिक र निरंकुश निर्णयका विरुद्ध अन्य राजनीतिक दलहरूसँग सहकार्य गरी सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न बाध्य भएका हौं।’

उनलाई शान्त बनाइरहने शेक्सपियरको यो वाणी मात्रै होइन, कन्यफ्युसियसको नीतिकथा पनि हो।

‘नरम राजनीति’ गरिरहेका विष्टलाई आफैंले हस्ताक्षर गरेको त्यो विज्ञप्ति सायद कडा लागेको हुनुपर्छ। जेठ १३ गते उनले सामाजिक सञ्‍जालमा लेखे, ‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ। राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ।’

पहिले नेकपा र त्यसपछि नेकपा एमालेमा ‘वाकयुद्ध’ चलिरहेको छ। यसै पनि शब्दवाणले छेड्न ‘कम्युनिस्ट’ जति कसैलाई आउँदैन।

शीर्ष नेताहरू नै असहिष्णु व्यवहार र उत्तेजना फैलाउने भाषण गरिरहेको पुस ६ यताको कालखण्डमा विष्ट संयम रहे। संयमता उनको स्वभाव हो? स्वभाव मात्रै होइन, राजनीति पनि हो।

nimb
nimb

उनकै कार्यकर्ता पनि कहिलेकाहीँ विपक्षीको मुटु चसक्क हुनेगरी शब्दवाण प्रहार नगरेकोमा असन्तुष्ट हुन्छन्। विष्टलाई पनि भनिदिन्छन्। त्यस्तो समयमा विलियम शेक्सपियरलाई अगाडि सारेर विष्ट भन्ने गर्छन्, ‘जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ।’

उनलाई शान्त बनाइरहने शेक्सपियरको यो वाणी मात्रै होइन, कन्यफ्युसियसको नीतिकथा पनि हो। वैशाख २७ गते बिहान ९ बजेसम्मका लागि नेपाल-खनाल समूहले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दिएको अल्टिमेटमको समय सकिनै लागेको थियो। त्यसदिन प्रतिनिधि सभामा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले विश्वासको मत लिँदै थिए। नेपाल समूहले ओलीलाई विश्वासको मत नदिने, बरू सामूहिक राजीनामा गर्ने चेतावनी दिएको थियो। त्यो घडी आइपुग्नै लाग्दा यो समूहले के गर्ला? यो समूहका प्रभावशाली नेताको राय कस्तो छ? बुझ्नका लागि सञ्चारकर्मी यो समूहको बैठक बसिरहेको सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखासमितिको हलबाहिर जम्मा भएका थिए।

यो पनि पढ्नुहोस्

योगेशको अलमल : ‘प्रतिबद्ध नेता’ रोज्‍ने कि ‘असल मान्छे’शनिबार, जेठ १५, २०७८

नेता गोकर्ण विष्ट हलबाट बाहिरिए। बाहिरिने क्रममा प्रतिक्रिया अपेक्षित हुने नै भयो। प्रश्न गरियो, ‘राजीनामा दिने हुनुभयो त?’

त्यसको सोझो प्रतिक्रिया दिने रूचि उनले देखाएनन्। ढोकाको आडैमा उभिएर  विष्टले एउटा नीति कथा सुनाए। जुन यस्तो थियोः

बूढो भएका विचारक कन्फ्युसियसले साना केटाकेटीलाई एक दिन नजिक बोलाएर भनेछन्, ‘मेरो मुखमा जिब्रो छ कि छैन?’
केटाकेटीहरूको उत्तर थियो- छ हजुरबा।
उनले फेरि मुख आँ गर्दै सोधे, ‘नानीबाबुहरू यता हेर त। मेरो मुखमा दाँत छन् कि छैनन्?’
केटाकेटीले भने- ‘दाँत त एउटै रहनेछ त!’
कन्फ्युसियसले आँखा चम्किला बनाएर सबैतिर हेर्दै सोधेछन्, ‘यसबाट तिमीहरूले के बुझ्यौ?’
कसैले केही बुझ्ने कुरा भएन। उनीहरूले उत्तरको अपेक्षा गरेर कन्फ्युसियसतिरै हेरे। 
कन्फ्युसियसले मुस्कुराएर बालबालिकालाई सम्झाए, ‘जिब्रो लचक छ। सहनशील छ। त्यसैले अहिलेसम्म पनि त्यो दुरुस्तै छ। दाँत कठोर थिए, त्यसैले चाँडै अस्तित्व सकियो। झरेर गए।’

त्यो दिन नेपाल-खनाल समूहले राजीनामा दिने भनेको थियो। राजीनामा दिन अरूचि राख्ने नेतामा एक विष्ट पनि थिए। भित्र सांसदहरूलाई पनि सम्भवतः उनले आफ्नो ‘संयमता’को सूत्रपाठ गराए। त्यो दिन राजीनामा तहको निर्णय लिनबाट रोक्न उनले पनि भूमिका खेले। त्यसपछि प्रधानमन्त्री तथा अध्यक्ष ओलीनिकट नेता अर्थमन्त्री विष्णु पौडेलसँग संवाद गर्न उनी पनि पुगे।

ओलीले नै उति रूचि नदेखाएको सन्दर्भमा त्यसको अर्थ त थिएन तर, संवादको राजनीतिबाट माहोललाई नियन्त्रणमा ल्याउने कोसिसमा उनीलगायतका नेता थिए।

