प्रतिकात्मक तस्वीर।
काठमाडौं- काठमाडौंको चन्द्रागिरिमा निर्माणाधीन पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकाप कंकालीमा बुधबार पर्खाल लगाउने क्रममा सोही पर्खाल भत्किँदा पुरिएकामध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेहरूमा उदयपुरका बेलका नगरपालिका–८ की ३५ वर्षीया सीता राई र मकवानपुरको राक्सिङ–९ का २० वर्षीय टेकबहादुर चेपाङ रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुका इन्सपेक्टर गणेशचन्द्र कोइरालाले बताए।
उदयपुरकै कटारीका २१ वर्षीय मिलन तामाङ र धादिङ गल्छीका १८ वर्षीय हरि घले घाइते भएको कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।