२७ मार्च २०२१मा नासाको पर्सिवियरेन्स रोवरले आफ्नो वायाँ मास्टक्याम–जेड क्यामेराको उपयोग गर्दै मंगल ग्रहको यो तस्वीर लिएको थियो।
काठमाडौं– नासाको पर्सिवियरेन्स रोवर मंगल ग्रहमा अवतरण गरेको १ सय दिन पूरा भएको छ।
यसबीचमा रोवरले त्यहाँ लगातार सुक्ष्मजीव अस्तित्वको निशानको खोजी गरिरहेको छ। साथै रोवरले मंगल ग्रहको अतीतको जलवायु र भूविज्ञानको जाँच गर्ने कोसिस गरिरहेको बीबीसीले जनाएको छ।
१८ फेब्रुअरीमा मंगल ग्रहको भूमध्य रेखाको ठिक उत्तरमा ४९ किलोमिटर जोडा ‘जेजोरो’ नामको क्रेटरको आसपास उत्रिएपछि रोवरले यस ग्रहको कयौं अद्भुत तस्वीर लिएको छ।
एक सानो हेलिकोप्टर इन्जेन्युटिले पनि त्यहाँबाट एरियल तस्वीर पठाइरहेको छ। कुनै पनि हेलिकोप्टर अन्य ग्रहमा उडान भरिरहेको यो पहिलो पटक हो।
हेरौं नासाको मंगल मिशनले अहिलेसम्म पठाएका केही तस्वीरहरु–
६ अप्रिलमा पर्सिवियरेन्सले आफ्नो वाटसन क्यामराबाट यो सेल्फी लिएको थियो जसमा इन्जेन्युटि हेलिकोप्टर पनि देखिएको छ। रोवरले ६२ अलग अलग तस्वीर पठाएको थियो जसलाई मिलाएर एक बनाइएको हो।
३० मार्च २०२१ को यो तस्वीरमा रोवरको मुनि देखिएको छ इन्जेन्युटि हेलिकोप्टर।
५ अप्रिल २०२१मा मास्टक्याम–जेडले यन्जिनियरिङको यो प्रमाण १ दशमलव ८ किलो भारको इन्जेन्युटि हेलिकोप्टरको क्लोजअप तस्वीर लिएको थियो।
पृथ्वी बाहेकको अर्को ग्रहमा पहिलो पटक कुनै हेलिकोप्टरले उडान भरेको रेकर्ड तब बनेको थियो जब मंगल ग्रहमा १९ अप्रिल २०२१मा इन्जेन्युटि हेलिकोप्टरले आफ्नो पहिलो उडान भरेको थियो। यस उडानकाबीच यो हेलिकोप्टर सतहबाट करिब १० फिटको उचाइसम्म उडेको थियो र तल उत्रिनु अघि केही सेकेन्ड यताउति गरेको थियो।
२२ अप्रिल २०२१मा इन्जेन्युटिले आफ्नो दोस्रो उडानका क्रममा पहिलो पटकर रंगिन एरियल तस्वीर लिएको थियो। यो ड्रोन करिब १६ फिटको उपचाइमा उडेको थियो। मंगल ग्रहको सतहमा पर्सिवियरेन्सको हिँडेको निशान र इन्जेन्युटिको छायाँ तस्वीरमा देखिएको छ।
२८ मार्च २०२१ मा रोवरले दाहिने मास्टक्याम–जेड क्यामेराले मंगल ग्रहमा पाइएको एक ढुंगाको तस्वीर खिचेको थियो।
यो तस्वीरमा पहाडी क्षेत्र देखिएको छ जो रोवरबाट लगभग २.५ किलोमिटर पर छ। यो दृश्य क्रेटर भित्रको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।