एमाले जोगाउन सक्रिय विष्ट पार्टी फुट्ने नै अवस्था आयो भने आफू एमालेमै ‘जोगिन’ सक्ने सम्भावना पनि उत्तिकै बढी छ। तर, उनी यसबारे खुलेर बोलिरहेका छैनन्।

विष्ट अहिले पनि आफूलाई कन्फ्युसियसको नीति कथाको जस्तो ‘जिब्रो’ बनाउने कोसिसमा छन्। त्यसैले सकेसम्म लचकता अपनाउन खोजिरहेका छन्। विवादको यो गर्मीमा नरम भइरहेका छन्। अहिले एमाले एक रहने सम्भावना त देखिँदैन। किनभने, ओलीले नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिसकेका छन्। तैपनि विष्ट आशावादी छन्। उनी अझै भन्ने गर्छन्, ‘अस्पतालले निको हुँदैन भनेर पठाइसकेको बिरामीलाई घाटे वैद्यकहाँ लगिन्छ। कहिलेकाहीँ घाटे वैद्यले पनि ठीक पारेका उदाहरण छन् नि।’

अहिले मात्रै होइन, गत चैत १३ गते पनि उनी नेताहरूलाई शान्त रहन सुझाउँदै थिए। यत्तिकै शान्त रहन सकिएन भने बरफ पानी टाउकोमा खन्याउन सुझाइरहेका थिए। बालुवाटारमा भएको संसदीय दलको बैठकमा बोल्दै उनले भनेका थिए, ‘नेताहरूले बरफ पानी टाउकोमा खनाएर भए पनि संयमता र जिम्मेवारीका साथ पार्टी र आन्दोलनको एकता जोगाउन पहल गर्न जरुरी छ। ठूला-ठूला युद्धहरू त संवादद्वारा शान्तिमा परिणत भएका थुप्रै घटना, इतिहास छन्। एउटै पार्टीभित्र देखापरेका अन्तरविरोध, द्वन्द्वहरूलाई व्यवस्थापन गर्न सकिँदैन भन्ने कुरा हैन।’

यो पनि पढ्नुहोस्

आफू पार्टीबाट उखेलिँदै गर्दा घनश्यामलाई एमालेको ‘जरा’को पिरआइतबार, जेठ १६, २०७८

चैत ४ र ५ गतेको भेलापछि भएको उक्त संसदीय दलको बैठकमा उनले पुराना कुरा पनि सम्झाए। जस्तो, ‘२०५४ सालमा पार्टी विभाजन हुँदैनथ्यो भने २०५६ सालमा एमालेलाई बहुमत प्राप्त हुन्थ्यो। तर, टसलका आधारमा स-साना कुराहरूलाई व्यवस्थापन गर्न नसक्दा पार्टी विभाजन भयो। र, दुई पार्टी मिलेर बहुमत प्राप्त गर्न १८ वर्ष पर्खन पर्‍यो।’

प्रधानमन्त्री ओलीको कामकारबाही पहिले पनि चित्त बुझेको थिएन, उनलाई अहिले पनि निको लागेको छैन। सकेसम्म ‘सफ्ट कर्नर’मा बस्न रुचाउने उनी यति हुँदाहुँदै पनि एमाले एकताकै पक्षमा छन्। एमाले छाडेर जान नहुने भन्दै यही आइतबार कार्यकर्तामाझ भएको एक ‘भर्चुअल’ कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालकै अघि एकता जोगाएर लैजाने कोसिसमा आफू रहेको विष्टले बताएका थिए।

नेपालले अर्को पार्टी गठन गरेर अघि बढ्नुपर्ने बताइरहेको समयमा विष्टले उक्त भनाइ राखेको कार्यक्रममा सहभागी एक कार्यकर्ता बताउँछन्। उक्त भनाइपछि विष्टलाई नेता नेपालले ‘सहमति खोज्ने’ जिम्मेवारीसमेत दिएका छन्।

कामकारबाहीमा फरक मत रहे पनि चर्को रूपमा प्रस्तुत नभएका कारण विष्टप्रति ओली सकारात्मक नै छन्। एमालेभित्रको राजनीतिसमेत गर्माएको यो मौसममा विष्टको सुझाव हुनसक्छ, ‘बरफको पानी टाउकोमा खन्याएर भएपनि संयमता अपनाउँदै एकता जोगाउँ।’

एमाले जोगाउन सक्रिय विष्ट पार्टी फुट्ने नै अवस्था आयो भने आफू एमालेमै ‘जोगिन’ सक्ने सम्भावना पनि उत्तिकै बढी छ। तर, उनी यसबारे खुलेर बोलिरहेका छैनन्।

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  २२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ । त्रिशूली नदी बेसिनमा सञ्चालित प्राधिकरण, सहायक कम्पनी तथा निजी क्षेत्रका १२ वटा विद्... बुधबार, भदौ १०, २०८३
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान वैकल्पिक ऊर्जा प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएका अर्घाखाँचीका इन्जिनियर रेशम नेपालीले धो तारापमा सोलार बत्ती जडान गर्ने क्रममा क... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना सामान्य खोकीबाट सुरु भएको समस्या गम्भीर बन्दै गएपछि तीनवटा अस्पताल पुगेका ७ वर्षीय बालकको फोक्सोमा देखिएको समस्या अन्ततः श्वासनलीमा... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्